झापा ।  ''बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि'' भन्ने नाराका साथ स्थापना भएको एनआईसी एसिया बैङ्क चन्द्रगढी शाखाको  खाताबाट १३ लाख भन्दा बढी रकम एकाएक गायब भएको छ।

जगदम्बा टी प्रोसेसिङ प्रालिको नाममा रहेको एनआईसी बैङ्कको खाता नम्बर ६७४१४९९५३७५२४००१ बाट २०८० असार ५ गतेदेखि असार ११ गतेसम्मको अवधिमा पटक पटक गरी १३ लाख १७ हजार ८ सय रुपैयाँ गायब भएको छ ।

OM Sai Pathibhara Hospital

सञ्चालक भक्तप्रसाद अधिकारीले भने ,"जगदम्बा टी प्रोसेसिङको नाममा रहेको खाताबाट डिजिटल माध्यम प्रयोग गरेर अनधिकृत रूपमा रकम झिकेको देखिन्छ, आफ्नो खातामा जम्मा रहेको रकम बैङ्कबाट नै गायब भएको छ, बैङ्कमा राख्दा रकम सुरक्षित हुने विश्वास नै अब रहेन।"

सुरक्षाका लागि बैङ्क खातामा राखिएको रकम बैङ्कबाटै गायब भएको घटनाको अनुसन्धानका लागि साइवर क्राइम अपराध अन्तर्गत छानबिन गर्न झापा प्रहरी मार्फत सिआइबीमा उजुरी दिएको छ।

अपराध गर्ने समूहलाई कानुनी कारबाही गर्ने पाटो एउटा भए पनि बैङ्कमा रहेको रकम गायब भएको विषयको जबाफदेही र जिम्मेवारी स्वयम बैङ्क सञ्चालकले लिनुपर्ने अधिकारीको भनाई छ ।

जगदम्बाको खातामा न्यूनतम १० हजार हुनुपर्नेमा सो रकम समेत झिकेर केवल खातामा ८ सय ६० रुपैयाँ १८ पैसा मात्र बचत देखिएको छ।

यसले पनि बैङ्क सुरक्षित हुन्छ भन्ने विश्वास गुमेको छ। यसो हुनुमा बैङ्क कर्मचारी र कमजोर बैङ्क प्रविधि दोशी देखिन्छ।Screenshot_2023-06-29-05-20-50-50_a23b203fd3aafc6dcb84e438dda678b6

बैङ्कबाट लगभग हप्ता दिनको अन्तरालमा पटक पटक गरेर बढीमा ५० हजार र घटीमा एक सय गरी ३० पटक सम्मको प्रयासमा सो रकम झिकेको जगदम्बाको बैङ्क स्टेटमेन्टबाट देखिन्छ।Screenshot_2023-06-29-05-21-12-38_a23b203fd3aafc6dcb84e438dda678b6

सामान्यतया एक पटक रकम झिके पछि एकदेखि डेढ मिनेटमा मात्रै अर्को ओटिपि नम्बर आउने भए पनि धेरैजसो ३५ सेकेन्डकै अन्तरमा विभिन्न कम्पनीका नाममा रकम ट्रान्सफर गरेर रकम झिकेको भेटिएको छ।

रकम झिक्दा मोबाइल बैङ्किङ मार्फत म्यासेज आउने गरे पनि यो रकम झिक्दा कम्पनीको आधिकारिक मोबाइलमा कुनै म्यासेज वा सूचना नआएको र एकै पटक हप्ता दिनमा रकम चेक गर्दा मात्रै खाताबाट रकम गायब भएको थाहा पाएको प्रोसेसिङका लेखा कर्मचारी कमल निरौलाले बताएका छन ।