काठमाडौं / नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलाको एक लाख नौ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सो सुन तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

OM Sai Pathibhara Hospital

तेजाबी सुन तोलामा एक लाख आठ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।