झापा / सुन चाँदीको मूल्य आज केही घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ७ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।

बिहीबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ। बुधबार प्रति तोला १ लाख १ हजार रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ रहेको छ। 

चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ४ सय रुपैयाँ कारोबार भइरहेको थियो।