अपराध

    Showing 701-710 of 2,232 items.
  • भ्रष्टाचार मुद्दा प्रकरण विशेष अदालतले माधव नेपालसम्बन्धी फाइल झिकाउन आदेश

    काठमाडौं— पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालतले मिसिल झिकाउने आदेश जारी गरेको छ।न्यायाधीश सुदर्शनदेव भट्ट र हेमन्त रावलको बुधबार बसेको संयुक्त इजलासले मुद्दासम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको फाइल झिकाउन आदेश जारी गरेको छ।पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको आरोप लागेको थियो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते मुद्दा दायर गर्दै नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैया

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 507 पटक पढिएको
  • पूर्वमन्त्री गुप्ताको थुनामाथि सर्वोच्चमा सुनुवाइ

    काठमाडौं— पूर्वमन्त्री राजकुमार गुप्ताले विशेष अदालतको भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश बदर गर्न सर्वोच्च अदालतमा निवेदन दायर गरेका छन्। अदालतले निवेदनमा सुनुवाइका लागि पेसी तोकेको छ।पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा गुप्ताले कास्की मालपोत कार्यालयका अधिकारीको सरुवा रोकिदिने र भूमि आयोग सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई र पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई २५ लाख रुपैयाँ घुस लिएको अभियोग लगाएको थियो।गुप्ताले अदालतमा आरोप असत्य भएको दाबी गरे पनि, अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकि

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 561 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ

    विराटनगर— झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ।माघ ४ गते प्राप्त विशेष सूचनाका आधारमा झापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले अर्जुनधारा नगरपालिका–८ का महमद सहवाज र वडा नं. ७ का सुनिल कुमार मण्डललाई १ ग्राम ६४० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको हो।त्यस्तै, मोरङको इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका–९ स्थितबाट सुन्दरहरैचा–१० का योगेन्द्र श्रेष्ठलाई ३७ किलो ३६ ग्राम लागू औषध गाँजासहित पक्राउ गरेको छ।यसैगरी, सुनसरीको प्रहरी चौकी सिसुवाधरमपुरबाट खटिएको टोलीले भोक्राहा नर्सिङ गाउँप

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 461 पटक पढिएको
  • संयुक्त विद्यार्थी संगठनद्वारा रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयको विरोध

    काठमाडौं— संयुक्त विद्यार्थी संगठनहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि चलिरहेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा अभियोगपत्र संशोधनको नाममा मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति कडा विरोध जनाएका छन् ।आइतबार जारी संयुक्त प्रेस वक्तव्यमा विद्यार्थी संगठनहरूले विभिन्न अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा रवि लामिछानेसहित छविलाल जोशी र जीबी राईलगायतका व्यक्तिहरूलाई उन्मुक्ति दिने निर्णय सर्वोच्च अदालत विपरीत तथा राज्यसत्ता र कानूनको चरम दुरूपयोग भएको ठहर गरेका छन् ।गम्भीर वित्तीय अपराधस

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 567 पटक पढिएको
  • बैंक लुट्ने आरोपदेखि पुराना हत्या काण्डसम्म: छबिलाल स्याङ्ताङमाथि उठेका गम्भीर प्रश्न

    पुस २९ गते साँझ घ्याङ्लेखस्थित एसबीआई बैंकमा भएको लुटपाटको खबर केही समयमै सर्वत्र फैलियो। सामाजिक सञ्जालमार्फत सूचना फैलिनासाथ सयौँ स्थानीय लुटेराको खोजीमा सक्रिय बने। लुटपाटपछि जंगलमा केही बोरा रकमसमेत फेला परे। तर बैंक लुटिएको खबर बाहिरिएसँगै बैंक रहेको घरका मालिक छबिलाल स्याङ्ताङमाथि स्थानीयको शंका केन्द्रित भयो। शंकाको कारण थियो उनको विगत।स्थानीयका अनुसार बैंक लुटपाटको मुख्य योजनाकार स्वयं घरबेटी छबिलाल स्याङ्ताङ नै भएको पुष्टि भइसकेको छ। उनीमाथि बैंक मात्र होइन, ‘मान्छे पनि लुटेको’ गम्भीर आरोप लाग्दै आएको छ। शक्तिको आडमा उनी सधैँ अनुसन्धानको घेराबाहिर रहँदै आएको स्थानीयको गुनासो छ। २

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 144 पटक पढिएको
  • बैंक लुट्ने आरोपदेखि पुराना हत्या काण्डसम्म: छबिलाल स्याङ्ताङमाथि उठेका गम्भीर प्रश्न

