जनकपुरधाम— पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज चौधरी बमसहित पक्राउ परेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सम्बद्ध चौधरीलाई पर्सागढी नगरपालिका बढनिहारबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।प्रहरीका अनुसार बा १० च १२५० नम्बरको गाडीमा सवार रहेका चौधरीको गाडीमा शंकास्पद वस्तु फेला परेपछि जाँच गर्दा ‘होक्सी बम’ भेटिएको थियो । पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकले बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले फेला परेको बम नेपाली सेनाको टोलीमार्फत डिस्पोज गरिसकिएको बताए ।चौधरीसँगै बारा प्रसौनी गाउँपालिकाका २६ वर्षीय सहाव आल
काठमाडौं— वीरगञ्जमा धार्मिक सद्भाव भड्काउन खोज्ने ३ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ । गएराति करिब २ बजे श्रीजंग गण वीरगन्जको नेतृत्वमा वीरगन्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रमा सञ्चालन गरिएको विशेष सर्च अपरेसनका क्रममा तीनजनालाई नियन्त्रणमा लिइएको हो ।वीरगन्ज १६ निवासी कृष्ण यादव, सोही ठाउँका रोहित पटेल र अवजित यादव पक्राउ परेका हुन् । उनीहरूको साथबाट सुँगुरको टाउको, नौ थान सुतली बम, सेतो रंगको तार पाँचवटा बरामद गरिएको छ ।अनुसन्धानमा उनीहरूले धार्मिक हिंसा फैलाउन सुँगुरको टाउको मस्जिदमा फाल्ने योजना बनाएको खुलेको छ । सुँगुरलाई इस्लाममा हराम मानिन्छ । त्यसमाथि अहिले रमजानको पवित्र महिना चलिर
सर्लाही— सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका एक जना कार्यकर्ता पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा जिल्लाको हरिपुर्वा नगरपालिका २, निवासी ६५ वर्षीय पुरुषोत्तम यादव रहेका छन् ।उनलाई गए राती सोही ठाउँमा मतदातालाई रकम वितरण गर्दै गरेको अवस्थामा शसस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट २५ हजार नगद रकम बरामद भएको जनाएको छ ।पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा डिएस
काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साकाबाट खटिएको प्रहरी टोलीले नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर उनीसहित चार जनालाई प्रक्राउ गरेको हो ।चौधरी सवार गाडीबाट शंकास्पद वस्तु समेत फेला परेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको र घटनाबारे थप जानकारी पत्रकार सम्मेलनमार्फत दिइने प्रहरीको भनाइ छ ।
काठमाडौं— मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट १३२ ट्याब्लेट लागूऔषध ट्रामाडोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।सोमबार दिउँसो भीमफेदी गाउँपालिका-६ छबेली बस्ने २७ वर्षीय उमेश मोक्तान र १६ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले ओमभवनबाट हुप्रातर्फ जाँदै गरेको बाप्रा ०३-००२ प ४४८१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।साथै प्रहरीले हाल फरार स्कुटरमा सवार एक जनाको खोजी गरिरहेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं— मध्यपूर्वमा द्वन्द्व चर्किंदै गएसँगै इजरायलले तेहरान र लेबनानको राजधानी बेरुतमा आक्रमण गरेको छ । इरानले साउदी अरेबियाको रियादमा अमेरिकी दूतावासमाथि ड्रोन आक्रमण गरेपछि इजरायलले उक्त आक्रमण गरेको हो । इजरायली सुरक्षा बलहरूले समाजिक सञ्जाल एक्समा प्रकाशित गरेको पोस्ट अनुसार, हाल तेहरान र बेरुतमा सैन्य लक्ष्यहरूलाई लक्षित गरेर एकसाथ आक्रमण जारी गरिएको छ । अल जजिराका अनुसार, बेरुतको हारेत क्षेत्रमा इजरायली आक्रमण भएको थियो ।त्यस्तै, जेरुसलम पोस्टले रॉयटर्सलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ कि रियादस्थित अमेरिकी दूतावास ड्रोन आक्रमणको शिकार भएको छ । यसै क्रममा, अपरेशन एपिक फ्युरीमा थप दुई अ
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन विरुद्ध गतिविधि गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन बिथोल्न सक्रिय समूहको गतिविधिमाथि निगरानी र विश्लेषण गर्न निर्वाचन सुरक्षा तथा विश्लेषण महाशाखा बनाएको छ । कार्य विभागको मातहत गठन गरिएको विश्लेषण महाशाखाको कमान्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दयानिधि ज्ञवालीले गरेका छन् ।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसहित ६ वटा समूह अहिले निर्वाचन बिथोल्न सक्रिय रहेको प्रहरीको विश्लेषण छ । प्रसाईं सहित निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न ७६ जनालाई पक्राउ गरिएको प्रहरी प्
विराटनगर— नेपाली सेनाको बम डिस्पोजल टोलीले मोरङ र ताप्लेजुङमा फेला परेका दुई शंकास्पद वस्तु सुरक्षित रूपमा निष्क्रिय गरेको छ।मोरङ जिल्लाको विराटनगर महानगरपालिका–७, डाँफे चोकमा गए राति कालो प्लास्टिकको पोकाभित्र शंकास्पद वस्तु रहेको सूचना प्राप्त भएपछि नेपाली सेनाको विराटनगर विमानस्थलमा तैनाथ बम डिस्पोजल टोलीसहितको फौज परिचालन गरिएको थियो। सुरक्षा घेरा कायम गरी उक्त क्षेत्रलाई नियन्त्रणमा लिएपछि आज बिहान ०६ः५४ बजे उक्त वस्तु निष्क्रिय गरिएको सेनाले जनाएको छ।यसैगरी, ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–३, पञ्चमीस्थित हाङपाङ–दोभान भित्री कच्ची सडकखण्डमा आज बिहान ९:१० बजे कालो टेपले
इलाम— २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका–९ शेरा बस्ने ५० वर्षीय ज्ञान बहादुर चौहानलाई प्रहरीले पक्राउ गरेको छ । ज्ञान बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
रौतहट— रौतहटमा चुनावी प्रचार प्रसारका क्रममा प्रभु साह नेतृत्वको आमजनता पार्टीका समानुपातिक उम्मेदवार लालबाबु मन्सुरीमाथि आक्रमण भएको छ सोमबार साँझ रौतहट–३ गुजरा नगरपालिका ६ बेदौउली गाउँमा मन्सुरीमाथि भएको आक्रमणबाट उनको नाकको हड्डी टुटेको छ ।आक्रमणबाट घाइते मन्सुरीको चन्द्रनिगाहपुर स्थित एक अस्पतालमा उपचार भएको थियो । उपचारपछि हाल उनी गुजरास्थित आफ्नो घरमा आराम गरिरहेका छन् । डाक्टरले उनको नाकको हड्डी टुटेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.