बाहुनडाँगी / वर्षौ देखि हात्तीको पीडा भोग्दै आएका झापाको पूर्वीउत्तर क्षेत्र बाहुनडाँगीका किसानले वैकल्पिक खेतीका रूपमा औषधिजन्य वनस्पति खेती शुरु गरेका छन् । 

 जनधन सँगै बालीनाली समेत हात्तीले क्षति गर्दै आए पछि हात्तीबाट जोगाउँनका लागि त्यहाँका किसानले वैकल्पिक खेतीका रूपमा औषधिजन्य वनस्पति खेती तर्फ लाग्न बाध्य भएका छन् ।

OM Sai Pathibhara Hospital

श्री महेन्द्रद्वारा बचत तथा ऋण सहकारी संस्था लि. ले मेचीनगर ४ स्थित मेची नदीको किनारमा जडिबुटी खेती गरिरहेको छ ।

सो खेतीको अगुवाइ महेन्द्रद्वारा सहकारी संस्थाद्वारा सञ्चालित सनराइज हर्बल उद्योगले गरेको छ । हर्बल उद्योगको ४० लाख रुपैयाँ लगानीमा स्थानीय ३३ जना किसानले आफ्नो ३० बिगाहा जग्गामा बहुउपयोगी औषधिका रुपमा रहेको वनस्पति लेमनग्राससिट्रोलेनाको खेती सुरु गरेका छन् । हाल करिब ३० बिघामा जमिनमा रोप्ने र पछि त्यसलाई कम्तीमा सय बिघामा फैलाउने योजना रहेको संस्थाका अध्यक्ष राजकुमार दाहालले बताए ।

सहकारीले आइतबार बाहुनडाँगी स्थित हात्ती रिसोर्टमा अन्तरक्रिया कार्यक्रम गर्दै जडिबुटी जन्य खेतीमा लाग्न प्रोत्साहन गरेको छ । सहकारीले विशेषः लेमनग्राससिट्रोलेना जस्तो घाँसीय जडिबुटी खेती गर्न किसानहरूलाई प्रेरित गरेको हो ।