    पुस २९ गते साँझ घ्याङ्लेखस्थित एसबीआई बैंकमा भएको लुटपाटको खबर केही समयमै सर्वत्र फैलियो। सामाजिक सञ्जालमार्फत सूचना फैलिनासाथ सयौँ स्थानीय लुटेराको खोजीमा सक्रिय बने। लुटपाटपछि जंगलमा केही बोरा रकमसमेत फेला परे। तर बैंक लुटिएको खबर बाहिरिएसँगै बैंक रहेको घरका मालिक छबिलाल स्याङ्ताङमाथि स्थानीयको शंका केन्द्रित भयो। शंकाको कारण थियो उनको विगत।स्थानीयका अनुसार बैंक लुटपाटको मुख्य योजनाकार स्वयं घरबेटी छबिलाल स्याङ्ताङ नै भएको पुष्टि भइसकेको छ। उनीमाथि बैंक मात्र होइन, ‘मान्छे पनि लुटेको’ गम्भीर आरोप लाग्दै आएको छ। शक्तिको आडमा उनी सधैँ अनुसन्धानको घेराबाहिर रहँदै आएको स्थानीयको गुनासो छ। २

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 273 पटक पढिएको
  • इरानमा प्रदर्शनका क्रममा हजारौँको मृत्यु भएको खामेनीको स्वीकारोक्ति

    काठमाडौं— इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले हालै देशभर भएका प्रदर्शनका क्रममा हजारौँ मानिसको मृत्यु भएको पहिलोपटक सार्वजनिक रूपमा स्वीकार गरेका छन् ।कडा दमनका कारण अन्तर्राष्ट्रिय रूपमा आलोचना भइरहेको बेला आएको यो स्वीकारोक्ति इरानी नेतृत्वका लागि असामान्य मानिएको छ । शनिबार टेलिभिजनमार्फत सम्बोधन गर्दै खामेनीले गत डिसेम्बरको अन्त्यतिर आर्थिक सङ्कट र व्यापक राजनीतिक असन्तोषका कारण सुरु भएका प्रदर्शनमा “केही हजार” मानिसको ज्यान गएको बताएका हुन् ।उनले केही मृत्यु “अमानवीय र निर्दयी अवस्थाका कारण” भएको उल्लेख गरे पनि यसको दोष इरानी सुरक्षा निकायमाथि नलगाई अमेरिका तथा अन्य विदेशी शक्तित

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 572 पटक पढिएको
  • सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद

    रामेछाप । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबिआई बैँक शाखामा भएको डकैती प्रकरणमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गर्दै घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो । प्रहरीका अनुसार गत पुस २९ गते साँझ करिब ७ः३० बजे योजनाबद्ध रूपमा बैँकभित्र प्रवेश गरेको डकैत समूहले सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिँदै करिब ३ करोड ७ लाख रुपैयाँ लुटेको थियो ।डकैतहरूले खुकुरी देखाएर गार्ड र कर्मचारीलाई धम्क्याउँदै हातखुट्टा बाँधेका थिए भने मुखमा टेप टाँसिएको थियो । प्रतिकारको प्रयास गर्दा सुरक्षा गार्डमाथि खुकुरी प्रहारसमेत गरिएक

    • प्रकाशित मितिः माघ ३, २०८२
    • 273 पटक पढिएको
  • प्रधानमन्त्री कार्यालय अगाडि मृतक जेनजीका परिवारको धर्ना

    काठमाडौं— मृतक जेनजीका परिवारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिएका छन्। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय अगाडि भेला भएका जेनजीका परिवारले न्यायको माग गर्दै शान्तिपूर्ण धर्ना दिएका हुन्।धर्नामा सहभागी परिवारजनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले लामो समय बितिसक्दा पनि न्याय नपाएको गुनासो गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। धर्नाका कारण केही समय उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको थियो। यस विषयमा सरकार तथा सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया आउन बाँकी छ।

    • प्रकाशित मितिः माघ २, २०८२
    • 479 पटक पढिएको
  • झापा र मोरङमा दुई पुरुष मृत फेला

    झापा— झापा र मोरङमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। झापाको बिर्तामोड नगरपालिका–१० समावेशी टोलस्थित भुतेनी खोलाको बाँधमा एक पुरुषको शव फेला परेको हो।करिब ५५ वर्षका देखिने ती मृतक पुरुषको नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन। प्रहरीले बिहीबार शव फेला पारेपछि उनको पहिचान गर्ने प्रयास गरिरहेको छ।त्यसैगरी मोरङको रतुवामई नगरपालिका–४ झुर्कियास्थित बाटोमा पनि एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्। स्थानीय ४० वर्षीय सागर ताजपुरिया बिहीबार बाटोमा मृत फेला परेका हुन्।दुवै घटनाका सम्बन्धमा प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

    • प्रकाशित मितिः माघ २, २०८२
    • 472 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.