आर्थिक

    Showing 2,771-2,780 of 4,329 items.
  • अटोमोबाइल क्षेत्रको महाकुम्भ मेला नाडा अटो शो, २०२४ सम्पन्न

    काठमाण्डौ  । अटोमोबाइल क्षेत्रको महाकुम्भ मेला १६औँ संस्करणको ‘नाडा अटो शो, २०२४’ सम्पन्न भएको छ । भदौ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ६ दिन चलेको अटो शो सम्पन्न भएको हो ।मंगलबारदेखि सुरु भएको यो पटकको नाडा अटो शो ६ दिनसम्म चलेको थियो । ८२ हजारभन्दा बढीले अटो शो अवलोकन गरेका छन् । शनिबार एकैदिन नाडामा अवलोकन गर्न साढे १८ हजार पुगेका थिए । पहिलो दिन करिब ८ हजारले अवलोकन गरेका थिए । दोस्रो दिन संख्या करिब दोब्बर पुगेको थियो ।  तेस्रो दिन १७ हजारले अवलोकन गरेका थिए । यो पटकको नाडा अटो शोमा ७५ हजार अवलोकनका लागि आउने अनुमान आयोजकले गरेका थिए ।अघिल्ला वर्षहरुभन्दा यो अटो शो

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 814 पटक पढिएको
  • आर्थिक अपराधमा ‘आर्थिक सजाय’कै व्यवस्था गर्न प्रस्ताव

    काठमाडौं- सांसदहरुले आर्थिक अपराधमा ‘आर्थिक सजाय’कै व्यवस्था गर्न प्रस्ताव गरेका छन् । बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक (दोस्रो संशोधन) २०८० माथि आइतबार छलफलका क्रममा अधिकांश सांसदहरुले यस्तो प्रस्ताव गरेका हुन् । सांसदहरुले बैंकिङ कसुर तथा सजाय ऐनमा आर्थिक अपराधमा जेल सजाय तोक्ने व्यवस्थालाई पुनःविचार गर्नुपर्ने माग गरेका छन् । चेक अनादरको विषयमा बैंकहरुलाई पनि जिम्मेवार बनाउने गरी ऐन ल्याउन आवश्यक रहेको उनीहरुको भनाई छ । बताए । समिति बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले आर्थिक अपराधमा जेल होइन ‘आर्थिक सजाय’ नै गर्नुपर्ने बताइन

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 1,274 पटक पढिएको
  • नेप्सेमा दुई प्रतिशतको गिरावट‚ कारोबार रकम घट्यो

    काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५३.६३ अङ्कले घटेर २६९५.९३ विन्दुमा झरेको छ । ३३७ कम्पनीका २ करोड ६२ लाखभन्दा बढी कित्ता शेयर कारोबार हुँदा कुल रु १० अर्ब ५१ करोडको कारोबार भयो । म्युचुअल फण्डबाहेक सबै समूहका उपसूचकमा गिरावट आएको छ । वित्त समूहमा ३.४४ प्रतिशतको सबैभन्दा ठूलो गिरावट देखियो । सुपरमाई हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाईड्रोपावर र माईखोला हाईड्रोपावरमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकममा गुडविल फाइनान्स लिमिटेड अगाडि रहेको छ‚ भने सानिमा लार्ज क्याप फण्डमा सबैभन्दा बढी कित्ता कारोबार भएको छ ।

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 433 पटक पढिएको
  • निजी क्षेत्रलाई अर्थमन्त्रीको सुझावः गुनासो गर्न छाडौं, हातेमालो गरौं (भिडियोसहित)

    काठमाडौ- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब निजी क्षेत्र गुनासोबाट बाहिर निस्किनुपर्ने बताएका छन् । आफूहरुको गुनासो सम्बोधन गर्न सरकारले पहल नगरेको भन्ने निजी क्षेत्रको आरोपपछि अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन् । आईतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै पौडेलले सरकार निजी क्षेत्रको समस्या सम्बोधन गर्नका तयार रहेको जिकिर गरे । सरकार समस्या सम्बोधन गर्न तयार नभएको भए मात्रै गुनासोको प्रयोजन सही हुने अर्थमन्त्रीको तर्क थियो । अहिलेको सरकार निजी क्षेत्रको समस्या सुन्न, समाधान गर्न तयार रहेको भन्दै पौडेलले यसको प्रमाण सरकारको पछ

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 337 पटक पढिएको
  • सुनको मूल्य तोलामा रु ६०० ले घट्यो

    काठमाडौं–साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा रु ६०० ले घटेर रु १ लाख ५२ हजार ३ सयमा कारोबार हुँदैछ । शुक्रबार यसको मूल्य प्रतितोला रु १ लाख ५२ हजार ९ सय रहेको थियो । त्यसैगरी‚ चाँदीको मूल्य पनि तोलामा रु २५ ले घटेर आजका लागि रु १ हजार ७९५ तोकिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला रु १ हजार ८२० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २‚५०४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 380 पटक पढिएको
  • तरकारी तथा फलफूलको दैनिक मूल्य सार्वजनिक

