काठमाडौं— नेपाली इलेक्ट्रोनिक्स बजारमा घरेलु ब्रान्ड सीजीले नेपालकै पहिलो एआई–आधारित टेलिभिजन श्रृंखला ‘सीजी मेरेडिया एआई टिभी’ सार्वजनिक गरेको छ ।
संसारभर तीव्र गतिमा विकास भइरहेको एआई प्रविधिलाई पछ्याउँदै कम्पनीले ग्राहकको माग, बजारको प्रवृत्ति तथा मनोरञ्जन सामग्रीको बदलिँदो शैलीअनुसार आफ्नो ब्रान्डलाई निरन्तर अपग्रेड गर्दै आएको बताउँदै, अब टेलिभिजन क्षेत्रमा पनि अत्याधुनिक एआई प्रविधि भित्र्याएको जनाएको छ ।
सीजी इलेक्ट्रोनिक्सका सिनियर म्यानेजर भरत प्रसाद साहले हाल नेपालमा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई लक्षित गर्दै कम्पनीले स्टेडियममै बसेर हेरेको जस्तै अनुभव दिलाउने एआई फिचरसहितको टिभी बजारमा ल्याएको जानकारी दिए ।
यो टिभी नेपालमा एआई टेक्नोलोजी भित्र्याउने पहिलो घरेलु ब्रान्ड भएको साहको दाबी छ । कम्पनीले पहिले फोर के र क्यु एलइडि सिरीजमार्फत क्वालिटीमा सुधार ल्याउँदै आएको भएपनि एआई टेक्नोलोजीले टिभीलाई ‘स्मार्टभन्दा पनि अत्यन्तै स्मार्ट’ बनाएको उनको भनाइ छ ।
एआई–युक्त टेलिभिजन ४३ इन्चदेखि ६५ इन्चसम्म उपलब्ध छ । मूल्यक्रम अनुसार ४३ इन्चको टिभीको बजार मूल्य ६०,००० रुपैयाँ, ५५ इन्चको १,२६,००० रुपैयाँ र ६५ इन्चको टिभीको १,३१,००० रुपैयाँ तोकिएको छ ।
एआई चिप र उच्चस्तरीय प्रोसेसिङ सिस्टमका कारण पहिलाका मोडेलभन्दा यसको मूल्य १०–१५ प्रतिशतसम्म महँगो भए पनि कम्पनीले प्रदान गर्ने सुविधाले मूल्य न्यायोचित हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।
‘टिभीमा एआई आधारित धेरै नयाँ फिचर समावेश गरिएको छ । सबैभन्दा प्रमुख सुविधा ‘कन्टेन्ट–बेस्ड पिक्चर क्वालिटी’ हो, जसले दर्शकले हेर्ने सामग्रीअनुसार चित्र गुणस्तर आफैँ मिलाउँछ । खेलकुद, चलचित्र वा सामान्य भिडियो जुनसुकै होस टिभीले सामग्रीसँग मेल खाने दृश्य र रंग स्वतः उत्पादन गर्छ,’ साहले भने । ‘लो–क्वालिटी भिडियोहरूलाई पनि एआई अपस्केलिङमार्फत फोरके गुणस्तरमा रूपान्तरण गर्ने क्षमता यसको अर्को विशेषता हो । साथै, एआई स्किन डिटेक्सन’ ले मानिसको अनुहार, रङ्ग, आँखाको विवरणलाई प्राकृतिक र आकर्षक बनाइदिन्छ, जसले खेलकुद वा चलचित्र हेर्दा धेरै नै वास्तविक अनुभव दिन्छ ।’
