आर्थिक

    Showing 3,041-3,050 of 4,329 items.
  • केहि दिनमै आयातमा लगाएको एलसी मार्जिन खारेज गर्दै राष्ट्र बैक

    नेपाल राष्ट्र बैंकले एलसी मार्जिन खारेज गर्ने भएको छ । बैंकले केही वस्तुको आयातमा लगाएको यस्तो मार्जिन खारेज र कतिपय वस्तुको मार्जिन कम गर्न लागेको हो अर्थात सीमा घटाउन लागेको हो । राष्ट्र बैंकले अबको केहि दिनमै आयात मार्जिन खुकुलो बनाउने छ । यसरी मार्जिन लगाउँदा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र सरकारले समेत चर्को दवाव दिएपछि राष्ट्र बैंकले आयातमा लगाएको एलसीमा मार्जिन खोल्ने तयारी गरेको हो ।एकतिर एलसी मार्जिनका कारण आईएमएफले एलसी मार्जिनलाई देखाएर ऋणको किस्ता रोकेको छ भने अर्कोतिर यसको प्रत्यक्ष असर राजस्व संकलन परेको छ । नेपालले आईएमएफसँग ३९ करोड ८५ लाख अमेरिकी डलर ऋण लिएको हो। यो नेपाल

    • प्रकाशित मितिः माघ ६, २०७९
    • 203 पटक पढिएको
  • राष्ट्र बैङ्कको कारबाहीमा आठ विकास बैङ्क र चार वित्त कम्पनी

    नेपाल राष्ट्र बैंकले आठवटा विकास बैङ्क र चारवटा वित्त कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएका कानूनी व्यवस्था, मौद्रिक नीति तथा निर्देशनका व्यवस्था उल्लङ्घन गरेको भेटिएपछि एक दर्जन संस्थालाई आर्थिक जरिवाना गरिएको हो । राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७९र०८० को पहिलो त्रैमासिक अवधिमा भएको सुपरिवेक्षणका आधारमा कारबाही गरिएको जनाएको छ । कारबाहीमा परेका विकास बैङ्क र वित्त कम्पनीलाई हर्जाना तिराइएको छ । राष्ट्र बैंकका अनुसार कर्णाली डेभलपमेन्ट बैङ्कलाई विपन्न वर्ग कर्जा नर्पुयाउँदा एक पटक र अनिवार्य मौज्दात कायम गर्न नसक्दा दुई पटकसम्म हर्ज

    • प्रकाशित मितिः माघ ६, २०७९
    • 174 पटक पढिएको
  • पाथीभरा ट्रान्सपोर्टमा प्रहरीले छापा हान्यो, अब ट्रान्सपोर्टबाट कालो धन्दा

     वीरगंजकाे आदर्शनगरस्थित वडा प्रहरी कार्यालय विर्ताले श्री पाथिभरा ट्रान्सपाेर्टकाे गाेदाममा छापामारेको छ ।वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल नेतृत्वकाे विशेष प्रहरी टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं. १० आदर्शनगरस्थित राजेश मल्लिकले संचालन गरेको श्री पाथिभरा ट्रान्सपोर्टमा छापामारी गरि अवैध रुपमा भन्सार छली ल्याइएकाे कपडाको पोका सहितका अन्य सामग्रीहरु बरामद गरेकाे छ ।माघ १ गते आइतबार राती १:०० बजे आदर्शनगरस्थित उक्त ट्रान्सपोर्टबाट अवैध रुपमा भन्सार छली गरि ल्याइएका सामानहरु लोड गरि लैजादै गरेका छन् भन्ने सुचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले उक्त ट्रान्स

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 541 पटक पढिएको
  • सुनिल केसी अध्यक्ष भएकै दिन ९.५ प्रतिशत निक्षेपको ब्याजदर घट्यो

    अध्यक्ष भएकै दिन सुनील केसीले ९.५ प्रतिशत  निक्षेपको ब्याजदर घटाएका छन। नेपाल बैंकर्स संघले मुद्धति निक्षेपको ब्याजदर साढे ९ प्रतिशत घटाएको छ । संघको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाएर ११ प्रतिशतमा झारेको हो । यसअघि मुद्दती निक्षेपको ब्याजदर १२.१३ प्रतिशत थियो ।एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनील केसी बैंकर्स संघको अध्यक्ष बनेकै दिनको पहिलो बैठकले निक्षेपको ब्याजदर घटाएको हो । उनले निक्षेपको ब्याजदर घटाउन प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई सबै बैकर्सले स्वीकार गरेका छन् ।निक्षेपको ब्याजदर घटेकाले आधारदर कम भई कर्जा केही सस्तो हुने देखिएको छ । ब्याजदर महंगो

    • प्रकाशित मितिः पुस २७, २०७९
    • 431 पटक पढिएको
  • सेयर बजार गत जेठ यताकै उच्च बिन्दुमा

