अपराध

    Showing 911-920 of 2,232 items.
  • कामबाट निकालिएको रिसमा हत्या, दुई जना पक्राउ

    रौतहट— बारा प्रहरीले पानी फ्याक्ट्रीका प्रबन्धकको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । प्रसौनी गाउँपालिका–६ भलुही चोकस्थित किरण बेभरेज नेपाल प्रालि (पानी फ्याक्ट्री) का प्रबन्धक (म्यानेजर) राम किशोर सिंहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।फ्याक्ट्री नजिकै रातिको समयमा  धारिलो छुरा र इँटाले टाउको थिचेर  हत्या भएको अवस्थामा शुक्रबार बिहान शव फेला परेको थियो । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पर्सा वीरगञ्ज महानगरपालिका–२२ मनियारीका २१ वर्षीय राजन कुमार राम र उनका साथी सोही ठाउँका ३२ वर्षीय प्रमोद साह तुरहालाई पक्राउ ग

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 631 पटक पढिएको
  • ४ किलो लागूऔषध गाजा सहित तामाङ पक्राउ

    रौतहट— रौतहटको चन्द्रनिगाहपुरबाट प्रहरीले लागूऔषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरबाट खटिएको प्र.ना.नि.अनिल जैसवालको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा चार किलो भन्दा बाढी गाजा बरामद गरेको हो । चन्द्रपुर न.पा. ४ सुन्दरबस्ती टोलका ३३ वर्षिय सुमन तामाङ योन्जनलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । आफ्नै घरमा लागूऔषध गाजा लुकाई छिपाई राखि बिक्रीवितरण गर्छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी टोलि सुन्दरबस्ती पुगेको थियो ।आफु सुत्ने कोठाको पलङको घर्रामा रहेको रातो प्लाष्टिकमा र बेच्नलाई राखेको कालो प्लाष्टिकको झोलामा राखेको

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 491 पटक पढिएको
  • प्रभु बैंकका सिइओ शेरचन पक्राउ

    काठमाडौँ । प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शेरचनलाई आइतबार पक्राउ गरेको हो ।एसएसपी शिवकुमार श्रेष्ठका अनुसार शेरचनमाथि बैंकिङ कसुरको आरोप छ।‘बैंकलाई हानिनोक्सानी पुर्‍याएर बैंकिङ कसुर गरेको आरोप छ। अहिले अपरेशन नै चलिरहेको छ। केही समयपछि विवरण आउँछ,’ उनले भने ।’

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 366 पटक पढिएको
  • लागूऔषधसहित रौतहटमा दुई जना पक्राउ

    रौतहट— रौतहट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी सहायक निरीक्षक निलेश पाठकको टोलीले गौर रोड घर भएका ३२ वर्षीय भोला साहलाई चेकजाँच गर्ने क्रममा ब्राउन सुगर फेला परेको हो । साहको पाइन्टको गोजीबाट १९० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले पक्राउ गरेका साहको बयानका आधारमा चन्द्रपुर–६ घर भएका २८ वर्षीय राजेश राईलाई पनि नियन्त्रणमा लिएको हो । पक्राउ परेका साह र राईबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार साह बैंकिङ कसुरका फरार प्रतिवादी हुन् ।  यस घटनाका विषयमा थप अनुसन्धान भ

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 595 पटक पढिएको
  • काठमाडौंमा जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

    काठमाडौं—  गत भदौ २३­ र २४ गते भएको जेनजी प्रदर्शनमा काठमाडौंमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ ।आजसम्म कूल १६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रवक्ता मुक्तिराम रिजालले जानकारी दिए ।चार समूहमा घाइतेहरूको वर्गीकरण गरिएको बताउँदै उनले अतिगम्भीर घाइतेको सूचीमा १५, गम्भीर घाइतेको सूचीमा ५१, मध्यममा ३६ र सामान्य घाइतेको सूचीमा ६७ जना रहेका जानकारी दिए ।उनका अनुसार यही मङ्सिर ५ गते र १२ गते दुई चरणमा छलफल गरी घाइतेहरूको

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 577 पटक पढिएको
  • स्वास्थ्यकर्मीलाई आक्रमण गरेको आरोपमा ४ जना पक्राउ

