काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको  छापावाल सुन आज प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो । 

साथै तेजाबी सुन १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार   चाँदीको भाउ १० रुपैयाँले घटेको छ । बिहीबार १ हजार ३ सय ७० रुपैयाँमा  कारोबार भएको चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।