काठमाडौँप्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लगत्तै सरकारले पेट्रोलियम पदार्थको ढुवानी भाडा १० प्रतिशतले वृद्धि गरेको छ 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल भित्रका १७ र नेपाल बाहिरका ५ वटा रुटमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर र ट्रकको भाडा वृद्धि गरेको हो ।

OM Sai Pathibhara Hospital

सरकारले निर्वाचन अघि नै निर्णय गरे पनि निर्वाचनको मत परिमाण सार्वजनिक भएपछि भाडा वृद्धिको सूचना जारी गरिएको हो ।

नेपाल आयल निगमका अनुसार सरकारले कात्तिकको अन्तिम साता तर्फ पेट्रोलियम ढुवानी गर्ने ट्याङ्करको भाडा वृद्धि गरेको थियो । तर, निर्वाचनमा नकरात्मक प्रभाव पर्न सक्ने भन्दै भाडा वृद्धिको सूचना सार्वजनिक गरिएको थिएन ।

सरकारले १० प्रतिशतले भाडा वृद्धि गरे पनि पेट्रोलियम ढुवानी व्यवसायीहरूले भने २० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग राख्दै आएका छन् ।

ट्यांकर व्यवसायीहरूले सार्वजनिक यातायातको भाडा दुई पटकसम्म बढ्दा पनि पेट्रोलियम ढुवानी व्यवसायीको भाडा नबढेको भन्दै गुनासो गर्दै आइरहेका छन् ।