काठमाडौं–कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । यस आधारमा, बजारमा सबैभन्दा महँगो तरकारीमा पार्सले रहेको छ । यो सिजनमा पार्सले प्रति किलोग्राम रू १,५०० सम्ममा बिक्री भइरहेको छ, जुन बजारमा उपलब्ध अन्य तरकारीहरूको तुलनामा अत्यधिक महँगो हो । सिताके च्याउ पनि महँगोमा पर्छ, जसको मूल्य प्रति किलोग्राम एक हजारसम्म तोकिएको छ । 

त्यस्तै, बजारमा सबैभन्दा सस्तो तरकारीको रूपमा लोकल गोलभेडा सानो छ, जसको मूल्य प्रति किलोग्राम २० रुपैयाँदेखि २६ रुपैयाँ मात्र छ । समितिका अनुसार प्याज केही महँगिएको छ । अघिल्लो दिन प्रतिकिलो अधिकतम १३० रुपैयाँ रहेको भारतीय प्याज आज १३५ रुपैयाँ पुगेको छ । चाइनिज प्याज किलोको १२५ रुपैयाँ छ । गाजर, मुला, टाटे सिमी, घिरौंला, चिचिण्डो लगायत तरकारीको भाउ अघिल्लो दिनकै बराबर छ । थप मूल्यसूची हेर्न यहाँ क्लिक गर्नुहोस्