वीरगंजकाे आदर्शनगरस्थित वडा प्रहरी कार्यालय विर्ताले श्री पाथिभरा ट्रान्सपाेर्टकाे गाेदाममा छापामारेको छ ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल नेतृत्वकाे विशेष प्रहरी टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं. १० आदर्शनगरस्थित राजेश मल्लिकले संचालन गरेको श्री पाथिभरा ट्रान्सपोर्टमा छापामारी गरि अवैध रुपमा भन्सार छली ल्याइएकाे कपडाको पोका सहितका अन्य सामग्रीहरु बरामद गरेकाे छ ।

OM Sai Pathibhara Hospital

माघ १ गते आइतबार राती १:०० बजे आदर्शनगरस्थित उक्त ट्रान्सपोर्टबाट अवैध रुपमा भन्सार छली गरि ल्याइएका सामानहरु लोड गरि लैजादै गरेका छन् भन्ने सुचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले उक्त ट्रान्सपोर्टको गोदाममा चेकजांच गरि हेर्दा विलविजकबिनाका कपडाको पोका तथा अन्य शंकास्पद सामग्रीहरु बरामद भएकाे वडा प्रहरी कार्यालय विर्ताले जनाएकाे छ ।

Screenshot_2023_0117_083059

रु ३ लाख भन्दा बढीकाे विल नभएकाे सामग्रीहरु र शंकास्पद बिलबिजक भएका हार्डवेयर, लत्ताकपडा तथा चकलेटका सामानहरु फेला परेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक बिशाल मल्लले जानकारी दिए । हाल उक्त ट्रान्सपाेर्ट सिल गरि थप अनुसन्धान भइरहेकाे प्रहरी निरिक्षक मल्लले वताए ।