अपराध

    Showing 621-630 of 2,232 items.
  • चार बर्षदेखि बन्धक नेपाली किशोरी भारतको हिमान्चलबाट उद्धार

    काठमाडौं— भारत हिमांचल प्रदेशको कोताखाई भन्ने स्थानमा चार बर्षदेखि बन्दक बनाइएकी नेपाली किशोरीको उद्धार गरिएको छ । उनी रुकुम पश्चिमकी स्थायी वासिन्दा हुन् ।नेपाली दूताबास दिल्लीमा आएको निवेदनका आधारमा किन इन्डिया, वाल कल्याण समिति र हिमान्चल प्रहरीको टिमले चार बर्षदेखि बन्धक किशोरीलाई उद्धार गरिएको इन्डिया सामाजिक संस्थाका कार्यकारी निर्देशक नविन जोशीले जानकारी दिए ।जोशीले दिएको जानकारी अनुसार दुई महिनाको प्रयासपछि निज किशोरीलाई सकुशल उद्धार गरिएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई दिल्ली ल्याइने भएको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 519 पटक पढिएको
  • वीरगञ्जमा पनि कफ्र्यू आदेश जारी

    जनकपुरधाम— जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कफ्र्यू आदेश जारी गरेको छ ।प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले सूचना जारी गर्दै महानगरका केही क्षेत्रमा बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मलाई कफ्र्यू लगाएका हुन् ।पछिल्लो सुरक्षा अवस्थालाई ध्यान दिइँदै कफ्र्यू लगाइएको प्रशासनले जनाएको छ । कफ्र्यू क्षेत्रमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 495 पटक पढिएको
  • पशुपति गौशाला धर्मशालाको मुद्दामा सुनुवाइ हुँदै

    काठमाडौं— मारवाडी सेवा समितिको मातहतमा रहेको पशुपति गौशाला धर्मशालाको मुद्दामा आज सुनुवाइ हुँदैछ । काठमाडौँ जिल्ला अदालतले २०८१ असोज १६ गते पशुपति गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषको स्वामीत्वमा रहने फैसला गरेपछि समितिले उच्च अदालतमा मुद्दा दायर गरेको हो ।मारवाडी सेवा समितिले हालसम्म चार पटक मुद्दाको सुनुवाइ सारेको छ । जेनजी आन्दोलनमा आगजनीमा परेको पशुपति गौशाला धर्मशालामा समितिले फेरि व्यवसाय सुरु गरेको छ । अदालतले अहिलेसम्म सामान्य आदेश मात्रै गरेको छ ।०६० जेठ १२ गते व्यवसायी वसन्त चौधरी कोषको सदस्यसचिव रहेका बेला जालसाजीपूर्ण तरिकाले भगवान पशुपतिनाथको सम्पत्ति मारवाडी सेवा समितिले ५१

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 514 पटक पढिएको
  • डकैतीका चार आरोपी कटुवा पेस्तोलसहित पक्राउ

    सिरहा। यहाँको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलन गरी ती आरोपीहरुलाई सार्वजनिक गरेको हो ।पक्राउ पर्नेहरूबाट दुई थान कटुवा पेस्तोल, चार राउण्ड गोली, करिब ३० ग्राम खैरो हेरोइनजस्तो लागूऔषध र मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि डाँका, ज्यान मार्ने उद्योग, हातहतियार तथा लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जनकारी दिए ।गत मंसिर ३ गते

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 366 पटक पढिएको
  • लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

    काठमाडौँ। देशका विभिन्न भागबाट लागुपदार्थसहित १६ जना पक्राउ परेका छन् ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाबाट दुई, मोरङबाट एक, सिरहाबाट तीन, कास्कीबाट तीन, बाँकेबाट तीन, कैलालीबाट दुई र मकवानपुरबाट दुई जनालाई पक्राउ गरिएको हो ।अभियुक्तहरुबाट खैरो हिरोइन र चिकित्सकको पूर्जीबिना खरिदबिक्री गर्न नपाइने प्रतिबन्धित विभिन्न किसिमका औषधि बरामद गरिएको छ । नियमित सुरक्षा गस्तीका क्रममा प्रहरीले उनीहरुलाई बुधबार र बिहीबार पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • 415 पटक पढिएको
  • सर्लाहीमा चुनावी भेटघाटका क्रममा डा.यादवमाथि दुव्र्यवहार, जसपाद्वारा निष्पक्ष छानबिनको माग

