काठमाडौं— नेपाल सरकार र एसियाली विकास बैंकबीच सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरण सेवा वितरण कार्यक्रमको सुदृढीकरणको उपकार्यक्रम २ का लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच उक्त हस्ताक्षर गरिएको हो । एसियाली विकास बैंकद्वारा उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई १०० मिलियन अमेरिकी डलर बराबरको नीतिमा आधारित ऋण सहायता उपलब्ध गराईएको छ ।प्रस्तुत ऋण सहायताको ग्रेस अवधि ८ वर्ष सहित भुक्तानी अवधि २४ वर्षको हुनेछ । सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहेको प्रस्तुत ऋणको ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत हुने र त्यस पश्चात १.५ प्रतिशत ब्याजदर
ललितपुर— प्रधानमन्त्री शुसीला कार्कीले ललितपुर महानगरपालिका उमेरका हिसाबले मात्र होइन, कला र सम्पदाका दृष्टिले पनि जेठो रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले पाटन आफैंमा नेपाली सभ्यता र सौन्दर्यताको जीवित संग्रहालय भएको उल्लेख गरिन् ।उनले यहाँका प्रत्येक वास्तु सम्पदामा देवत्व मुस्कुराइरहेको अनुभूति हुने बताउँदै पूर्खाले छाडेर गएका सम्पदामा श्रद्धा, साधना र संस्कृतिको सजीव अभिव्यक्ति रहेको भनाइ राखिन् । यहाँका मन्दिर, विहार र ढुंगेधाराका प्रत्येक इँटा, पत्थर र धातुका कणमा विश्वास र आस्था मिसिएको उनको भनाइ थियो ।उन
काठमाडौं— तोकिएको समयावधिभित्र सम्पन्न हुन नसकेर वर्षौँदेखि अलपत्र परेका विकास निर्माणसम्बन्धी ठेक्काहरूको गलत व्यवस्थापनका कारण निर्माण उद्योग गम्भीर सङ्कटमा परेको निर्माण व्यवसायीहरूले बताएका छन् ।निर्माण व्यवसायीहरूका अनुसार विगत १५ वर्षदेखि ठेक्काहरू सम्पन्न नहुनुको मुख्य कारण व्यवसायीको अकर्मण्यता होइन, बरु सरकारी कार्यालयहरूको निर्णयहीनता, राजनीतिक हस्तक्षेप, नेतृत्वको निरन्तर परिवर्तन र बजेटको अभाव हो । सरकार परिवर्तनसँगै प्रोजेक्ट म्यानेजर, महानिर्देशक र सचिव परिवर्तन हुने, योजनाको प्राथमिकता फेरिने प्रवृत्तिका कारण ठेक्काहरू अलपत्र परेको उनीहरूको दाबी छ ।जेनजी आन्दोलन पश्चात बनेको चुन
काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार सुन ७ सय रुपैयाँले बढेको हो ।सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ५९ हजारमा कारोबार भइरहेको सुन आज बढेर प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।त्यस्तै चाँदीको मूल्य आज ७ सय २४ रुपैयाँले बढेको छ । जसले गर्दा आज चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।
कञ्चनपुर— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर व्यारेजबाट नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्न भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन् ।राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर व्यारेजको बुधबार बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले पानी छोड्ने विषयमा भारतीय पक्षसँग दुई देशका संयन्त्र एवम् द्धिपक्षीय भेटमा निरन्तर छलफल गरिनुका साथै पत्राचारसमेत भइरहेको उल्लेख गरे ।कञ्चनपुरका सुख्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ
काठमाडौँ। सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा रु ७०० सय र त्यतिनै परिमाणको चाँदी रु १७० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु चार हजार ५५ निर्धारण भएको छ ।मङ्गलबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५९ हजार निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ८८५ मा कारोबार भएको थियो ।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।
सर्लाही— सर्लाहीको गोडैता नगरपालिका – ४, रोहुवास्थित उखुबालीमा भएको भीषण आगलागीबाट पीडित किसानलाई तत्काल आर्थिक राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।आगलागीबाट ठूलो क्षति भएपछि सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा स्थानीय किसानले नेपाल सरकार र मधेश प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।काठमाडौंमा बसोबास गर्दै आएका सर्लाहीका सामाजिक अभियन्ता नितेश राउतले मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै आगलागीबाट पीडित किसानलाई तुरुन्त राहत दिन माग गरेका हुन्।ज्ञापनपत्रमा पीडित किसानलाई आर्थिक सहायता उपलब्ध गराउनुपर्ने, बीउ, मल तथा कृषि उपकरणसहित आपतकालीन कृषि प्य
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ८६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८३ रुपैयाँ ३१ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर
काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को बिन्दुमा कायम भएको छ ।आज ३२५ कम्पनीको ७८ लाख चार हजार ४५ कित्ता शेयर ५५ हजार ७८ पटक खरिदबिक्री हुँदा तीन अर्ब २९ करोड ४२ लाख २७ हजार ११२ बराबरको कारोबार भएको छ । आजको कारोबारमा व्यापार समूह बाहेक सबै समूहको उपसूचक बढेको छ ।स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नारायणी डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने श्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड रहेको छ ।कारोबार र कारोबार रकमका
काठमाडौं— नेपाल राष्ट्र बैंकले आईड्रिम टेक्नोलोजिज प्रा. लि. लाई विदेशमा शाखा कार्यालय सञ्चालन गर्न आवश्यक रकम इक्विटीको रूपमा पठाउन स्वीकृति दिएको छ ।राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागअन्तर्गतको विदेशी विनिमय सहजिकरण एकाइले २०८२ असार २९ गते पत्रमार्फत उक्त स्वीकृति प्रदान गरेको हो । पत्रअनुसार कम्प्युटर तथा सम्बन्धित सेवा प्रदान गर्ने उद्देश्यले नेपालमा दर्ता भई सञ्चालनमा रहेको आईड्रिम टेक्नोलोजिज प्रा. लि. ले अमेरिकाको डेलावेयर राज्यमा स्थापना गरेको शाखा कम्पनी आईड्रिम एलएलसीमा इक्विटी लगानीका रूपमा अमेरिकी डलर पठाउन अनुमति पाएको छ ।नेपाल राष्ट्र बैंकले आवश्यक कागजातहरू प्राप्त भए
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.