नेपालगन्ज। प्रहरीले बाँकेमा नगद रु पाँच लाखसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा सोमबार दुई जनालाई पक्राउ गरेको छ ।नेपालगन्ज उपमहानगरपालिका–४ स्थित न्युरोडमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा र वडा प्रहरी कार्यालय नेपालगन्जको संयुक्त टोलीले ५२६ दशमलव २९० ग्राम लागुऔषधसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–४ का ३० वर्षीय सुशील भण्डारीका साथबाट १३६ ग्राम ८५० मिलिग्राम लागुऔषध फेला परेको छ ।नेपालगन्ज उपमहानगरपालिका–१० का ५५ वर्षीय अजयकुमार जयशवालका साथबाट ३८९ ग्राम ४५ मिलिग्राम लागुऔषध बरामद भएको ज
काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राहदानी ऐनअन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ ।ब्युरोका प्रवक्ता अनुप शमशेर जबराका अनुसार तिब्बती शरणार्थीका नाममा गैरकानुनी यात्रा अनुमतिपत्र जारी गरेको आरोपमा सहसचिव भट्टराई पक्राउ पर्नुभएको हो ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर भएसँगै ब्युरोले भट्टराईलाई सोमबार त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।यात्रा अनुमतिपत्रसहित उपस्थित भएका व्यक्तिको राष्ट्रियतामाथि शङ्का लागेपछि गरिएको सोधपुछका क्रममा जर्मन राजदूतावासले २०६८ जेठ २० गते पाँच थान सक्कल यात्रा अनुमति पत
काठमाडौं। परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई करिब १२ वर्षअघि गैरकानुनी रूपमा तिब्बती शरणार्थीलाई नेपाली यात्रा अनुमति पत्र ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। लामो अनुसन्धानपछि राहदानीसम्बन्धी कसुरमा उनीविरुद्ध अदालतमा मुद्दा दर्ता भएपछि सीआईबीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो। अनुसन्धानका अनुसार सन् २०११ ९वि.सं. २०६८० मा काठमाडौंस्थित जर्मन दूतावासले नेपाल सरकारलाई पठाएको पत्रबाट यो प्रकरण बाहिर आएको थियो। केही तिब्बती शरणार्थीले भिसा आवेदनका क्रममा पेस गरेका नेपाली ट्राभल डकुमेन्ट शंकास्पद देखिएपछि घटनाको अनुसन्धान सुरु भएको थियो।अनुसन्धानका क्रमम
काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। उनीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार भट्टराईलाई राहदानी ऐनअन्तर्गतको कसुर मा पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानले वि.सं. २०६८ सालमा भएको राहदानीसम्बन्धी कसुर मा उनको संलग्नता देखिएको जनाएको छ। यस घटनासम्बन्धी मुद्दा २०८२ चैत मा दर्ता भएको थियो।सीआईबीले पक्राउपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै उनलाई अदालतमा उपस्थित गराउने तयारी गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।
काठमाडौँ। नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि एक युवालाई गोली प्रहार गरेर नियन्त्रणमा लिइएको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । गएराति पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि तीन राउण्ड गोली प्रहार गरिएको थियो । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनी विभिन्न आपराधिक घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्ध
काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको कनकाई र दमक, कैलालीको टीकापुर, मोरङ, सुर्खेत तथा दाङका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् । झापाको कनकाई नगरपालिका–२ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १०२ ग्राम ३१० मिलिग्राम, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल सात हजार २०० ट्याब्लेट र नाइट्राभेट सात हजार ४५० ट्याब्लेटसहित भारतको विहार राज्य, अररिया जिल्ला, कुरसाकट्टा–८ छिप्टिया टोलका २७ वर्षीय अझर अन्सारी र कुरसाकट्टा–७ तकियाटोलका २८ वर्षीय मोहम्मद एजवाललाई शनिबा
मोरङ। मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४ ग्राम गाँजासहित धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरिएको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार इलाका प्रहरी कार्यालय सिजुवासहितको प्रहरी टोलीले उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा ट्रकमा रहेका ३१ वटा पोकाबाट उक्त परिमाणको गाँजा शनिबार बरामद गरेको हो ।
काठमाडौं । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले मानव बेचविखनविरुद्धको विश्व दिवसको अवसरमा आयोजित सरोकारवालासँगको छलफल कार्यक्रममा पछिल्लो समय मानव बेचविखन र ठगीको आयाम बद्लिएको परिवेशलाई विधेयकले सम्बोधन गर्ने बताएको छ ।सहन्यायाधीवक्ता सोमकान्ता भण्डारीले मानव बेचबिखनको वर्तमान अवस्थाबारे प्रस्तुति दिएका थिए । मानव बेचबिखनको पृष्ठभूमि, अपराधमा संलग्नता र प्रभाव, मानव बेचबिखनसम्बन्धी कसुरको वर्गीकरण, कारण, स्वरुप, मानव बेचबिखन हिजो र आज, अभियोजन, यसका समस्या र सुधारको क्षेत्रहरु प्रस्तुतिमा समेटिएका थिए । राष्ट्रिय मानवअधिकार आयोगको एक अध्ययनले वर्षमा ३५ हजार व्यक्ति मानव बेचबिखन तथा
काठमाडां । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित सघंर्ष समितिबिच आज पुनः वार्ता हुने भएको छ । बिहीबार भएको वार्ता सकारात्मक र समाधानउन्मुख रहे पनि सरकारी वार्ता टोली र लघुवित्तपीडित संघर्ष समितिबिच आज पुनः वार्ता हुने भएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्तपीडितसँग वार्ता गर्न समिति गठन गरेका थिए । बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए ।
काठमाडौं । लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेको छ ।कैलाली गोदावरी नगरपालिटका-३ मालाखेती बस्ने ३३ वर्षीय तेज भट्टराईलाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६० मिलिग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.