आर्थिक

    Showing 2,941-2,950 of 3,700 items.
  • सात नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार

    काठमाडौँ //  सात नगरपालिकाले उत्कृष्ट नगरपालिका पुरस्कार पाएका छन्। नेपाल नगरपालिका संघले आफ्नो २९ औं वार्षिकोत्सवको अवसर पारेर   सात नगरपालिकालाई  उत्कृष्ट घोषणा गर्दै  पुरस्कृत गरेको हो । संघले सुशासन र सेवाप्रवाह, आर्थिक विकास, सहरी योजना र पूर्वाधार विकास, वन वातावरण र जलवायु परिवर्तन तथा सामाजिक विकासतर्फ उत्कृष्ट नगरपालिकाहरूलाई पुरस्कृत गरेको बताइएको छ । संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका छन् । यसैगरी , स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका र सामाजिक विकासतर्फ र

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 192 पटक पढिएको
  • वाणिज्य बैंकहरुले चैतमा ब्याज स्थिर राख्ने

    बिर्तामोड  / वाणिज्य बैंकहरुले चैतमा ब्याज नबढाउने र स्थिर राख्ने भएका छन् । निक्षेपको ब्याज बढाउन कतिपय बैंकरले माग गरे पनि बैंकर्स संघले भने चैतका लागि नयाँ ब्याजदर अधिकतम ११.०३ प्रतिशत नै दिने निर्णय गरेको हो ।ब्याजदर बढाएर मात्र निक्षेप तान्न नसकिने देखिएपछि स्थिर राख्ने निर्णय भएको हो । बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ र राष्ट्र बैंकको पछिल्लो निर्देशन अनुसार हरेक महिना १० प्रतिशतको दरले घटबढ गर्न पाउने व्यवस्था छ । तरलता संकट देखाएर बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर बढाएर ११ प्रतिशतभन्दा बढी पुर्याएका छन् । तर चैतका लागि भने नबढाउने सहमति

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 124 पटक पढिएको
  • देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ : अर्थमन्त्री जनार्दन शर्मा

    काठमाडौं / अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको स्वीकार गरेका छन् । उनले केही वस्तुको आयातमा मार्जिन राख्नु परेपनि स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्ने बताएका हुन् । काठमाडौंमा भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै आज (आइतबार) मन्त्री शर्माले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभावित भएपनि मेहनत गरेर लक्ष्यमा पुग्नुपर्ने बताएका छन् । राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका खेल्न मातहतका अधिकारीहरुलाई उनको निर्देशन समेत दिएका छन् । व्यापारलाई सहजीकरण गर्दै राजस्व परिचालनमा अगाडि बढ्न सबै कर्मचारीला

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 120 पटक पढिएको
  • फेरी बढ्यो सुनको मूल्य

    काठमाडौं /  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँ बढेर एक लाख दुई हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो । गत शुक्रबार छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेर एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलामा एक लाख २ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । महासङ्घका अनुसार गत शुक्रबार तोलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 114 पटक पढिएको
  • बजार अनुगमन नाम मात्रैको, मूल्यवृद्धि ६ प्रतिशत नजिक

    बिर्तामोड / सरकारले बजार अनुगमन बढाएको भने पनि महँगी नियन्त्रणमा आउन सकेको छैन । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणअनुसार माघमा मूल्यवृद्धिदर ६ प्रतिशत नजिक पुगेको छ । दाल तथा गेडागुडी, तरकारी, घिउ तथा तेलको मूल्य उच्च रहेको राष्ट्र बैंकले जनाएको छ ।तराई मधेसको क्षेत्रमा सबैभन्दा बढी मूल्यवृद्धि भएको पाइएको छ । सुगम र सहज यातायात सञ्जाल, स्रोत तथा साधनको उपलब्धता भए पनि तराईमा मूल्यवृद्धि धेरै भएको पाइएको हो । तराईपछि काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा मूल्यवृद्धि धेरै रहेको राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।राष्ट्र बैंकका अनुसार गएको माघ मसान्तसम्म काठमा

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 95 पटक पढिएको
  • ब्राउन सुगरको कारोबारमा संलग्न झापामा कार्यरत प्रहरी हवल्दार सहित ११ जना पक्राउ

    झापा //ब्राउन सुगरको कारोबारमा संलग्न झापामा कार्यरत प्रहरी हवल्दार सहित ११ जनालाई  प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  सशस्त्र प्रहरी बलमा कार्यरत् हवल्दार खगेन्द्र भुजेल, झापाका अन्जान राई,म्याग्दी घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने २५ वर्षीय लालबहादुर बुढाथोकी , दोलखाका कौशल बस्नेत, सिन्धुपाल्चोकका समीर घले गुरूङ, सञ्जय लक्सम्बा, पुकार गुरूङ, प्रविण भण्डारी, सुनिल ताजपुरिया, भारत दार्जिलिङका श्यामल सिंह रहेका छन्।उनीहरुको साथबाट ३२२.६ ग्राम ब्राउन सुगर बरामद भएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।कारोबारीको जालो खोल्दै जाँदा सशस्त्र प्रहरी बलमा कार्यरत् हवल्दार पनि फन्दाम

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 192 पटक पढिएको
  • भारतीय मुद्रासहित दुई विदेशी महिला पक्राउ

    काठमाडौं / प्रतिबन्धित भारतीय मुद्रासहित दुई विदेशी महिलालाई  प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । नेपालबाट भारत जान लागेका दुवै जनालाई विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा थाइ नागरिक ३२ वर्षीया वान्विसा जन्टासन र वारापर्न खुर्सोम्बात रहेका छन् ।वान्विसाको साथबाट एक हजार र पाँचसयका एक लाख ७९ हजार ५०० र वारापर्नको साथबाट एक लाख १५ हजार भारतीय रुपैयाँसमेत बरामद गरेको छ ।उनीहरूलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग ललितपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 142 पटक पढिएको
  • सुनको मूल्य ६ सयले बढ्यो

    बिर्तामोड / साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।बिहीबार १ लाख २ हजार रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार ६ सयले बढेर एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 98 पटक पढिएको
  • नेपाललाई जापानले दुई अर्ब सात करोड अनुदान दिँदै

    बिर्तामोड  / विराटनगरमा खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दुई अर्ब सात करोड अनुदान सहयोग उपलव्ध गराउने निर्णय गरेको छ । अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आज हस्ताक्षर गरेका छन् । आयोजना कार्यान्वयनका लागि अर्को अनुदान सम्झौतामा जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सु र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।उक्त आयोजनाले विराटनगर सहरको खानेपानी क्षेत्रलाई फर

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 114 पटक पढिएको
  • आज सुनको मूल्य एक लाख दुई हजार रुपैयाँमा

    काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य प्रति तोलामा तीन हजार ५०० रुपैयाँले घटी एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुन तोलाको एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ५०० रुपैयाँ तोकिएको छ ।सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । प्रति तोलामा ४५ रुपैयाँले घटी एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 89 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.