यस टिभीमा आवाजको गुणस्तरका लागि एआई साउण्ड अप्टिमाइजेसन प्रणाली प्रयोग गरिएको छ । समाचार, चलचित्र वा संगीतका लागि आवश्यक ध्वनि प्रोफाइल टिभीले स्वचालित रूपमा परिवर्तन गर्छ । समाचार हेर्दा क्लियर आवाज, चलचित्र वा खेलकुद हेर्दा प्रभावशाली बेस र सराउन्ड साउण्ड, संगीत सुन्दा उच्च गुणस्तरको ध्वनि आफैँ उत्पन्न हुने कम्पनीको दाबी छ ।
सीजीले एआई प्रविधियुक्त टेलिभिजन नेपाली बजारमा नयाँ युगको सुरुआत भएको बताउँदै, आगामी दिनमा पनि उपभोक्ताको जीवनशैली र प्रविधिको गतिसँग मेल खाने नयाँ उत्पादन निरन्तर ल्याइने जानकारी दिएको छ ।
नेपाली घरेलु ब्रान्डमध्ये अग्रणी मानिने सीजी (चौधरी ग्रुप) ले आफ्नो नयाँ एआई–बेस्ट टेलिभिजन सार्वजनिक गरेसँगै देशभरि पुनः चर्चा र उत्साहको वातावरण बनेको छ ।
प्रविधिको निरन्तर विकाससँगै सीजीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने अत्याधुनिक स्मार्ट टिभी नेपाली बजारमै उपलब्ध गराएको छ । साहका अनुसार यो टिभी नेपालकै पहिलो डोमेस्टिक ब्रान्डबाट आएको अत्याधुनिक एआई फिचरयुक्त उत्पादन हो, । जसले दर्शकको हेर्ने शैली, रुचि र अवश्यकताअनुसार आफैँ अनुकूलन गर्छ ।
एआई टिभीको मुख्य आकर्षणमा एआई अपस्केलिङ प्रमुख छ, जसले लो–क्वालिटीका भिडियोहरूलाई समेत फोरके जस्तै स्पष्टता प्रदान गर्छ । फुटबल, क्रिकेट वा कुनै पनि खेल हेर्दा तेज गतिमा हिँड्ने बल वा खेलाडीको अनुहार स्पष्ट देखिने ‘मोशन क्लारिटी’ यसका मुख्य विशेषतामा पर्ने साहको भनाई छ ।
सामान्य टिभीमा खेलका द्रुत दृश्यहरू धुम्म देखिने समस्या समाधान गर्ने उद्देश्यले सीजीको एआई टिभीले मुख्य वस्तुलाई फोकस गर्दै पछाडिको दृश्यलाई नर्मल ब्लर बनाइदिन्छ, जसले दर्शकलाई स्टेडियममै बसेर खेल हेरेको अनुभूति दिलाउँछ । साथै, यसको ‘एआई स्किन डिटेक्सन’ फिचरले खेलाडीको अनुहार, रङ र हाउभाउसमेत अत्यन्त प्राकृत रूपमा देखाउने दाबी गरिएको छ ।
‘साथै, ‘एआई साउण्ड अप्टिमाइजेसन’ फिचरले कुनै मुभी, न्युज वा स्पोट्र्स अनुसार साउन्ड स्वयं नै सेट गर्छ । मानौं, न्युज हेर्दा क्लियर भ्वाइस, एक्सन मुभी हेर्दा बासयुक्त साउन्ड र खेल हेर्दा स्टेडियमको प्राकृतिक आवाज स्वयं उत्पन्न हुन्छ । यसले दर्शकलाई अलग र प्राकृतिक मनोरञ्जन अनुभव गराउँछ,’ साहले भने । ‘टिभीमा जडान गरिएको एआईले प्रयोगकर्ताको बानी–व्यवहारलाई क्रमशः सिक्दै जान्छ, जसलाई कम्पनीले ‘एआइ लर्न योर ह्याबिट’ नाम दिएको छ । यसले कुन मोड, कुन ब्राइटनेस, कस्तो साउण्ड उपभोक्ताले बढी मन परिरहेको छ भन्ने बुझेर पछि आफैँ त्यही सेटिङ लागू गरिदिन्छ ।’
