काठमाडौं–कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य विवरण सार्वजनिक गरेको छ । नेपाली ठूलाे गोलभेडाको न्यूनतम मूल्य ५० रुपैयाँ प्रतिकिलो रहेको छ भने अधिकतम मूल्य ६० रुपैयाँसम्म पुगेको छ । औसत मूल्य भने ५५ रुपैयाँ प्रतिकिलो छ ।

भारतीय आलुको मूल्य न्यूनतम ५६ रुपैयाँ देखि अधिकतम ६० रुपैयाँ प्रतिकिलो रहेको छ । फलफूलतर्फ‚ फूजी स्याउको औसत मूल्य ३१० रुपैयाँ प्रतिकिलो रहेको छ भने नेपाली आँपको औसत मूल्य २७६.६७ रुपैयाँ प्रतिकिलो छ । थप हेर्न यहाँ क्लिक गर्नुहोला