अपराध

    Showing 891-900 of 2,232 items.
  • रोशनी झा मृत्यु प्रकरण : दोषीलाई कारवाहीको माग राख्दै धर्ना

    काठमाडौं— जनकपुरधामकी रोशनी झाको शंकास्पद मृत्यु प्रकरणमा माईती पक्षले दोषीलाई कारवाही गर्न माग गर्दै धर्ना दिएका छन् । उनीहरु बिहीबार (आज) जनकपुरधामको जनक चोकमा धर्नामा बसेका छन् ।रोशनी झाको हत्या भएको दाबी गर्दै धर्नामा बसेका माईती पक्षका नातेदारहरुले रोशनीको हत्यामा संलग्न रहेका थप केही व्यक्तिहरुलाई पक्राउ गर्न माग राखेका छन्  । चिकित्सक डा.धिरज झा, र प्रमाण नष्ट गरेका ससुराली पक्षको नातेदार पर्ने सचिन झा र प्रतिक झालाई हिरासतमा लिई छानबीन गर्न माग गर्दै आफूहरु धर्नामा बसेको मृतक रोशनीकी भाउजु सारथी झाले बताईन ।एक हप्ता अघि बिहीबार राति जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित आ

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 607 पटक पढिएको
  • गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी

    एजेन्सि— इजरायली सेनाले गाजामा बन्दक बनाइएका सबै बन्धकहरुको शव पहिचान गरिसकिएको बिहीबार बताएको छ । सेनाका अनुसार बिहीबार एक जना थाई नागरिकको शव परिवारलाई हस्तान्तरण गर्नको लागि शवको अवशेष पहिचान गरिएको छ ।हाल इजरायल र हमास बीचमा अमेरिकी मध्यस्थतामा युद्धविराम भएको छ भने दुवै पक्षले एक अर्कालाई युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।हमासले इजरायलसँगको युद्धविराम सम्झौताको एक सर्तको रूपमा गाजामा राखेका जीवित बन्धकहरूलाई रिहा गरेता पनि मृतक बन्दीहरूको अवशेष फिर्ता गर्ने प्रक्रिया भने अझै चलिरहेको जनाइएको छ ।पहिचान प्रक्रिया अन्तरगत आईडीएफका प्रतिनिधिहरूले विदेश मन्त्रालयसँग मि

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 431 पटक पढिएको
  • धोबी खोलामा फेला परेको शवको पहिचान, काभ्रेका ललित गिरी रहेको पुष्टि

    काठमाडौं— आज बिहान धोबी खोलामा भेटिएको पुरुषको शव काभ्रे मण्डनदेउपुर–१ का ५० वर्षीय ललित गिरीको रहेको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन कुमार भट्टराईका अनुसार, शंखमूलमा बस्दै आएका गिरी साइकलसहित मदन भण्डारी कलेज नजिक मृत अवस्थामा भेटिएका थिए।उनको शव पहिचान उनकी श्रीमतीले गरेकी प्रहरीले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ।

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 465 पटक पढिएको
  • रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

    सर्लाही— रौतहटमा जेन–जी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक संरचनामा गरिएको तोडफोड आगजनीमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।भदौ २३ र २४ गते जेन–जी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुर तथा त्यहाँ पार्क गरिएका सवारीसाधनहरूमा व्यापक क्षति पुर्याइएको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ पर्नेहरूमा जिल्लाकै चन्द्रपुर नगरपालिका – ४ का ३२ वर्षीय दीपक बस्नेत र वडा – ८ का ४३ वर्षीय हरिनारायण चौधरी रहेका छ

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 360 पटक पढिएको
  • काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

    काठमाडौं— काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् । मदन भण्डारी कलेज नजिक खोलामा एक व्यक्ति मृत फेला परेका हुन् ।प्रहरीका अनुसार मृत व्यक्तिको नजिकै साइकल पनि लडेको देखिन्छ । मृतकको पहिचान खुल्न बाँकी छ ।

