आर्थिक

    Showing 161-170 of 3,237 items.
  • सोल्टी होटलको ५१ औँ वार्षिक साधारण सभाबाट दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्ष नियुक्त

    काठमाडौं— सोल्टी होटल लिमिटेडको ५१ औँ वार्षिक साधारण सभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ । सभाबाट नयाँ सञ्चालक समिति गठन हुनुका साथै दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् ।पाँचतारे डिलक्स सोल्टी होटल लिमिटेडले विगत ६० वर्षभन्दा बढी समयदेखि नेपालको पर्यटन क्षेत्रको विकासमा योगदान दिँदै आएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणसहितको एकीकृत आर्थिक विवरण सर्वसम्मत रूपमा पारित गरेको छ ।साथै, सोही आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने र १५५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पनि पारित भएक

    • प्रकाशित मितिः पुस १, २०८२
    • 334 पटक पढिएको
  • बाबा बैजुनाथ चिनी मिलले २० लाख क्विन्टल उखु क्रसिङ गर्ने

    रौतहट— रौतहटमा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिज (चिनी मिल) ले यस बर्ष २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ ।गत वर्ष पौने १३ लाख क्विन्टल उखु क्रसिङ गरेको यो मिलले यस वर्ष १८ देखि २० लाख क्विन्टलसम्म उखु क्रसिङ गर्ने लक्ष्य राखेको हो ।दैनिक २० हजार क्विन्टल उखु क्रसिङ क्षमता रहेकोमा यस वर्ष त्यसलाई बढाएर २५ हजार क्विन्टल पु¥याइएकाले लक्ष्य अनुसार उखु क्रसिङ हुने मिल संचालक बैजु प्रसाद बाबराले बताए । उनका अनुसार डोंगाको पूजा गरिसकेकाले अबको एक हप्तापछि मिलबाट उखु क्रसिङ हुनेछ ।कटहरिया नगरपालिका–८ डुमरियामा सञ्चालित सो उद्योगमा रौतहट सहित छिमेकी जिल्लाका किसानले पनि उखु

    • प्रकाशित मितिः पुस १, २०८२
    • 354 पटक पढिएको
  • सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

    काठमाडौं— ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोशी मरिनको १ गरी २२ वटा रुग्ण ठेक्का तोडिएको हो । भेरी बबईको १ करोड ७६ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ । जनकपुरधाम कार्यालयअन्तर्गतका १३ करोड १७ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आ

    • प्रकाशित मितिः पुस १, २०८२
    • 344 पटक पढिएको
  • पहिलो चार महिनामा विप्रेषण ३१.४ प्रतिशतले वृद्धि, बाह्य सूचक बलियो

    काठमाडौं— चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालमा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले मात्र बढेको थियो ।अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । चालू आवको कात्तिकसम्म डलरमा विप्रेषण २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ, जबकि अघिल्लो वर्ष यस अवधिमा यस्तो वृद्धि ८.२ प्रतिशत

    • प्रकाशित मितिः पुस १, २०८२
    • 353 पटक पढिएको
  • धनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा

    जनकपुर— धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा– १ मा पहिलो बायो प्लास्टिक उद्योग सञ्चालनमा आएको छ ।जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले सोमबार उक्त उद्योगको उद्घाटन गरेका छन् । उद्योगको मेसिनरी पार्टसमा मात्रै ३ करोड लगानि गरिएको उद्योगका सञ्चालक लक्ष्मी महासेठले जानकारी दिए ।उनले वातावरण प्रदुषण कम गर्न यस उद्योगबाट उत्पादन हुने प्लास्टिकका झोलाले ठूलो भूमिका निर्वाह गर्ने बताए । उनले अन्य प्लास्टिकको झोलाको तुलनामा यस उद्योगबाट उत्पादन हुने झोला खुला ठाउँमा राख्दा वा प्रयोग गरेर पानी अथवा भुँईसँग सम्पर्कमा आएपछि स्वतः ९० दिनमा डिकम्पोज हुने बताए ।उनले यस उद्योगबाट उत्पादन हुने बायो प्

    • प्रकाशित मितिः पुस १, २०८२
    • 331 पटक पढिएको
  • सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार सात सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार भने ३ हजार ८ सय ७० रुपैयाँमा कायम भएको थियो ।

    • प्रकाशित मितिः पुस १, २०८२
    • 171 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८२ रुपैयाँ र बिक्रीदर १८२ रुपैयाँ ७५  पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ २० पैसा र बिक्रीदर १०५ रुपैयाँ

    • प्रकाशित मितिः पुस १, २०८२
    • 166 पटक पढिएको
  • २७ औं पोखरा सडक महोत्सव २०८२ पौष १३ गतेदेखि हुने

    जनकपुर— २७ औं ‘पोखरा सडक महोत्सव २०८२’ यहि पौष १३ देखि १७ गत्तेसम्म हुने भएको छ । जनकपुरधाममा सोमबार पत्रकारसम्मेलन गर्दै आयोजक संस्था रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान) पोखराले विगत २६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको पोखरा सडक महोत्सवलाई यस वर्ष पनि थप उत्साहका साथ आयोजना गर्न लागेको जानकारी दिएको छ ।महोत्सव फेवा तालको किनार लेकसाइडको करिब साढे तीन किलोमिटर क्षेत्रमा हुने आयोजक संस्था रेबानले जनाएको छ । यस वर्ष महोत्सवको मुख्य आकर्षणका रुपमा नेपालका विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक झाँकी, मौलिक भेषभुषा र परम्परागत नृत्यहरुको प्रदर्शन रहेको छ । त्यस्तै सडकमै खाऔं भन्ने नाराला

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 356 पटक पढिएको
  • केन्टद्वारा आईसीसी टी–२० विश्वकप २०२६ लक्षित विशेष उपहार योजना सार्वजनिक

    काठमाडौं— विश्वकै अग्रणी पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ ।“म्याच रेडि विथ पेवर वाटर” नारासहित ल्याइएको यस योजनामार्फत केन्टका ग्राहकहरूले शुद्ध पानीसँगै अविस्मरणीय अन्तर्राष्ट्रिय क्रिकेट अनुभव जित्ने अवसर पाउनेछन् । यस योजनाअन्तर्गत केन्टका छनोट गरिएका वाटर प्युरिफायर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले मुम्बईको ऐतिहासिक वानखेड़े स्टेडियममा आयोजना हुने नेपाल र इंग्ल्याण्डबीचको आईसीसी टी–२० विश्वकप खेलको निःशुल्क टिकट प्राप्त गर्नेछन्। ।साथै, विजेताले ४ रात ५ दिनको मुम्बई भ्रमण प्याकेज स

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 360 पटक पढिएको
  • सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं— सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।बैंकले उक्त आईपीओ मंसिर २५ गतेदेखि खुला गरेको थियो । बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबरको १७ करोड २३ लाख ८८ हजार रुपैयाँको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १७ लाख २३ हजार ८८० कित्ता साधारण शेयर जारी गरिँदैछ ।कुल निष्कासित शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 354 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा