आर्थिक

    Showing 3,061-3,070 of 4,329 items.
  • सरकारले १० प्रतिशतले बढायो पेट्रोलियम ढुवानी भाडा

     काठमाडौँ / प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लगत्तै सरकारले पेट्रोलियम पदार्थको ढुवानी भाडा १० प्रतिशतले वृद्धि गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल भित्रका १७ र नेपाल बाहिरका ५ वटा रुटमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर र ट्रकको भाडा वृद्धि गरेको हो ।सरकारले निर्वाचन अघि नै निर्णय गरे पनि निर्वाचनको मत परिमाण सार्वजनिक भएपछि भाडा वृद्धिको सूचना जारी गरिएको हो । नेपाल आयल निगमका अनुसार सरकारले कात्तिकको अन्तिम साता तर्फ पेट्रोलियम ढुवानी गर्ने ट्याङ्करको भाडा वृद्धि गरेको थियो । तर, निर्वाचनमा नकरात्मक प्रभाव पर्न सक्ने भन्दै भाडा वृद्धिको सूचना सार्व

    • प्रकाशित मितिः पुस ३, २०७९
    • 244 पटक पढिएको
  • पाँच महिनामा पुँजीगत खर्चभन्दा बजेट खर्च बढी

    काठमाडौँ / चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ ।चालु आवका लागि सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो । जसमध्ये मङ्सिर मसान्तसम्ममा चार खर्ब ३५ अर्ब २१ करोड ११ लाख बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।यस अवधिमा सरकारको पुँजीगत खर्च करिब नौ प्रतिशत बराबर मात्रै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार मङ्सिर मसान्तसम्ममा सङ्घीय सरकारको पुँजीगत खर्च रु ३३ अर्ब ९९ करोड १६ लाख बराबर छ ।चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजाबर बजेट छुट्याएको

    • प्रकाशित मितिः पुस १, २०७९
    • 131 पटक पढिएको
  • बैंक वित्तीय संस्था तथा पूर्वाधार विकास बैंकलाई ३ बुँदे निर्देशन

    नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरु तथा पूर्वाधार विकास बैंकलाई एक सूचना जारी गरेको छ ।केन्द्रीय बैंकले बैंकबाट जारी ‘बैंक वित्तीय संस्थापना एवं वित्तीय कारोबार गर्ने इजाजतपत्र सम्बन्धी नीतिगत एवं प्रक्रियागत व्यवस्था २०६३’ तथा ‘पूर्वाधार विकास बैंकको इजाजतसम्बन्धी नीतिगत व्यवस्था २०७४’ मा संलग्त तालिका बमोजिम संशोधन गरिएको जनाएको हो ।जसमा विद्यमान व्यवस्था अन्तर्गत विगतमा कर्जा सूचना केन्द्रको कालोसूचीमा परी सो सूचीबाट हटेको भए त्यसरी हटेको मितिले तीन वर्ष व्यतीत भइ नसकेको व्यक्ति संस्थापक हुन योग्य मानिने छैन र त्यस्ता निवेदन उपर यस बैंकले कारवाही अगाडि बढाउने छ

    • प्रकाशित मितिः पुस १, २०७९
    • 144 पटक पढिएको
  • भरतमोहन अधिकारी आर्थिक पत्रकारिता पुरस्कार रोकाया र घिमिरेलाई

    काठमाडौँ / नेपाल आर्थिक पत्रकार संघ को १३ औं वार्षिक साधारणसभा तथा छैटौँ महासभामा २ जना आर्थिक पत्रकार पुरस्कृत भएका छन् । विकास न्यायकर्मी सन्तोष रोकाया र शिलापत्रहरूमा सम्झना घिमिरे पुरस्कृत भएका हुन् । उनीहरू जनही ५० हजार रुपैयाँको राशीसहित पुरस्कृत गरेको हो ।रोकाया भरतमोहन अधिकारी सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् भने घिमिरे भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी हुन् । उक्त पुरस्कारका लागि डेढ दर्जन पत्रकारहरूले आवेदन दिएका थिए । जसमध्ये उत्कृष्ट समाचारलाई छनोट गरेर पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका श्रीधर खनालले बताए ।अर्थमन्त्

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • 196 पटक पढिएको
  • प्रि–ओपन सेसनमा नेप्से सूचकमा ०.२५ अङ्कले उकालो

    काठमाडौँ / प्रि–ओपन सेसनमा बिहीबार नेप्से सूचक ०.२५ अङ्कले उकालो लागेको छ । यससँगै सूचक १८९७.३४ विन्दुमा आएको छ । १६ कम्पनीको १२ लाख ६० हजार ३९९ रुपैयाँको सेयर कारोबार भएको छ । कुल २ हजार ५४१ कित्ता सेयर खरिदबिक्री भएको छ ।यो सेसनमा कुल १० कम्पनीमा उकालो लागेको छ भने ५ को मूल्य घटेको छ र एक कम्पनी स्थिर छ । यता, १३ उपसूचकहरूमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र दुई कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • 149 पटक पढिएको
  • निफ्राको ५० लाख कित्ता ऋणपत्र बिक्री खुला

