अपराध

    Showing 561-570 of 1,542 items.
  • युएईबाट रेड नोटिस अभियुक्त नेपाल फिर्ता

    काठमाडौं— मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलमार्फत रेड नोटिस जारी भएका फरार अभियुक्त कलबहादुर बस्नेतलाई युएईबाट पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ।कीर्तिपुर नगरपालिका–४, गाम्चामा बसोबास गर्दै आएका रूकुम पश्चिम बाफिकोट गाउँपालिका–२ का स्थायी बासिन्दा बस्नेतलाई अन्तर्राष्ट्रिय आपराधिक प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा एनसीबी अबुधाबी, युएईको समन्वयमा पक्राउ गरिएको हो।उनलाई सोमबार नेपाल ल्याइएको र सम्बन्धित मुद्दामा कारबाही अगाडि बढाउन मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पठाइएको नेपाल प्रहरीको भनाइ छ।उनीविरुद्ध इन्टरपोल महासचिवालयमार्फत २०८१ पुस ११ गते रेड नोटिस जारी गरिएको थियो। रेड नोटिस न

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 470 पटक पढिएको
  • पक्राउ परेको केही घण्टामै हाजिरी जमानीमा छुटे एमाले नेता ऐन महर

    काठमाडौं— अपहरण र शरीर बन्धकसम्बन्धी मुद्दामा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद ऐन महर केही घण्टामै हाजिरी जमानीमा रिहा भएका छन्।सशस्त्र प्रहरीको संगठन सञ्जालमार्फत अपहरण गरी फिरौती असुल्ने गिरोहसँग सम्बन्ध रहेको आरोप लागेका महरलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको थियो। उनलाई प्रहरीले काठमाडौंको मिनभवन क्षेत्रबाट पक्राउ गरेको थियो।पक्राउ परेको केही घण्टामै जिल्ला सरकारी वकिलको कार्यालयको सिफारिसमा हाजिरी जमानीमा छाडिएको प्रहरी स्रोतले जानकारी दिएको छ।यस्तो थियो आरोप !प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार महरमाथि अपहरणमा संलग्न रहेको, फिरौतीका लागि दबाब दिने गिरोहसँग

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 550 पटक पढिएको
  • युरोप पठाउने प्रलोभनमा नेपाली ठग्ने गिरोहका दुई जना दिल्लीमा पक्राउ

    काठमाडौं— युरोप पठाइदिने प्रलोभन देखाई नेपाली नागरिकसँग ठगी गर्ने गिरोहका दुई सदस्यलाई भारतीय सुरक्षाकर्मीले नयाँ दिल्लीबाट पक्राउ गरेको छ।दिल्ली क्राइम ब्रान्चको टोलीले ४१ वर्षीय जयकाब र ४२ वर्षीय रुपेश नाम गरेका दुई जनालाई पक्राउ गरेको हो। उनीहरूले बेरोजगार नेपाली युवा–युवतीलाई सर्बिया पठाइदिने भन्दै नयाँ दिल्लीमा बोलाएर ७० लाख भारु बराबरको ठगी गरेको अनुसन्धानबाट खुलेको छ।पक्राउ परेका जयकाब भारतको उत्तर प्रदेशको बिजनौर जिल्लाका बासिन्दा हुन्। उनले नेपालसँग सीमा जोडिएको उत्तराखण्डको पिथौरागढमा अध्ययन गरेका कारण नेपाली भाषा राम्रोसँग बोल्न जान्ने र विश्वास दिलाउन सहज हुने गरेका थिए।रुपेश भने ब

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 557 पटक पढिएको
  • एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ आदेश जारी, बलात्कार मुद्दामा अनुसन्धान अघि बढ्दै

    काठमाडौं— सर्वोच्च अदालत पाटनले नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध बलात्कार आरोपमा पक्राउ आदेश जारी गर्दै, तत्काल अनुसन्धान अघि बढाउन प्रहरी र सरकारी वकिल कार्यालयलाई आदेश दिएको छ।उच्च अदालत पाटनका न्यायाधीश ब्रजेज कुमार प्याकुरेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले, पीडित महिलाले दिएको जाहेरी तामेली अवस्थामा राखिएको र त्यसकारण रिटद्वारा प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको हो। अदालतले प्रहरी र सरकारी वकिललाई बिज्ञापन प्रकृयाबाट हटेर मुद्दा दर्ता गरी छिटो अनुसन्धान सुरु गर्न निर्देशन गरेको छ।पीडित महिलाको तर्फबाट प्रमुख अधिवक्ता सुरेन्द्र भण्डारी, इन्द्र अर्याल, र अञ्जना अर्यालले ब

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 550 पटक पढिएको
  • शिक्षकलाई अर्धनग्न बनाएर कुटपिट गर्ने वडाध्यक्षमाथि अपहरण र हत्या प्रयासको आरोपमा अनुसन्धान जारी

