आर्थिक

    Showing १६१-१७० of ४,५१९ items.
  • हरियोबाट रातोमा नेप्से, अन्तिम कारोबारमा लगानीकर्ता झस्किए

    काठमाडौं । साताको पहिलो कारोबार दिन उत्साहजनक सुरुआत गरेको सेयर बजार अन्तिम समयसम्म टिक्न सकेन। कारोबारको बीचमै उच्च विन्दु छोएको नेप्से अन्त्यमा तीव्र दबाबमा पर्दै ३३.२८ अंकले घटेर २७०१ बिन्दुमा झरेको छ। बजार खुलेपछि खरिदकर्ता सक्रिय देखिए पनि दिउँसोपछि बिक्री चाप ह्वात्तै बढ्दा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लाग्यो। कुल २७५ कम्पनीमध्ये २३५ कम्पनीको मूल्य घट्दा केवल ३५ कम्पनीको मूल्य बढ्न सफल भए भने ५ कम्पनी स्थिर रहे।बजार घटे पनि कारोबार रकम भने उल्लेखनीय रूपमा बढ्यो। अघिल्लो दिनको ४ अर्ब ६७ करोड रुपैयाँको तुलनामा सोमबार ६ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जसले बजारमा सक्रियत

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ३७९ पटक पढिएको
  • अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले तान्दै ३० अर्ब रुपैयाँ

    काठमाडौं । बैंकिङ प्रणालीमा लगानी हुन नसकी ठूलो परिमाणमा रकम थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारबाट फिर्ता तान्ने निर्णय गरेको छ। अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले १७९ दिनका लागि निक्षेप संकलन उपकरण जारी गरेको हो।राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा खर्बौँ रुपैयाँ लगानीयोग्य पुँजी निष्क्रिय रहेकाले मौद्रिक व्यवस्थापनअन्तर्गत यो रकम प्रशोचन गर्न लागिएको हो। निक्षेप संकलनको बोलकबोल सोमबार नै हुनेछ।इच्छुक वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यस निक्षेपको साँवा र ब्याज आगामी माघ ८ गते भु

    • प्रकाशित मितिः साउन ११, २०८३
    • २४० पटक पढिएको
  • आवश्यकताभन्दा बढी सिलिन्डर नथुपार्न उद्योगीको अपिल

    काठमाडौं । बजारमा एलपी ग्यास अभाव भएको चर्चा चलिरहेका बेला ग्यास उद्योगीहरूले आपूर्ति नघटेको स्पष्ट गर्दै उपभोक्तालाई अनावश्यक रूपमा जगेडा ग्यास नराख्न आग्रह गरेका छन्। उद्योगीका अनुसार कृत्रिम माग बढेकाले केही स्थानमा अस्थायी अभाव देखिएको हो।नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्द ले भारतबाट आउने ग्यासको परिमाणमा कुनै कमी नआएको दाबी गर्दै अहिले पनि दैनिक करिब १०० बुलेट ग्यास नेपाल भित्रिरहेको जानकारी दिए। उनका अनुसार समस्या उत्पादन वा आयातमा होइन, एकैपटक धेरै उपभोक्ताले जगेडाका सिलिन्डर भर्न थालेपछि वितरण प्रणालीमा दबाब परेको हो।उद्योगीहरूले आवश्यकताभन्दा बढी ग्यास घरमा थुपार्ने प्र

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ४१४ पटक पढिएको
  • दूध बेच्ने किसानलाई आर्थिक साथ, गण्डकीले बाँड्यो ५ करोडभन्दा बढी अनुदान

    गण्डकी । दूध उत्पादनलाई प्रोत्साहन दिन गण्डकी प्रदेश सरकारले ११ हजार २३२ दुग्ध उत्पादक किसानलाई ५ करोड ५८ लाख रुपैयाँभन्दा बढी अनुदान वितरण गरेको छ। आर्थिक वर्ष २०८२÷८३ मा सहकारीमार्फत किसानको खातामा यो रकम पुगेको हो।प्रदेश सरकारले प्रतिलिटर दूधमा ५ रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ। यो सुविधा मापदण्ड पूरा गरेका दुग्ध सहकारीमार्फत किसानसम्म पु¥याइएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ।अनुदान पाउन सहकारीले दैनिक कम्तीमा २०० लिटर र वर्षमा २०० दिन दूध कारोबार गरेको हुनुपर्ने व्यवस्था छ। त्यस्तै, किसानले पनि वर्षमा कम्तीमा ३० दिन सहकारीमार्फत दूध बिक्री गरेको हुन

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ३०४ पटक पढिएको
  • ‘गौंथली’ को आक्रामक व्यापार, १० दिनमै ७ करोड ४२ लाख ग्रस कलेक्सन

    काठमाडौं / साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ ।प्रदर्शनको १० औं दिनसम्म आइपुग्दा ‘गौंथली’ ले करोडौंको व्यापार गर्दै यस वर्षकै सर्वाधिक सफल चलचित्रको दौडमा आफूलाई बलियो रूपमा उभ्याएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क ‘सिनेपाः बक्सअफिस’ प्रणालीका अनुसार साउन १ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले १० दिनको अवधिमा ७ करोड ४२ लाख ७३ हजार ८ सय ५९ रुपैयाँ १४ पैसा ग्रस कलेक्सन गरेको छ ।प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको व्यापारिक आँकडासँगै चलचित्र हेर्ने दर्शकको संख्या पनि निकै उत्साहजनक द

    • प्रकाशित मितिः साउन ११, २०८३
    • २४९ पटक पढिएको
  • सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

    काठमाडौं / सानिमा बैंक लिमिटेडको वितरणयोग्य नाफा उल्लेख्य रूपमा बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब १० करोड रुपैयाँभन्दा बढी थियो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३४ दशमलव ६६ प्रतिशतले वृद्धि भएको हो । बैंकको खुद नाफामा समेत उल्लेख्य सुधार देखिएको छ ।अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी खुद नाफा

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ३६९ पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सयले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १०० सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको छ । आइतबार ४ हजार ४१० सयमा कारोबार भएको भएको थियो । 

    • प्रकाशित मितिः साउन ११, २०८३
    • २३६ पटक पढिएको
  • पहिलो सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सञ्चालनमा

    काठमाडौं। नेपालको सडक पूर्वाधारमा नयाँ इतिहास लेखिएको छ। करिब सात वर्षको निर्माण, अनेक चुनौती र पटक–पटकको समयसीमा विस्तारपछि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अन्ततः औपचारिक रूपमा सञ्चालनमा आएको छ। तर सुरुमै सबै सवारीसाधनलाई भने प्रवेश दिइएको छैन। परीक्षण अवधिमा एम्बुलेन्स, दमकल र अत्यावश्यक सेवाका सवारी मात्रै सुरुङभित्र गुड्नेछन्। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानका राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग–जाइका अध्यक्ष डा.तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरेका हुन्। करिब ८० महिनाको निर्माण यात्रा पार गरेको यो परियोजनालाई नेपालको आधुनिक सडक पूर्वाधार व

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ३०२ पटक पढिएको
  • भारतबाट बिजुली आयात शून्य, आन्तरिक उत्पादनले धान्दै विद्युत माग

    काठमाडौं— देशको विद्युत् प्रणालीले आन्तरिक उत्पादनबाटै माग धान्दै अतिरिक्त ऊर्जा भारततर्फ निर्यात गरिरहेको छ । नेपाल प्राधिकरणका अनुसार हाल साँझको सर्वाधिक माग (पिक आवर) ३ हजार २४८ मेगावाट पुगेको छ भने दैनिक कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा रहेको छ ।यस अवधिमा भारतबाट कुनै पनि विद्युत् आयात गर्न नपरेको र उल्टै २२ हजार १०२ मेगावाट घण्टा बराबरको बिजुली निर्यात भइरहेको प्राधिकरणले जनाएको छ । बिजुली उत्पादनतर्फ निजी क्षेत्रको योगदान सबैभन्दा ठूलो छ ।प्राधिकरणको विद्युत् प्रणालीमा निजी ऊर्जा उत्पादकहरूले ४७ हजार ५६३ मेगावाट घण्टा बराबर ऊर्जा आपूर्ति गरिरहेका छन् । प्राधिकरणका आफ्नै आयोजनाबाट

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ५८६ पटक पढिएको
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौं—  नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०६ रुपैयाँ २६ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८९ रुपैयाँ २२ पैसा तोकिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ५७४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.