    काठमाडौँ / नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को ५० लाख कित्ता ऋणपत्र बिक्री खुला भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको हो।बैंकले ७ वर्षे अवधिको लागि ‘‘निफ्रा उर्जा ऋणपत्र २०८५–८६’ नामक ऋणपत्र बिक्रीमा ल्याएको हो। यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्।बैंकले जारी गरेको ऋण पत्रमध्ये ३० लाख इकाइ बैंकले व्यक्तिगत तवरमा बिक्री गर्नेछ। बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ। यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतममा २५ इकाइदेखि अधिकतममा १ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्।यस ऋणपत्रमा बिक्री प्रबन्धकको काम

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • 259 पटक पढिएको
  • सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँले घट्यो

    झापा / सुन चाँदीको मूल्य आज केही घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ७ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।बिहीबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ। बुधबार प्रति तोला १ लाख १ हजार रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ रहेको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ४ सय रुपैयाँ कारोबार भइरहेको थियो।

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • 158 पटक पढिएको
  • प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउन अर्थले दियो सहमति

    झापा / नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि हट्ने भएको छ । सरकारको पदावधि र उमेर हदको व्यवस्थामा हेरफेर गर्ने गरी अध्यादेश ल्याउने निर्णयलाई अर्थमन्त्रालयले सैद्धान्तिक सहमति दिइसकेको छ । अर्थमन्त्री जनार्दन शर्माले त्यसको पुष्टि गरेका छन् ।नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउन लामो समयदेखि प्रयास हुँदै आए पनि प्रहरी अधिकारीहरूको अस्वस्थ प्रतिस्पर्धाले यो रोकिँदै आएको थियो ।प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सेवा अवधि हटाउने प्रस्ताव अघि बढेको हो । तर, अर्थमन्त्रालयले एक वर्षपछि मात्र लागु हुने गरी प्रस्ताव अघि बढाउन भनेको छ । सरकारले भने तत्काल लागू हुने गरी प्रस्ताव अघि बढाउने तयार

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • 211 पटक पढिएको
  • फिदिम नगरपालिकमा जग्गा वर्गीकरण

    फिदिम / भूमिको सुरक्षित र दिगो व्यवस्थापन गर्ने राष्ट्रिय लक्ष्यअनुसार पाँचथर फिदिम नगरपालिकाको जग्गा वर्गीकरण गरिएको छ । १४ वडामा विभाजित १९२.५० वर्ग किलोमिटर क्षेत्रफल रहेको फिदिमको कृषि र गैरकृषि क्षेत्र छुट्टाएर भूमि वर्गीकरण गरिएको हो ।  राष्ट्रिय भूउपयोग नीतिको आधारमा फिदिम नपाले जग्गा वर्गीकरण गरेको जनाएको छ । नगरको भू–बनौट, भूमिको क्षमता तथा उपयुक्त र मौजुदा उपयोग र आवश्यकताको आधारमा जग्गाको वर्गीकरण गरिएको उपप्रमुख राधाकृष्ण न्यौपानेले बताएका छन्।यहाँको व्यावसायिक, औद्योगिक, वन, खानी र खनिज, सार्वजनिक क्षेत्र बाहेकका भूभागलाई गैरकृषि क्षेत्रको रूपमा तोकिएको छ । त्य

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • 205 पटक पढिएको
  • दशगजा क्षेत्रमा मदिरा बिक्री गर्ने होटल बन्द गर्न निर्देशन

    विराटनगर / विराटनगर –१७ स्थित नेपाल–भारत सीमा क्षेत्र दसगजा क्षेत्रमा पर्ने होटलहरु बन्द गर्न वडा कार्यालयले निर्देशन दिएको छ । दसगजा क्षेत्रमा रहेका होटलहरुमा मदिरा बिक्री गर्ने गरेका कारण अपराधका घटनाहरू बढेको भन्दै स्थानीयको गुनासो बढेपछि वडा समितिको मङ्सिर २० गते बसेको बैठकले दसगजा क्षेत्रका रहेका चार वटा होटल बन्दा गर्न निर्देशन दिएको हो । वडा समितिको बैठकले पुस ५ गतेदेखि बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ । यसबारे सम्बन्धित होटल सञ्चालकलाई जानकारी गराइएको छ । त्यस क्षेत्रको राइस मिल टोल, मर्टेवा टोलको पश्चिम नेपाल–

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • 173 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.