अपराध

    Showing 501-510 of 2,232 items.
  • पक्राउ पछि केपी ओली जिल्ला प्रहरी परिसर काठमाडौंमा

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान पक्राउ परेका छन् ।ओलीलाई गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ गरी भद्रकालीस्थित जिल्ला प्रहरी परिसर ल्याइएको छ ।शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओली र लेखकलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यससँगै ओली र लेखकलाई पक्राउ गरेको छ ।भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

    • प्रकाशित मितिः चैत १४, २०८२
    • 419 पटक पढिएको
  • मकवानपुरको महोत्सवमा सुरक्षा व्यवस्था कडा

    हेटौँडा— मकवानपुरमा सञ्चालन भइरहेको महोत्सवमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले कलाकारमाथि बियरको बोतल तथा ढुङ्गा प्रहार गर्ने एक युवकलाई नियन्त्रणमा लिएको छ ।चैत १३ गते आयोजित चर्चित गायक (सेन्ट म्यान)को कन्सर्टका क्रममा एक युवकले स्टेजतर्फ बियरको बोतल प्रहार गरेको घटना सार्वजनिक भएको थियो । उक्त घटनापछि आयोजक र प्रहरीको समन्वयमा सिसिटिभी फुटेजको आधारमा अनुसन्धान अघि बढाइएको थियो ।अनुसन्धानका क्रममा अन्दाजी २१ वर्षीय शक्ति भोलनलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्

    • प्रकाशित मितिः चैत १४, २०८२
    • 516 पटक पढिएको
  • लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

    काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–२६ ठमेल नरसिंह चोकस्थित सिटी हेभन होटलबाट लागुऔषध खैरो हेरोइनसहित सिरहा नगरपालिका–८ का २९ वर्षीय रक्कीकुमार यादवलाई पक्राउ गरिएको छ । यसैगरी, काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार फलफूल चोकबाट लागुऔषध पोलेनसहित एक जना, भद्रपुर नगरपालिका–५ मेचीपुलबाट खैरो हेरोइनसहित एक जना, गुलरिया नगरपालिका–११ गणेशपुरबाट एक जना, लहान नगरपालिका–३ बाट एक जना र तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 315 पटक पढिएको
  • इनिशा विकले न्याय नपाएसम्म शव नउठाउने चेतावनीः सडक संघर्ष जारी रहने

    काठमाडौं— सुर्खेतकी इनिशा विक हत्या प्रकरणमा अनुसन्धान ढिला भएको र दोषीलाई अहिलेसम्म कारबाही नगरीएको भन्दै संघर्ष समितिले कडा असहमति जनाएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका सदस्यहरूले घटनामा किटानी जाहेरी दिँदासमेत नलिने र हत्यारालाई बचाउने प्रयास भइरहेको बताएका छन्।अभियन्ता जीवन तिरुवाले भने, “महिलाहरूको न्यायका लागि निरन्तर संघर्ष आवश्यक छ। इनिशाले न्याय नपाएसम्म उनको शव उठाइने छैन।” उनले राज्यले पीडितलाई न्याय नदिने अवस्था रहँदासम्म संघर्ष समिति निरन्तर आन्दोलनमा रहने चेतावनी दिइन्।समितिले भोलि, चैत्र १३ गते शान्तिपूर्ण आन्दोलन गर्ने योजना बनाएको छ। उनीहरूले बलात्कारपछ

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 541 पटक पढिएको
  • रौतहटमा प्रहरीको कडाइः कागजपत्रविहीन १५ मोटरसाइकलसहित अवैध सामान बरामद

    रौतहट— प्रहरीले सवारी जाँचलाई कडाइ गर्दै कागजपत्रविहीन १५ वटा मोटरसाइकल र भन्सार छलीका सामग्री बरामद गरेको छ। गौर नगरपालिका–४ बसपार्क क्षेत्रमा गरिएको नियमित चेकिङका क्रममा ती सवारी साधन नियन्त्रणमा लिइएको हो।जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीले बुधबार सवारी साधन जाँच गर्दा कागजपत्र नभएका मोटरसाइकल फेला पारेको थियो। बरामद मोटरसाइकलहरूको अनुमानित मूल्य करिब ११ लाख ७० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।त्यसैगरी, भन्सार छली गरी नेपाल भित्र्याउन लागिएको करिब ७ हजार २३० रुपैयाँ बराबरको खाद्यान्न तथा अन्य सरसामानसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार वि