    चितवन— चितवनको माडी नगरपालिकास्थित बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण प्रकरणमा संलग्न ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईका अनुसार अस्पतालले दिएको निवेदनका आधारमा माडीका किरण खाती, सङ्गम तिवारी, विकास गुरुङ र प्रकाश गौतमलाई पक्राउ गरिएको हो।गत बिहीबार राति करिब १०ः१५ बजे मादक पदार्थ सेवन गरेको अनुमान गरिएका युवाहरूको समूह अस्पताल परिसरमै प्रवेश गरी चिकित्सक र स्वास्थ्यकर्मीमाथि गरिएको कुटपिटका कारण उनीहरू घाइते भएका थिए।बघौडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. धीरञ्जनकुमार साहका अनुसार आक्रमणका क्रम

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 522 पटक पढिएको
  • जनप्रतिनिधि सहित आठ जना जुवाडे पक्राउ

    चितवन— पूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो ।पक्राउपर्नेमा रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदीलगायत छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार पक्राउपर्नेमा कालिका नगरपालिका–६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाई, ५४ वर्षीय सन्तोष लामा, ६६ वर्षीय मोहन दङ्गाल । यस्तै ५५ वर्षीय रामकुमार दङ्गाल, ४९ वर्षीय आशबहादुर गुरुङ र ४८ वर्षीय शिवबहादुर अमगाईं रहेका छन् ।उनीहरुको साथबाट रु ७१ हजार २१० नगदसहित तास बरामद गरिएको छ ।

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 556 पटक पढिएको
  • फरार पाँचजना कैदी धनकुटामा पक्राउ

    धनकुटा— भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएका पाँच कैदी धनकुटामा पक्राउ परेका छन्। फरार समूहमा अदालतले अढाइ वर्षदेखि २५ वर्षसम्मका कैद सजाय सुनाएका कर्तव्यज्यान, अंगभंग र लागूऔषधसम्बन्धी मुद्दाका दोषी समावेश छन्।सबैभन्दा कडा सजाय भोगिरहेका धरान-२० का ३२ वर्षीय सागर राईलाई प्रहरीको टोलीले छथर जोरपाटी गाउँपालिका–२, आलेगाउँबाट पक्राउ गरेको हो। उनी कर्तव्यज्यान मुद्दामा २५ वर्षका लागि सजाय पाएका थिए।धनकुटाकै चौबिसे–२ धारापानीका रमेश माङमी मगरलाई घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको धनकुटाका एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिए। उनी कर्तव्यज्यान, जबर

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 517 पटक पढिएको
  • रूस–युक्रेन द्वन्द्व उग्रः दुवैले ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी

    काठमाडौं— रूस र युक्रेनबीच चलिरहेको कटु द्वन्द्व थप चर्किएको छ । दुवै देशले शनिबार एक–अर्काका ऊर्जा तथा सैन्य पूर्वाधारमाथि ठूलो आक्रमण गरेको दाबी गरेका छन् ।रूसी रक्षा मन्त्रालयका अनुसार शुक्रबार रातिदेखि रूसी सेनाले उच्च–सटीकता भएका हतियार र ड्रोन प्रयोग गर्दै युक्रेनका सैन्य–औद्योगिक प्रतिष्ठान तथा तिनलाई सहयोग गर्ने ऊर्जा संरचनामाथि ठूलो आक्रमण गरेको छ । मन्त्रालयले यसलाई युक्रेनद्वारा रूसी भूभागका नागरिक संरचनामाथि गरिएको आक्रमणको प्रतिउत्तर भएको बताएको छ ।पछिल्ला २४ घण्टामा रूसी सेनाले विभिन्न फ्रन्टलाइनमा युक्रेनी आक्रमण पराजित गरेको, आफ्नो स्थितिलाई मजबुत पारेको तथा युक्रेनका सैन्य हवा

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 535 पटक पढिएको
  • पूर्वसांसद गंगा थारु आफ्नै गाउँका महिलाबाट कुटिइन्

    रुपन्देही— पूर्व सांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छन् । बाटो सम्बन्धि विवादको क्रममा उनीमाथि उनकै गाउँले महिलाहरुले कुटपिट गरेको बताइएको छ ।राप्ती गाउँपालिका–७ मा छलफलको क्रममा थारुले एक महिलामाथि जाइलागेपछि पूर्व सांसद थारुमाथि अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेको स्रोतले बताएको छ ।आफूमाथि कुटपिट तथा हातपात गर्नेहरुलाई कानुनी कारबाहीको माग गर्दै मुद्दा दर्ता गर्ने चेतावनी पूर्व सांसद चौधरीले दिएकी छन् । सांसद बन्नकै लागि कहिले थरुहट पार्टी त कहिले एमाले पार्टीमा पुग्ने उनी अहिले राजावादी आन्दोलनमा सक्रिय छन् ।घटनामा दुवै पक्षबाठ ठाडो निवेदन आएको जनाए ।

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 648 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.