काठमाडौ- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब निजी क्षेत्र गुनासोबाट बाहिर निस्किनुपर्ने बताएका छन् । 

आफूहरुको गुनासो सम्बोधन गर्न सरकारले पहल नगरेको भन्ने निजी क्षेत्रको आरोपपछि अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन् । 

OM Sai Pathibhara Hospital

आईतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै पौडेलले सरकार निजी क्षेत्रको समस्या सम्बोधन गर्नका तयार रहेको जिकिर गरे । 

सरकार समस्या सम्बोधन गर्न तयार नभएको भए मात्रै गुनासोको प्रयोजन सही हुने अर्थमन्त्रीको तर्क थियो । 

अहिलेको सरकार निजी क्षेत्रको समस्या सुन्न, समाधान गर्न तयार रहेको भन्दै पौडेलले यसको प्रमाण सरकारको पछिल्ला गतिविधिले प्रमाणित गरिसकेको बताए । 

सरकारले यदी सुनेको नपुगेको भए अझै सुन्न तयार रहेको र सरकारले गरेको सम्बोधन पुगेको छैन भने अझ उचाईबाट सम्बोधन गर्न तयार रहेको पौडेलको भनाई थियो ।  

उनले निजी क्षेत्रलाई गुनासोको तहबाट बाहिर निस्किएर लगानी, उत्पादन, रोजगारीको क्षेत्रमा योगदान दिन आग्रह गरे ।