रौतहट— रौतहटमा चुनावी प्रचार प्रसारका क्रममा प्रभु साह नेतृत्वको आमजनता पार्टीका समानुपातिक उम्मेदवार लालबाबु मन्सुरीमाथि आक्रमण भएको छ
सोमबार साँझ रौतहट–३ गुजरा नगरपालिका ६ बेदौउली गाउँमा मन्सुरीमाथि भएको आक्रमणबाट उनको नाकको हड्डी टुटेको छ ।
आक्रमणबाट घाइते मन्सुरीको चन्द्रनिगाहपुर स्थित एक अस्पतालमा उपचार भएको थियो । उपचारपछि हाल उनी गुजरास्थित आफ्नो घरमा आराम गरिरहेका छन् । डाक्टरले उनको नाकको हड्डी टुटेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।






































