काठमाडौं  / औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्यमान ऐन र नियम विपरित भाडादर वृद्धि गरेको विरोध गर्दै नेपाल औद्योगिक क्षेत्र, उद्योग महासंघले आन्दोलनको घोषणा गरेको छ । भाडादर तत्काल फिर्ताको माग राख्दै उद्योग महासंघले आन्दोलनको घोषणा गरेको हो । 

निर्यात प्रवर्द्धन गर्ने र राज्यले पनि उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने जिम्मेवारी लिएको निकायनै जिम्मेवारीबाट पन्छिन्दै उद्योगीमाथि भार थोपर्ने कार्य गरेको महासङ्घको आरोप छ । 

OM Sai Pathibhara Hospital

औद्योगिक प्रवर्द्धन एजेन्सीको रुपमा काम गर्नुपर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड उद्योगनै चल्न नसक्ने गरी भाडाबृद्धि गरेको ठहर महासङ्घले गरेको छ ।

महासङ्घको सहमति विपरित २०७५ सालमै सञ्चालक समितिले ७ सय प्रतिशतसम्म भाडा बढाएको र अहिले सो कार्यान्वयन गर्ने भन्दै २०७९ साउन २ मा भाडावृद्धिको लाखौको बिल उद्योगहरूमा पठाएको महासङ्घले जनाएको छ । 

यसप्रति महासंघ औद्योगिक क्षेत्र स्थित उद्योग संघ÷समितिहरु तथा समग्र उद्योगीहरुको घोर आपत्ति रहेको सो संस्थाका अध्यक्ष रामहिरा पाठकले बताए ।

सरकारले यस विषयमा कुनै सम्बोधन नगरेको खण्डमा पहिलो चरणमा मंसिर २५ गते देखि आन्दोलन गर्ने महासङ्घले जनाएको छ । २५ गते महाप्रवन्धकको कार्यकक्ष तथा क्षेत्र व्यवस्थापकको कार्यकक्षमा ताला लगाउनेलाई कुनैपनि शुल्क तथा रकम भुक्तानी नगर्ने र भाडावृद्धि फिर्ता गर्न माग सहितको कालो व्यानर तथा कालोझण्डा प्रदर्शन गर्दै आन्दोलनमा उत्रने महासङ्घको भनाइ छ ।