    काठमाडौं— शिक्षकमाथि सार्वजनिक रूपमै कुटपिट गर्ने घटनामा मुछिएका प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष वृजकिशोर कुशवाहामाथि प्रहरीले अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ।घटना साउन २८ गते भएको थियो । वडाध्यक्ष कुशवाहाले आफ्नै वडामा बसोबास गर्दै आएका शिक्षक नागेश्वर यादवलाई कुटपिट गरेका थिए। भोला मावि महागढीमाई नगरपालिका–१० गञ्जभवानीपुरका यादव शिक्षक हुन । उनले ट्युसन सेन्टर पनि सञ्चालन गर्दै आएका थिए।वडाध्यक्षले छात्रामाथि अभद्र व्यवहार गरेको आरोप लगाउँदै शिक्षकलाई आफ्नो कार्यालयमा बोलाएका थिए । उनले यादवलाई अर्धनग्न बनाउँदै हात बाँधेर कुटपिट गरेका थिए। सो घटना

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 617 पटक पढिएको
  • खैरो हेरोइनसहित मोरङका युवक पक्राउ

    भक्तपुर— खैरो हेरोइनसहित लागूऔषध कारोबारमा संलग्न एक युवक भक्तपुरबाट पक्राउ परेका छन्।प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका–३ का ३० वर्षीय शरण राईलाई मध्यपुर थिमी नगरपालिका–३ स्थित गठ्ठाघरबाट पक्राउ गरेको हो।राईको साथबाट प्रहरीले १० ग्राम ६४ मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ। साथै, लागूऔषध तौल्न प्रयोग हुने डिजिटल तराजु समेत फेला परेको छ।घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले राईलाई नियन्त्रणमा लिएर ७ दिनको म्याद लिएर थप अनुसन्धान थालिएको बताए।उनको विरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 499 पटक पढिएको
  • उच्च अदालतले पनि छोड्न मानेन रविलाई, माग्यो कैफियत प्रतिवेदन

    काठमाडौं— उच्च अदालत दाङको बुटवल इजलासले पनि सहकारी ठगीमा हाल नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई छाड्न अस्वीकार गरेको छ ।रविको रिहाइ माग गर्दै पत्नी निकिता पौडेल लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ सकिएपछि न्यायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको हो ।निकिताले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट निवेदन दिएकी थिइन् ।बिगोबमोजिमको धरौटी बुझाएर रिहाइको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।यसअघि जिल्ला अदालत रुपन्देहीले त्यही प्रकृतिको निवेदनमा मागबमोजिमको आदेश दिन अस्वीकार गरेको थियो ।बुटवलको सुप्रिम सहकारी ठगी

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 618 पटक पढिएको
  • १५ वर्षअघिको अपहरण र बलात्कार मुद्दाका दुई अभियुक्त काठमाडौंबाट पक्राउ

    काठमाडौं— प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १५ वर्षअघिको अपहरण र बलात्कार मुद्दाका फरार दुई अभियुक्तलाई काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको साविक पुरहरि गाविस–८ का यादव टण्डन र सोही ठाउँका चन्द्रबहादुर बीएम (बुढामगर) रहेका छन्।सिआइबीका प्रवक्ता तथा एसपी युवराज खड्काका अनुसार उनीहरूलाई १५ असार २०६७ मा घटेको घटनासम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। टण्डन र बुढामगरले तुलसीपुरबाट एक युवतीलाई अपहरण गरी दाङको पात्लु खोला बगरमा लगेर बलात्कार गरेका थिए।उक्त घटनामा अदालतले टण्डनलाई १६ वर्ष कैद र बुढामगरलाई ६ वर्ष कैदको सजाय सुनाएको थियो। तर, उनीहरू फरार रहँदै आएका थिए।अहिले पक्राउ परेका

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 429 पटक पढिएको
  • हालै उदघाटन गरी सञ्चालनमा आएको स्वास्थ्य केन्द्र तोडफोड गर्ने युवा पक्राउ

    स्याङ्जा— जिल्लाको आधारभूत स्वास्थ्य चौकी तोडफोड गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २२ वर्षीय रामकिसन गुरुङ रहेका छन्।पुतलीबजार नगरपालिका—२ स्थित चिरुवामा हालै उदघाटन गरी सञ्चालनमा आएको स्वास्थ्य केन्द्रका झ्याल र ढोका तोडफोड गरेको भन्दै प्रहरीले गुरुङलाई पक्राउ गरी अनुसन्धान जारी राखेको जनाएको छ।आइतबार राति स्वास्थ्य केन्द्रको झ्याल ढोका तोडफोड भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबरपाएपछि पुगेको प्रहरीले अनुसन्धानका क्रममा गुरुङको संलग्नता पाएपछि पक्राउ गरेको हो।सोही वडाका स्थानीय गुरुङलाई पक्राउ गरी आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान जा

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 474 पटक पढिएको
  • सुटकेस शव : पक्राउ परेका पासवान अस्पताल भर्ना

    रौतहट – रौतहट प्रहरीले रुबि साहको हत्या प्रकरणमा एक जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका ९ मुडवलवा नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी  साहको हत्या संलग्न रहेको आरोपमा प्रहरीले  लक्ष्मण पासवानलाई आज बिहान पक्राउ गरेको हो । प्रहरीले पासवानलाई घाइते अवस्थामा पक्राउ गरेको हो । माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करिब ८ बजे पासवानले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो  ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीले बताए । उनका अनुसार  आत्महत्याको प्रयास गरेको बुझिएपछि उनलाई नियन्त्रणमा ल

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 558 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा