काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल ७.५० रुपैयाँ, डिजेल ६ रुपैयाँ र मट्टीतेल ५ रुपैयाँले घटाएको हो।

अब काठमाडौं‚ पोखरा र दिपालयमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्ने छ। डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्ने छ। तराईमा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्ने छ। डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४७.५ रुपैयाँ पर्ने छ।

OM Sai Pathibhara Hospital

सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्ने छ। डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ पर्ने छ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको छ।FB_IMG_1688438285409