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 396 पटक पढिएको
  • क्यानका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध १३ करोड ५७ लाखको भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं—  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी, निर्देशक पदमा कार्यरत मुरारी भण्डारी, उपप्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, विजय थापा गुरुदत्त अधिकारी, र एक इन्जिनियरिङ कम्पनीविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।प्रतिव्यक्ति १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ ७६ पैसा बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।भक्तपुरको नलिन्चोकमा निर्णमा गरिएको हेलिप्याड प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो।

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 539 पटक पढिएको
  • काठमाडौंमा इजरायली पर्यटकमाथि कुटपिट भएको दाबी

    एजेन्सी— काठमाडौंमा सोमबार राति एक इजरायली पर्यटकलाई स्थानीय युवाहरूको समूहले कुटपिट गरेको इजरायलको सञ्चारमाध्यम वाईनेटले समाचार प्रकाशन गरेको छ ।आल्मोग आर्मोजा नाम गरेका २५ वर्षका इजरायलीले हिब्रु भाषा बोलिरहेको सुनेपछि युवाहरूले आक्रमण गरेको दाबी गरेका छन् । होस्टेल जाँदै गर्दा एक समूहले पछाडिबाट रडले प्रहार गरेको उनले बताए ।‘उनीहरूले आइन रडले मेरो टाउकोमा हाने,’ आर्मोजाले भने, ‘म भाग्न सफल नभएको भए नबाँच्ने सम्भावना थियो ।’आर्मोजाका अनुसार, इजरायली भएकैले उनीमाथि आक्रमण भएको हो । ‘म होस्टेल जाने गल्लीमा भएको उनीहरूलाई थाहा थियो र उनीहरूले मबाट केही चोरेनन्,’ उनले भने, ‘पहिलो प्रहारमै म बेहो

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 635 पटक पढिएको
  • गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

    काठमाडौं— गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।अनुसन्धानको लागि शाक्यलाई नियन्त्रणमा लिइएको सीआईबीका एआईजी डा.मनोज केसीले जानकारी दिए । प्रभु बैंकका सीईओ अशोक शेरचनसँग जोडिएको मुद्दामा अनुसन्धानका लागि उनी पक्राउ परेका हुन् ।गत असोज १४ गते शेरचन प्रभु बैंकको नायब कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ पक्राउ परेका थिए । गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले सञ्चालन गरेको गुण एयरलाइन्स अहिले सञ्चालनमा छैन । 

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 566 पटक पढिएको
  • नक्कली नेपाली नोट सहित रौतहटमा तीन जना पक्राउ

    रौतहट— रौतहटबाट नक्कली नेपाली नोट सहित तीन जनालाई  प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरी चौकी मठिया महुलीया र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्टको सयुक्त टोलीले पक्राउ गरेको हो ।  भारत पूर्वी चम्पारण चैनपुर ग्राम पञ्चायत निवासी २३ वर्षीय जय प्रकाश कुमार, रौतहट देवाही गोनाही नगरपालिका–४ निवासी २१ बर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल पक्राउलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।  ईशनाथ नगरपालिका–४ लतमरी सीमाक्षेत्रबाट मंगलबार साँझ पक्राउ गरिएको रौतहट प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ । भारतबाट नेपालतर्फ आउँदै गरेको वीआर ०५ एटी ०९८३ नम्बरको म

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 442 पटक पढिएको
  • कटहरिया नगरपालिका तत्कालिन सात कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    रौतहट— रौतहटको कटहरिया नगरपालिकाले सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याएको आरोपमा तत्कालिन सात  कर्मचारी तथा एक संस्थामाथि अख्तियारले  विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा नगरसभाले बजेट स्वीकृत नै नगरेको अवस्थामै सरिता फाउण्डेसनको नाममा पाँच लाख रुपैयाँको चेक काटिएको र मिलेमतोमा रकम हिनामिना गरिएको पाइएको हो । आयोगले अनियमित तरिकाले भुक्तानी लिई–दिई नगरपालिकालाई ९ लाख ९८ हजार ९२१ रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको ठहर गरेको छ ।कटहरिया नगरपालिका तत्कालिन  निमित्त प्रमुख प्रशासकीय अधिकृत

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 474 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.