काठमाडौं–बिहीबार प्रतितोला एक सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँ घटेको छ ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको हो । बिहीबारको तुलनामा आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार हुँदैछ ।

OM Sai Pathibhara Hospital

त्यस्तै, बिहीबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा किनबेच भइरहेको छ, जसले अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँको गिरावट देखाएको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।