काठमाडौं–साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा रु ६०० ले घटेर रु १ लाख ५२ हजार ३ सयमा कारोबार हुँदैछ । शुक्रबार यसको मूल्य प्रतितोला रु १ लाख ५२ हजार ९ सय रहेको थियो । 

त्यसैगरी‚ चाँदीको मूल्य पनि तोलामा रु २५ ले घटेर आजका लागि रु १ हजार ७९५ तोकिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला रु १ हजार ८२० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २‚५०४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।