काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ । 

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य एक लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य एक लाख ११ हजार २५० रुपैयाँ कायम थियो ।

OM Sai Pathibhara Hospital

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्यमा प्रतितोला ४५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १४ सय ३० मा कारोबार भएको थियो ।