काठमाडौँ / नेपाल आर्थिक पत्रकार संघ को १३ औं वार्षिक साधारणसभा तथा छैटौँ महासभामा २ जना आर्थिक पत्रकार पुरस्कृत भएका छन् ।

विकास न्यायकर्मी सन्तोष रोकाया र शिलापत्रहरूमा सम्झना घिमिरे पुरस्कृत भएका हुन् । उनीहरू जनही ५० हजार रुपैयाँको राशीसहित पुरस्कृत गरेको हो ।

OM Sai Pathibhara Hospital

रोकाया भरतमोहन अधिकारी सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् भने घिमिरे भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी हुन् । 

उक्त पुरस्कारका लागि डेढ दर्जन पत्रकारहरूले आवेदन दिएका थिए । जसमध्ये उत्कृष्ट समाचारलाई छनोट गरेर पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका श्रीधर खनालले बताए ।

अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल लगायतले संयुक्त रुपमा उनीहरूलाई प्रमाणपत्रसहित चेक हस्तान्तरण गरेका छन् ।