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 520 पटक पढिएको
  • जाँचबुझ प्रतिवेदन– लुटपाटमा ३२ जनाको मृत्यु

    काठमाडौं— ‘जेनजी’ प्रदर्शनका क्रममा भएको जनधनको क्षति छानबिन गर्न गठित जाँचबुझ आयोगले भदौ २३ र २४ गतेका घटनामा आपराधिक प्रवृत्तिका व्यक्ति संलग्न रहेको जनाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा यसबारे उल्लेख छ ।“२४ गतेको हिंसात्मक क्रियाकलाप जेनजी पुस्ताले नगरेको तर २३ गतेको घटनाको विरोधमा स्वतःस्फूर्त रूपमा युवासँगै अन्य उमेर समूहका व्यक्तिहरू पनि सडकमा निस्किए,” प्रतिवेदनमा भनिएको छ, “तर, केही समयपछि आपराधिक प्रवृत्तिका व्यक्तिहरू तथा शान्ति सुरक्षाको कमजोरीको फाइदा उठाउँदै अन्य लुटेरा समूहरू पनि प्रदर्शनकारीहरूसँगै सहयोगी भई लुटपाट, आगजनी, लोड

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 487 पटक पढिएको
  • रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको बलात्कारपछि हत्याको घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ ।  संयुक्त दलित सङ्घर्ष समिति र दलित महिला अभियान नेपालले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याउन माग गर्दै छानबिनका लागि आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालयका  प्रमुख प्रशासकीय अधिकृत शम्शेरबहादुर राईले  घटना भएको लामो समय बितिसक्दा पनि अनुसन्धानमा ढिलासुस्ती भएको भन्दै दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन मागसहित बुधबार ज्ञापनपत्र प्राप्त भएको बताउनुभयो । गत भदौ ३० गते साँझ पञ्चमी बजारमा

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 343 पटक पढिएको
  • अनुगमनमा अनियमितता भेटिएपछि तीन फर्मलाई जरिवाना

    काठमाडौं— बजार अनुगमनका क्रममा अनियमितता फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ।विभागका अनुसार इमाडोलस्थित दशरथ ग्रोसरी प्रालिलाई ५० हजार रुपैयाँ, सूर्यविनायक–बालकोटको शाह एण्ड शाह इन्टरप्राइजेजलाई १० हजार रुपैयाँ र महालक्ष्मी–५ टिकाथलीको ए एण्ड ए सपिङ सेन्टरलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको हो।अनुगमनका क्रममा कानुन विपरीत कारोबार गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको विभागले जनाएको छ।यसैगरी, अन्य १५ वटा फर्मलाई भने सुधार गर्न निर्देशन दिइएको छ। विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको सहभा

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 491 पटक पढिएको
  • करिब १७१ किलो गाँजासहित एकजना पक्राउ

    काठमाडौं— मकवानपुरको मनहरी गाउँपालिका–९ खरङगा हरियाली सामुदायिक जङ्गलको भित्री बाटोबाट करिब १७१ किलो गाँजासहित एकजना प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार बिहान लागू औषध गाँजा करिब १७१ किलो २१ ग्रामसहित राक्सिराङ गाउँपालिका–४ सितताक बस्ने २० वर्षीय अक्कल प्रसाद स्याङतानलाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरीले भाबरबाट मनहरितर्फ आउँदै गरेको बा.१३ च २०१४ नम्बरको गाडीलाई जाँच गर्दा २७ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक अक्कल प्रसादलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 467 पटक पढिएको
  • लागू औषधसहित चारजना पक्राउ

    काठमाडौं— काठमाडौं महानगरपालिका–१६ बालाजु चोकबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १८ ग्राम, ५६ हजार नेपाली रुपैयाँ र २ हजार ८०० भारतीय रुपैयाँसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धनुषा, धनुषा धाम नगरपालिका–९ घर भएका १९ वर्षीय आदित्य मण्डल, ४१ वर्षीय शम्भु कार्की र भारत सितामणि घर भएका २७ वर्षीय जितु कुमार रहेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मोरङ, पथरी शनिश्चरे नगरपालिका–२ छिमेकीलाईबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २१० मिलिग्राम र नियन्त्रित लागू

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 523 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.