अपराध

    Showing 941-950 of 2,232 items.
  • छ लाख रुपैयाँ बराबरको धनमाल चोरी

    काठमाडौं— टोखा नगरपालिका-३ सूर्य दर्शन हाईट डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-७ घर भएका ३६ वर्षीय प्रकाश श्रेष्ठको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगदसमेत गरी करिब ५ लाख ८४ हजार रूपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 464 पटक पढिएको
  • जेनजी आन्दोलन:ओली-लेखकसहितका ९ जाहेरी तामेलीमा

    काठमाडौं— जेनजी आन्दोलनको घटनालाई जोडेर परेका जाहेरी मध्ये ९ वटा जाहेरी तामेलीमा राखिएको छ ।जिल्ला प्रहरी प्रहरी काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार विभिन्न कसुर दाबी गर्दै प्रहरीमा आएका ९ जाहेरी तामेलीमा राखिएको हो ।जसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, काठमाडौं महानरपालिकाका मेयर बालेन शाह, हामी नेपालीका संस्थापक सुदन गुरुङलगायत विरुद्ध परेका गरी ९ वटा जाहेरी तामेलीमा राखिएको हो ।तत्काल प्रमाणअनुसार अनुसन्धान गरेर मुद्दा चलाउनुपर्ने नदेखिएपछि प्रहरीको सिफारिसमा सरकारी वकिल कार्यालयले निर्णय जाहेरी तामेलीमा राखिएको हो ।प्रहरीमा आएका १०४ जाहेरी भन

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 509 पटक पढिएको
  • विराटनगरमा बिहानै ठूलो आगलागी, प्लास्टिक फोहोरको डंगुरबाट शुरू भएको आशंका

    विराटनगर— मोरङको विराटनगर–७ मा मंगलवार बिहान सरस्वती प्लास्टिक उद्योग पछाडिको क्षेत्रमा आगलागी हुँदा स्थानीयवासी तनावमा परेका छन्। जलजला मोडनजिक थुपारिएको प्लास्टिक फोहोरमा अचानक आगो भड्किएको प्रहरीले जनाएको छ।फोहोर जलाउने क्रममा आगो अनियन्त्रित बन्दै डंगुरभरि फैलिएको प्रारम्भिक आशंका गरिएको छ। तीव्र गतिमा फैलिन थालेपछि आगो आवासीय क्षेत्रतर्फ नलागोस् भनेर दमकल टोलीले लगातार नियन्त्रण प्रयास गरिरहेको विराटनगर महानगरपालिकाले जनाएको छ।घटनास्थलमा महानगरका दमकल, प्रहरी र सुरक्षाकर्मी तैनाथ छन्। अहिलेसम्म क्षतिको विस्तृत विवरण खुल्न बाँकी छ भने आगो नियन्त्रणमा आउन केही समय लाग्ने अनुमान गरिएको छ।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 475 पटक पढिएको
  • चितवनमा दुर्घटनामा वृद्धि :गत साउनदेखि कात्तिकसम्म २९ जनाले ज्यान गुमाए

    चितवन। गत चार महिनामा जिल्लामा भएका सवारी दुर्घटनामा २९ जनाले ज्यान गुमाएका छन् । यसमध्ये २१ पुरुष छ जना महिला र बालबालिका दुई जना रहेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा भएका दुई सय २४ दुर्घटनामा उनीहरूको ज्यान गएको हो । यस्तै ती दुर्घटनामा परी चार सय ५६ जना घाइते भएका छन् । यसरी दुर्घटनामा पर्नेमा सबैभन्दा बढी दुईपाङ्ग्रे सवारीसाधन छन् ।उहाँका अनुसार चार महिनामा भएको सवारी दुर्घटनामा तीन सय ३३ वटा सवारीसाधन परेका छन् । तीमध्ये दुई सय एक मोटरसाइकल छन् । यस्तै जिप, कार ३४, शारीरिक शक्तिले चल्ने ३० ,

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 330 पटक पढिएको
  • काठमाडौँबाट लुटिएका हतियारसहित तीन जना झापामा पक्राउ

