काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५३.६३ अङ्कले घटेर २६९५.९३ विन्दुमा झरेको छ । 

३३७ कम्पनीका २ करोड ६२ लाखभन्दा बढी कित्ता शेयर कारोबार हुँदा कुल रु १० अर्ब ५१ करोडको कारोबार भयो । 

OM Sai Pathibhara Hospital

म्युचुअल फण्डबाहेक सबै समूहका उपसूचकमा गिरावट आएको छ । वित्त समूहमा ३.४४ प्रतिशतको सबैभन्दा ठूलो गिरावट देखियो । सुपरमाई हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाईड्रोपावर र माईखोला हाईड्रोपावरमा नकारात्मक सर्किट लागेको छ । 

कारोबार रकममा गुडविल फाइनान्स लिमिटेड अगाडि रहेको छ‚ भने सानिमा लार्ज क्याप फण्डमा सबैभन्दा बढी कित्ता कारोबार भएको छ ।