टिभीमा रहेको अर्को रोचक फिचर ‘फाइन्ड माइ रिमोट’ हो । घरमा रिमोट हराउने समस्या समस्या सामान्य हो । यस टिभीमा रहेको विशेष फंक्शन प्रयोगकर्ताले टिभीबाट नै सक्रिय गर्दा रिमोटले आवाज निकाल्दै आफ्नो स्थान संकेत गर्छ, जसले खोज्न सजिलो बनाउँछ ।
सीजीको एआई टिभी अन्तर्राष्ट्रिय प्रविधिमा आधारित भएपनि त्यसको एसेम्ब्लिङ नेपालमै गरिन्छ । कम्पनीमा आधुनिक एआई प्रविधिको ज्ञान भएको नेपाली इन्जिनियरहरूको समावेश छ, जसले उत्पादनको परीक्षणदेखि क्वालिटी नियन्त्रणसम्मको काम गर्छन् ।
दशैं–तिहारअघि देखिनै बजारमा ल्याइएको एआई टिभीको बजार माग निकै उत्साहजनक छ । एनपीएलको क्रेजका कारण टिभीको बिक्री झनै बढिरहेको कम्पनीको दाबी छ । मंसिरसम्मै लगभग २,००० युनिट बिक्री भइसकेको र यस वर्षको लक्ष्य ५,००० युनिट राखिएको छ ।
सीजी इलेक्ट्रोनिक्सले नेपालभरि सबै जिल्लामा आफ्नो सर्भिस सेन्टर विस्तार गरिसकेको छ, जसले ग्राहकहरूलाई बिक्रीपछि सेवा (आफ्टर सेल्स सर्भिस) उपलब्ध गराउँछ । कम्पनीका अनुसार यिनै कारण उपभोक्ताले सीजीलाई डोमेस्टिक ब्रान्डमध्ये नम्बर–वानको रूपमा स्वीकार गरेका हुन् । ४० वर्षदेखि निरन्तर गुणस्तरीय सेवा र ग्राहकमैत्री नीति अपनाउँदै आएको कम्पनीले अझै उच्च स्तरको प्रिमियम प्रोडक्ट ल्याउन सिजी मेरेडिया सिरिजलाई विशेष ब्रान्डका रूपमा स्थापित गरेको छ ।
साहका अनुसार धेरै उपभोक्ताले डोमेस्टिक ब्रान्ड भनेपछि सामान्य, सस्तो वा मध्यम वर्गका लागि मात्र उपयुक्त भन्ने धारणा राखे पनि अब त्यो भ्रम अन्त्य भएको छ । कम्पनीले एलजी, सामसङ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्नसक्ने उच्च–गुणस्तरका उत्पादनहरू लगातार भित्र्याइरहेको छ ।
सीजी मेरोेडियामा अहिले मल्टीडोर फ्रिज, साइड बाइ साइड रेफ्रिजरेटर, क्यासेट एसी, फ्लोर स्ट्यान्डिङ एसी, माइक्रोओभन, भ्याकुम क्लिनरलगायत सबै सेग्मेन्ट उपलब्ध छन् । कम्पनीले आगामी दिनमा यी सबै उत्पादनहरूलाई पनि एआई टेक्नोलोजीमा रूपान्तरण गर्दै स्मार्ट लाइफस्टाइललाई थप सहज बनाउने लक्ष्य लिएको छ ।
सीजीको भनाइमा, एआई टिभी केवल प्रविधिमै सीमित छैन् । यसले उपभोक्ताको दैनिक जीवनलाई सहज, स्मार्ट र आधुनिक बनाउने उद्देश्य बोकेको छ । देशभरि फैलिएको वितरण च्यानल, ग्राहकको विश्वास, निरन्तर सर्भिस र प्रिमियम क्वालिटीका उत्पादनकै कारण सीजी अहिले नेपाली बजारमा सबैभन्दा विश्वसनीय र लोकप्रिय घरेलु ब्रान्ड बनेको छ ।





