    सुरुङ्गा (झापा)। जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट लुटिएका दुई थान पेस्तोलसहित प्रहरीलले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र २० राउण्ड गोलीसमेत बरामद गरेको छ ।पक्राउ पर्नेमा दमक–६ प्रशान्तिटोलका २९ वर्षीय विश्व लिङ्देन, दमक–९ बस्ने २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली–४ आइतबारे बस्ने ३० वर्षीय पवन हाङसुङ्वा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।गए राति लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट प्रहरी नायब निरीक्षक कुमार सोमेस लामिछानेको कमाण्डमा खटिएको टोली र दमक इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको स

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 316 पटक पढिएको
  • श्रोत नखुलेको १५ लाख रकम सहित पटेल पक्राउ

    रौतहट— पर्साको पकाहामैनपुरबाट श्रोत नखुलेको १५ लाख रकम  सहित प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । पकाहामैनपुर गाउँपालिका वडा नं.१ मा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले  जाँचगर्ने क्रममा रकम सहित पक्राउ गरेको हो । पकाहामैनपुर गाउँपालिका वडा नं.१ धोरे बस्ने ३४ वर्षीय अवधेश पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसारब बिआर२२ एफ४१२६ नम्बरको मोटरसाइकलको लेग गार्डमा पंकज मशाला लेखिएको झोलाभित्र कालो प्लाष्टिकमा बेरिएको अवस्थामा रकम बरामद भएको हो ।मोटरसाइकल सहित उनलाई नियन्त्रणमा लि

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 226 पटक पढिएको
  • लागूऔषधसहित दुईजना पक्राउ

    काठमाडौँ। प्रहरीले काठमाडौँ महानगरपालिका–२६ केशरमहल चोकबाट अवैध लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दोलखा घर भई हाल काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय प्रकाश श्रेष्ठ तथा दोलखा घर भई काठमाडौँ बुढानिलकण्ठ बस्ने २८ वर्षीय देबेन्द्र लामा रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले बा.३६ प ७८८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।”पक्राउ परेकाहरुको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध डाइजेपाम २० एम्पुल, फेनारगन २३ एम्पुल र बुप्रेनोर्फिन २

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 353 पटक पढिएको
  • सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ

    काठमाडौँ। जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी रहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो । प्रहरीले एक जनाको भने पहिचान खुलाएको छैन । अदालतमा आगजनी गर्ने अन्य केहीको पहिचान भइसकेको जानकारी दिँदै उहाँले उनीहरुलाई पनि छिट्टै कानुनी दायरामा ल्याइने बताउनुभयो । अदालतमा आगजनी गर्नेमाथि छानबिन गरी कारबाही गर्न सर्वोच्चले परिसरमा जाहेरी दिएको थियो । परिसरमा जेनजी आन्दोलनका

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 351 पटक पढिएको
  • नयाँ बसपार्कमा शव प्रकरणः सापटी लिएको ५ सय रुपैयाँ फिर्ता नगरेपछि हत्या गरेको खुलासा

    काठमाडौं— काठमाडौँको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्कमा शनिवार एउटा शव भेटियो । अनुसन्धान अधिकृतहरूले सुरुमा शव तेस्रो लिंगीको भएको भनिए पनि सो शव महिलाको भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले प्रारम्भिक जाँच पश्चात् शव महिलाको भएको अनुसन्धान अधिकृतहरूलाई जानकारी गराएका छन् । पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन ।सो महिलाको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका सूर्य मगर रहेको प्रहरीको भनाइ छ ।  शनिबार नयाँ बसपार्क नजिकैको सडकमा तन्नाले पोको पारेर फालिएको शवको पहिचान खुलाउने प्रयास भइरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 534 पटक पढिएको
  • एनपीएल: सट्टाबाजी गर्ने आठ भारतीय नागरिक पक्राउ

    काठमाडौं— एनपीएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ८ जना भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने भारत आन्द्रा प्रदेश प्रकासम पामुर गाउँ घर भएका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन् ।नेपाल क्रिकेट एशोसियसन (क्यान) द्धारा मंसिर १ गते देखि मंसिर २७ गते सम्म सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संकरणको क्रिकेट प्रतियोगितामा सहभागी भई बेताक

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 578 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.