अध्यक्ष भएकै दिन सुनील केसीले ९.५ प्रतिशत  निक्षेपको ब्याजदर घटाएका छन।

 नेपाल बैंकर्स संघले मुद्धति निक्षेपको ब्याजदर साढे ९ प्रतिशत घटाएको छ । संघको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाएर ११ प्रतिशतमा झारेको हो । यसअघि मुद्दती निक्षेपको ब्याजदर १२.१३ प्रतिशत थियो ।

OM Sai Pathibhara Hospital

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनील केसी बैंकर्स संघको अध्यक्ष बनेकै दिनको पहिलो बैठकले निक्षेपको ब्याजदर घटाएको हो । उनले निक्षेपको ब्याजदर घटाउन प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई सबै बैकर्सले स्वीकार गरेका छन् ।

निक्षेपको ब्याजदर घटेकाले आधारदर कम भई कर्जा केही सस्तो हुने देखिएको छ । ब्याजदर महंगो भएको भन्दै मुलुकभरीका उद्योगी व्यवसायी आन्दोलित छन् ।  

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समीक्षामा पनि ब्याजदरका उपकरण चलाउने सम्भावना छैन। तर, उसले अनौपचारिक रुपमा बैंकरहरुलाई ब्याजदर घटाएर सकारात्मक माहोल सिर्जना गर्न निर्देशन दिएको बताइन्छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको औसत अन्तर स्प्रेडदर घटाइसकेको छ । बैंकहरूले कर्जामा चर्को प्रिमियम असुलेको भन्दै निजी क्षेत्रले विरोध गरेपछि राष्ट्र बैंकले स्प्रेडदरमा कैंची चलाइसकेको हो । यसअघि बैंकहरूले ४.४ प्रतिशतसम्म स्प्रेड दर लिँदै आएका थिए ।