झापा / नयाँ सरकार गठनसँगै निरन्तर बढ्दो क्रममा रहेको सेयर बजार परिसूचक नेप्से चालु आर्थिक वर्ष (आव) लागेपछिकै उच्च बिन्दुमा पुगेको छ । १० जेठ २०७९ मा २२१७.१९ अङ्कमा बन्द भएको नेप्से सोमबार त्यसयताकै उच्च बिदु मा पुगेको हो ।

साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ४७.१७ अङ्कले वृद्धि हुँँदा २२११.७६ अङ्कमा बन्द भएको छ । सेयर लगानीकर्तामा बढ्दो उत्साहले बजार परिसूचकसँगै कारोबार रकम पनि बढ्दै गएको छ । गत बिहीबार ५ अर्ब माथिको कारोबार भएको बजारमा लगातार तेस्रो कारोबार दिन पनि ५ अर्ब माथिको कारोबार भएको छ ।

OM Sai Pathibhara Hospital

सोमबार नेप्सेमा कुल ५ अर्ब ३१ करोड ४३ लाख ८ हजारको कारोबार हुँदा रिडी पावर कम्पनीको सर्वाधिक २० करोड ६८ लाख १७ हजारको कारोबार भएको छ । त्यस्तै ङ्याली ग्रुप पावरको १६ करोड ९६ लाख ९९ हजार र एनआईसी एशिया बैंकको १६ करोड ७८ लाख ६७ हजारको कारोबार भएको छ ।