    सर्लाही— सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. जेपी यादवमाथि बागमतीमा दुव्र्यवहार भएको घटनालाई लिएर जनता समाजवादी पार्टी (जसपा), नेपालले आपत्ति जनाएको छ ।बिहिबार जिल्ला सदरमुकाम मलंगवामा आयोजित पत्रकार सम्मेलनमा डा। यादवले चुनावी भेटघाटका क्रममा बुधबार दिउँसो आफूमाथि असभ्य व्यवहार गरिएको बताएका हुन्। उनका अनुसार ति व्यक्तिले अपमानजनक शब्द प्रयोग गर्दै ‘मधेशीहरू बीस–तीस रुपैयाँको खान्छन्, यहाँबाट भाग’ जस्ता अभिव्यक्ति दिएका थिए । साथै ‘मधेशीहरूको ओकात थोरै छ’ भन्दै जातीय रूपमा होच्याका थिए ।उनले लोकतान्त्रिक अभ्यासअन्तर्गत मतदातासँग संवाद गरिरहेका बेला यस्तो घटना भएको द

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • 496 पटक पढिएको
  • दुर्गा प्रसाईंको रिहाइको माग गर्दै अनिश्चितकालीन नेपाल बन्द घोषणा

    काठमाडौं— पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंको रिहाइको माग गर्दै उनका समर्थकहरूले देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले संयोजकको तत्काल रिहाइ सुनिश्चित गर्न दबाब दिने उद्देश्यसहित (हिजो) फागुन ६ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द आह्वान गरेको हो।अभियानका अनुसार बन्दका क्रममा देशभरका उद्योग–कलकारखाना, सार्वजनिक तथा निजी यातायात सेवा, शैक्षिक संस्था र सम्पूर्ण व्यापारिक प्रतिष्ठानहरू बन्द गरिनेछ। साथै, आन्दोलनका थप कार्यक्रम र रणनीतिबारे क्रमशः जानकारी सार्वजनिक गरिने जनाइएको छ।

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • 593 पटक पढिएको
  • चीनमा पटाका विस्फोट: १२ जनाको मृत्यु

    काठमाडौं—  नयाँ वर्षको उल्लासबिच चीनमा भएको विस्फोटको घटना १२ जनाको ज्यान लिएको छ । पाँच बालबालिका समेत मारिएको उक्त घटनाले बिदाका बेला ग्रामीण क्षेत्रमा व्यापक रूपमा प्रयोग हुने आतसबाजी सुरक्षामाथि फेरि प्रश्न उठाएको छ ।सरकारी सञ्चारमाध्यमका अनुसार मध्य हुबेई प्रान्तको जिनपु गाउँमा बुधबार दिउँसो आतसबाजी तथा पटाका बिक्री गर्ने सामान्य पसलमा विस्फोट भएको थियो । राज्य प्रसारणकर्ता चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी)ले बिहीबार अधिकारीहरूलाई उद्धृत गर्दै गहन खोजी तथा उद्धार कार्यपछि १२ जनाको मृत्यु पुष्टि भएको जनाएको छ । मृतकमध्ये सात जना वयस्क र पाँच जना नाबालिग रहेको बताइएको छ ।सबै पीडितको प

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • 501 पटक पढिएको
  • नौ सय पचपन्न केजी गाँजासहित दुई जना पक्राउ

    धरान। धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम (केजी) गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिषणबाबु राईको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति धनकुटाबाट धरानको विष्णुपादुकातर्फ आउँदै गरेका दुईवटा पिकअप गाडीमा जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार बारा कोल्बी नगरपालिका–८ बस्ने सन्दीपकुमार माझीले चलाएको बागमती प्रदेश–०१–०२७च ११४३ नंको पिकअप गाडीबाट ४९५ केजी र चन्द्रागिरी नगरपालिका–८ बस्ने ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठले चलाएको बीएसी ३२३६ नंको गाडीबाट ४६० केजी

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 386 पटक पढिएको
  • ठाउँ ठाउँमा भेटिन थाल्यो शंकास्पद वस्तु, सेनालाई भ्यान नभ्याई

    काठमाडौं, फागुन ५ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आज आह्वान गरेको नेपाल बन्द घोषणासंगै देशका विभिन्न ठाउँमा अज्ञात समूहले राखेको शंकास्पद वस्तु नेपाली सेनाले निश्क्रिय पारेको छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन प्रभावित पार्न अज्ञात समूहले देशका विभिन्न राजमार्गमा राखेको शंकास्पद वस्तु सेनाले निश्क्रिय पारेको हो।यसैक्रममा भैरहवाको लुम्बिनी गेट नजिकै बोराभित्र राखिएको शंकास्पद वस्तु सेनाले निश्क्रिय पारेको छ । बोरामा बेरेर बाहिर कागजमा नेपाल बन्द सफल पारौं लेखेको वस्तु डिस्पोज गर्दा बोरा भित्र क्यान बियर, माटो र ढुङ्गा भेटिएको हो ।त्यस्तै, हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१६ स्थित चिसाप

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 343 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.