काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ बस्ने चितवन भरतपुर महानगरपालिका–१५ घर भएकी ४९ वर्षीया कमला देवी सुनुवार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ बस्ने सिन्धुली कमलामाई नगरपालिका–७ घर भएकी २९ वर्षीया सविनाखड्का र काठमाडौं टोखा नगरपालिका–११ बस्ने काठमाडौं दक्षिणकाली नगरपालिका–९ घर भएका ४१ वर्षीय अम्बर गुरूङ रहेका छन् । पक्राउ मध्ये कमलाले क्रोएशिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ, सविनाले अमेरिका पठाइदि
सुर्खेत— बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकलाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् ।इनिशा अध्ययनरत विद्यालय उषा बालवाटिकाका विद्यार्थी, शिक्षक कर्मचारीहरुले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।विद्यालय पोशाकमै रहेका उनीहरुले केही समय जिल्ला प्रहरी कार्यालयको गेटमा नाराबाजी समेत गरेका छन् । ‘इनिशालाई न्याय दे’, ‘हत्यारालाई फाँसी दे’ ‘छोरी मार्न पाइदैन’ लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।फागुन २३ गते इनिशा सुर्खेतको सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी थिइन् । अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टो
काठमाडौं— सर्वोच्च अदालतले नेकपा माओवादीको विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको हत्यामाथि छानविन गर्न आदेश दिएको छ ।अब सो आदेशसँगै अब प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), प्रहरी महानिरिक्षक सवेन्द्र खनाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत लगायत विरुद्ध परेको किटानी जाहेरीमाथि अनुसन्धान हुने छ ।कुमारको हत्यापछि उनकी आमा दुर्गादेवी पौडेलले संलग्नहरुमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग राखी जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा किटानी जाहेरी पेश गरेकी थिइन् ।जाहेरीमाथि अनुसन्धान नभएको भन्दै पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । त्यसको करिब पाँच वर
काठमाडौँ। देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित २१ जना पक्राउ परेका छन् ।केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, बर्दिया, कैलाली, सुनसरी, नवलपरासीपूर्व, दाङ, रुपन्देही र मकवानपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो । अभियुक्तहरूबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि प्रहरीले बरामद गरेको छ ।
काठमाडौं— सुर्खेतको वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा गत शनिबार मृत अवस्थामा फेला परेकी १६ वर्षीया इनिशा विक को बलात्कारपछि हत्याको घटना प्रहरी र प्रारम्भिक अनुसन्धानका आधारमा पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरेको जनाएको छ।सो घटनाले देशभर नै विरोध प्रदर्शनलाई तिब्र पारेको छ। आज काठमाडौंको माइतीघर मण्डला देखि बानेश्वर सम्म र्याली निकालेर युवाहरु, दलित अधिकारकर्मी, विद्यार्थी र सामाजिक अभियन्ताहरुले पीडकलाई कडा कारबाही गर्न र सामाजिक रूपले बढ्दो महिला तथा दलितमाथि हिंसा रोक्न सरकारलाई माग गरेका छन्।प्रदर्शनमा सहभागीहरुले ‘इनिशाल
काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ ।पाठकविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।यसअघि पाठकसहितको लगाउमा राखिएको भ्रष्टाचार मुद्दामा न्यायाधीश सुवेदीले एक पटक आदेश जारी गरिसकेकाले हेर्न नमिल्ने सूचीमा राखिएको हो ।नेपाल इन्जिनियरिङ कलेजभित्रै अनियमितता मिलाउन भन्दै ७८ लाख घुस लिएको विषय बाहिर आएपछि महाअभियोगको डरले पाठकले राजीनामा दिएका थिए । घुस लिएर काम नभएपछि रकम लगानी गरेको समूहले घुस लेनदेनब
सुनसरी— धरान उपमहानगरपालिका–५ देउराली बस्ने ७२ वर्षीय सुरेन श्रेष्ठको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका–१५ बस्ने ३२ वर्षीय भरत बिकलाई प्रहरीले पक्राउ गरेको छ ।धरान उपमहानगरपालिका–१५ स्थित वादविवादको क्रममा भरतले कुटपिट गर्दा गम्भीर घाइते भएका सुरेनको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले भरतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं— स्याङ्जामा नकबजनी चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले जिल्ला पुतली बजार नगरपालिका(१४ सातौ बस्ने ३८ वर्षीय नारायण लामिछाने भन्ने पूर्ण बहादुर लामिछानेलाई बुधबार पक्राउ गरेको हो ।उनलाई प्रहरीले पुतली बजार नगरपालिका–१ प्रतिनगरबाट पक्राउ गरेको हो ।जिल्ला अदालत स्याङ्जाले उक्त मुद्दामा २२ दिन कैद र ६ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई पुतली बजार नगरपालिका१ प्रतिनगरबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेस गरिएको छ ।
काठमाडौं— गत शनिबार वीरेन्द्रनगर नगरपालिका-४, सुर्खेतस्थित शहीद उद्यानभित्र रहेको जनजागरण सामुदायिक वनमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाप्रति विभिन्न सङ्घसंस्थाहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन् ।सुर्खेतका विभिन्न नागरिक समाज तथा मानवअधिकारसम्बन्धी सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न उनीहरूले माग गरेको छ ।विभिन्न सङ्घसंस्थाले घटनाले आफूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।वीरेन्द्रनगर नगरपालिका१ मा बसोबास गर्दै आएकी १६ वर्षीया बालिकामाथि भएको यस्तो क्रूर अपराधल
हेटौँडा— मकवानपुरको मनहरी गाउँपालिका–१ चकरी मकरी क्षेत्रमा प्रहरीमाथि आक्रमण भएपछि प्रतिकार स्वरूप प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।बुधबार राति करिब ९ बजेको समयमा नेपाल प्रहरी गस्तीमा रहेका बेला सामान्य विवाद हुँदा शनिश तितुङ नाम गरेका व्यक्तिले अचानक बियरको बोतल र बन्चरो प्रयोग गरी प्रहरीमाथि साङ्घातिक हमला गरेका थिए ।हमलापछि प्रतिकार स्वरूप असई दिलबहादुर तामाङले एक राउन्ड गोली चलाएका थिए। उक्त गोली तितुङको कोखामा लागेर उनी घाइते भएका छन् । घटनाका क्रममा तितुङले प्रहार गरेको बन्चरो लागेर असई तामाङको हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।दुवै घाइतेलाई तत्काल एम्बुलेन्समार्फत ह
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.