    झापा / नयाँ सरकार गठनसँगै निरन्तर बढ्दो क्रममा रहेको सेयर बजार परिसूचक नेप्से चालु आर्थिक वर्ष (आव) लागेपछिकै उच्च बिन्दुमा पुगेको छ । १० जेठ २०७९ मा २२१७.१९ अङ्कमा बन्द भएको नेप्से सोमबार त्यसयताकै उच्च बिदु मा पुगेको हो ।साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ४७.१७ अङ्कले वृद्धि हुँँदा २२११.७६ अङ्कमा बन्द भएको छ । सेयर लगानीकर्तामा बढ्दो उत्साहले बजार परिसूचकसँगै कारोबार रकम पनि बढ्दै गएको छ । गत बिहीबार ५ अर्ब माथिको कारोबार भएको बजारमा लगातार तेस्रो कारोबार दिन पनि ५ अर्ब माथिको कारोबार भएको छ ।सोमबार नेप्सेमा कुल ५ अर्ब ३१ करोड ४३ लाख ८ हजारको कारोबार हुँदा रिडी पावर कम्पनीक

    • प्रकाशित मितिः पुस २५, २०७९
    • 133 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    आइतबार राति  १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ।निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको तीन रुपैयाँ घटाएको छ भने हवाई इन्धन (आन्तरिक) मा २० रुपैयाँ घटाएको छ।निगमद्वारा जारी विज्ञप्ति अनुसार नयाँ मूल्यसँगै अब काठमाडौँ उपत्यकामा पेट्रोल १७५ रुपैयाँ, डिजेल र मट्टितेल १७२ रुपैयाँ लिटर पर्नेछ।यसअघि पेट्रोलको भाउ लिटरको १७८ र डिजेल तथा मट्टितेलको १७५ रुपैयाँ थियो। त्यस्तै नयाँ मूल्यअनुसार हवाई इन्धन (आन्तरिक)को भाउ लिटरको १७० रुपैयाँ भएको छ।भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ बढेर आएको भए पनि नाफाका आधार

    • प्रकाशित मितिः पुस २४, २०७९
    • 497 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री दाहालको निर्देशन

    काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गरी मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका हुन् ।प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएको उनले बताएका छन् ।

    • प्रकाशित मितिः पुस २१, २०७९
    • 170 पटक पढिएको
  • सुनको मूल्य वर्षकै उच्च स्थानमा

    झापा / सुनको मूल्यले तोलामै एक लाख तीन हजार रुपैयाँ पार गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारका यो मूल्य यो  २०७९ कै उच्च हो ।आज तोलामा २ सय रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ३ हजार एक सय रुपैयाँ पुगेको छ।यस्तै तेजाबी सुनको मूल्य एक लाख २ हजार ६ सय र चाँदीको मूल्य १३ सय ८५ रुपैयाँ तोकिएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको हो ।बुधबार छापावाल सुनको मूल्य एक लाख २ हजार ९ सय, तेजाबी सुनको मूल्य १ लाख २ हजार ४ सय र चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः पुस २१, २०७९
    • 374 पटक पढिएको
  • बाहुनडाँगीका किसानलाई औषधिजन्य जडिबुटी खेतीमा प्रोत्साहन

    बाहुनडाँगी / वर्षौ देखि हात्तीको पीडा भोग्दै आएका झापाको पूर्वीउत्तर क्षेत्र बाहुनडाँगीका किसानले वैकल्पिक खेतीका रूपमा औषधिजन्य वनस्पति खेती शुरु गरेका छन् ।  जनधन सँगै बालीनाली समेत हात्तीले क्षति गर्दै आए पछि हात्तीबाट जोगाउँनका लागि त्यहाँका किसानले वैकल्पिक खेतीका रूपमा औषधिजन्य वनस्पति खेती तर्फ लाग्न बाध्य भएका छन् ।श्री महेन्द्रद्वारा बचत तथा ऋण सहकारी संस्था लि. ले मेचीनगर ४ स्थित मेची नदीको किनारमा जडिबुटी खेती गरिरहेको छ ।सो खेतीको अगुवाइ महेन्द्रद्वारा सहकारी संस्थाद्वारा सञ्चालित सनराइज हर्बल उद्योगले गरेको छ । हर्बल उद्योगको ४० लाख रुपैयाँ लगानीमा स्थानीय ३३ जना कि

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 206 पटक पढिएको
  • नेपालको आफ्नै तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल

     काठमाडौँ / मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजबाट औपचारिक रूपमै अप्रेसनमा आएको छ । सन् २०१६ अप्रिलदेखि औपचारिक रूपमा निर्माण कार्य सुरु भए पनि विमानस्थल ६ वर्षपछि सञ्चालनमा आएको हो ।ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङसँग ५ वर्षमा नै निर्माण कार्य सम्पन्न गर्ने गरी नागरिक उड्डयन प्राधिकरणले २०१६ अप्रिलमा नै सम्झौता गरेको थियो । तर, कोभिड–१९ को महामारी लगायत विविध कारणले गर्दा विमानस्थलको निर्माण कार्य थप एक वर्ष लम्बिन पुग्यो । चाइना एक्जिम बैंकको २२ अर्ब रुपैयाँ बराबरको ऋण तथा अनुदान सहयोगमा निर्माण सम्पन्न भएको पोखरा विमानस्थल अन

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 149 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.