    काठमाडौं–कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य विवरण सार्वजनिक गरेको छ । नेपाली ठूलाे गोलभेडाको न्यूनतम मूल्य ५० रुपैयाँ प्रतिकिलो रहेको छ भने अधिकतम मूल्य ६० रुपैयाँसम्म पुगेको छ । औसत मूल्य भने ५५ रुपैयाँ प्रतिकिलो छ ।भारतीय आलुको मूल्य न्यूनतम ५६ रुपैयाँ देखि अधिकतम ६० रुपैयाँ प्रतिकिलो रहेको छ । फलफूलतर्फ‚ फूजी स्याउको औसत मूल्य ३१० रुपैयाँ प्रतिकिलो रहेको छ भने नेपाली आँपको औसत मूल्य २७६.६७ रुपैयाँ प्रतिकिलो छ । थप हेर्न यहाँ क्लिक गर्नुहोला

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 720 पटक पढिएको
  • कालीमाटीमा आज पार्सले सर्वाधिक महँगो, किलोको १,६०० पुग्यो (सूचीसहित)

    काठमाडौं–कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको मूल्य सार्वजनिक गरेको छ । आज सबैभन्दा महँगो तरकारी पार्सले हो, जसको मूल्य प्रति किलो रू १,५०० देखि १,६०० सम्म पुगेको छ ।नेपाली ठूलो गोलभेडाको मूल्य न्यूनतम रू ५०.०० देखि अधिकतम रू ६०.०० सम्म छ, जसको औसत मूल्य रू ५३.७५ रहेको छ । भारतीय ठूलो गोलभेडा भने न्यूनतम रू ६०.०० देखि अधिकतम रू ७०.०० सम्म बिक्री भइरहेको छ, जसको औसत मूल्य रू ६६.०० छ । लोकल सानो गोलभेडा न्यूनतम रू २०.०० देखि अधिकतम रू २६.०० सम्मको मूल्यमा छ, र यसको औसत मूल्य रू २४.०० रहेको छ । टनेलमा उत्पादित सानो गोलभेडा भने न्यूनतम रू २८.०० देखि अधिकतम रू ३

    • प्रकाशित मितिः भदौ १५, २०८१
    • 500 पटक पढिएको
  • हिजो रेकर्ड बनाएको सुनको मूल्य आज घट्यो

    काठमाडौं–बिहीबार प्रतितोला एक सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँ घटेको छ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको हो । बिहीबारको तुलनामा आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार हुँदैछ । त्यस्तै, बिहीबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा किनबेच भइरहेको छ, जसले अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँको गिरावट देखाएको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 440 पटक पढिएको
  • आज कालीमाटीमा पार्सले सबैभन्दा महँगो तरकारी, सानो गोलभेडा सस्तो

    काठमाडौं–कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । यस आधारमा, बजारमा सबैभन्दा महँगो तरकारीमा पार्सले रहेको छ । यो सिजनमा पार्सले प्रति किलोग्राम रू १,५०० सम्ममा बिक्री भइरहेको छ, जुन बजारमा उपलब्ध अन्य तरकारीहरूको तुलनामा अत्यधिक महँगो हो । सिताके च्याउ पनि महँगोमा पर्छ, जसको मूल्य प्रति किलोग्राम एक हजारसम्म तोकिएको छ । त्यस्तै, बजारमा सबैभन्दा सस्तो तरकारीको रूपमा लोकल गोलभेडा सानो छ, जसको मूल्य प्रति किलोग्राम २० रुपैयाँदेखि २६ रुपैयाँ मात्र छ । समितिका अनुसार प्याज केही महँगिएको छ । अघिल्लो दिन प्रतिकिलो अधिकतम १३० रुपैयाँ रहेको भारतीय प्याज

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 482 पटक पढिएको
  • साताको अन्तिम दिन सेयर बजार ३६ अंक घट्यो, कारोबार पनि खुम्चियो

    काठमाडौं- साताको अन्तिम कारोबार दिन आज सेयर बजार ३६.८३ अंकले घटेको छ । सेयर बजारसँगै कारोबार रकम पनि थप खुम्चिएको छ । अघिल्लो दिन १३ अर्ब ७२ करोडको कारोबार भएकोमा आज १२ अर्ब २४ करोडमा खुम्चियो । आज ५३ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो । २ कम्पनीको शेशेयर मुल्य स्थिर रह्यो । आज सबै क्षेत्रका सूचक घटेका छन् ।बैंकिङ १.८, विकास बैंक १.१, फाइनान्स ०.९, होटल तथा पर्यटन १.८, हाइड्रोपावर ०.१, लगानी ०.९, जीवन बीमा २.०, उत्पादन ०.९, माइक्रोफाइनान्स २, निर्जीवन बीमा १.८, व्यापार ०.६ तथा अन्य ०.५ प्रतिशत घटे ।कुथेली बुकरी स्मल हाइड्रोपावर तथा रसुवागढी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मिडसो

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 488 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.