काठमाडौं— पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंको रिहाइको माग गर्दै उनका समर्थकहरूले देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले संयोजकको तत्काल रिहाइ सुनिश्चित गर्न दबाब दिने उद्देश्यसहित (हिजो) फागुन ६ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द आह्वान गरेको हो।

अभियानका अनुसार बन्दका क्रममा देशभरका उद्योग–कलकारखाना, सार्वजनिक तथा निजी यातायात सेवा, शैक्षिक संस्था र सम्पूर्ण व्यापारिक प्रतिष्ठानहरू बन्द गरिनेछ। साथै, आन्दोलनका थप कार्यक्रम र रणनीतिबारे क्रमशः जानकारी सार्वजनिक गरिने जनाइएको छ।