रौतहट— पर्साको पकाहामैनपुरबाट श्रोत नखुलेको १५ लाख रकम  सहित प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । 

पकाहामैनपुर गाउँपालिका वडा नं.१ मा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले  जाँचगर्ने क्रममा रकम सहित पक्राउ गरेको हो । पकाहामैनपुर गाउँपालिका वडा नं.१ धोरे बस्ने ३४ वर्षीय अवधेश पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसारब बिआर२२ एफ४१२६ नम्बरको मोटरसाइकलको लेग गार्डमा पंकज मशाला लेखिएको झोलाभित्र कालो प्लाष्टिकमा बेरिएको अवस्थामा रकम बरामद भएको हो ।

मोटरसाइकल सहित उनलाई नियन्त्रणमा लिइ अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ । सो रकम हुण्डी कारोबारका लागी ल्याइएको हुन सक्ने आशका गरिएको छ । नेपालमा हुण्डी मार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य मानिन्छ ।