अपराध

    Showing 491-500 of 1,542 items.
  • सर्लाहीमा नख्खु कारागारबाट फरार कैदी नियन्त्रणमा

    सर्लाही –  नख्खु कारागार काठमाडौँबाट कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका एक कैदीलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका – ७ बस्ने करिब ३० वर्षका फिरोज मंसुर न्यु ब्लक नख्खु कारागारमा कैद भुक्तान गरिरहेका थिए । गत २५ भदौमा जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट भागी फरार भएका थिए ।गोप्य सूचनाको आधारमा सोमबार साँझ प्रहरी सहायक निरीक्षक शनिदेवल साहको कमाण्डमा खटिएको टोलीले मंसुरलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।हाल उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको र कारागार कार्यालय सर्लाही पठाउने तयारी भ

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 372 पटक पढिएको
  • जेन जी आन्दोलनसँग संलग्न भएको आरोपमा एकजनामाथि खुकुरी प्रहार

    हेटौंडा –  हेटौंडा उपमहानगरपालिका–१० फरेष्टीगेट अगाडि सोमबार साँझ करिब ६ बजे खुकुरी प्रहारबाट एक व्यक्ति घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार अन्दाजी ३४÷३५ वर्षका मकवानपुरगढी गाउँपालिका–५ निवासी प्रेम घिमिरेमाथि अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेका हुन् । घिमिरेको अवस्था मध्यम रहेको छ र थप उपचारका लागि भरतपुर रेफर गरिएको छ ।स्थानीयहरूका अनुसार घिमिरे जेन जी आन्दोलनमा सक्रिय रहेको भन्दै विवाद भएको थियो भने केहीले खुकुरी प्रहार गर्ने व्यक्ति एमाले,कांग्रेस र माओवादीसँग जोडिएको दाबी गरेका छन् । तर प्रहरीले घटनामा संलग्न व्यक्ति वा समूहको पह

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 437 पटक पढिएको
  • आन्दोलनमा हतियार लुट्ने दुई जना पक्राउ

    जनकपुर— जेनजी आन्दोलनको क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेश प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुई जना आज पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरीको एक थान एसएलआर राइफलसहित उपमहानगरपालिका वडा नं. ९ का ३७ वर्षीय मनिष कुमार अधिकारी तथा २१ वर्षीय सन्तोष कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।कार्यालय तोडफोड, आगजनी र लुटपाटमा प्रहरीको ५० राउण्ड गोलीसहित एक थान राइफल लुटिएको ‘सिसिटिभी’ भिडियोको आधारमा दुवै व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।भाडाको घर

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 438 पटक पढिएको
  • जेनजी प्रदर्शनका क्रममा चोरी भएका सामान फिर्ता गर्न सूचना

    दाङ, ३१ भदौः दाङको तुलसीपुरमा रहेका विभिन्न सरकारी कार्यालयले जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा चोरी भएका सामान फिर्ता गरिदिन सार्वजनिक रूपमा अनुरोध गरेका छन् । यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ को प्रदर्शनका क्रममा कार्यालय तोडफोड तथा आगजनीपछि चोरी भएका सामान फिर्ताका लागि आग्रह गरेका हुन् । उच्च सरकारी वकिल कार्यालय तुलसीपुरले आन्दोलनका क्रममा चोरी भएका सामान फिर्ता गरिदिन सार्वजनिक रूपमा अनुरोध गरेको छ । कार्यालयका निमित्त प्रमुख उपन्यायाधिवक्ता नगेन्द्र लम्सालद्वारा जारी सूचनामा कम्प्युटर, ल्यापटप, प्रिन्टर, हार्डडिक्स, कुर्सी, टेबल, फ्रिजलगायत सामग्री चोरी भएका उल्लेख छ । कार्

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 270 पटक पढिएको
  • स्रोत नखुलेको ७ लाख ६६ हजार नगदसहित तीन जना पक्राउ

    बाँके— स्रोत नखुलेको नगद रकमसहित तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बेलुकी कोहलपुर नगरपालिका–२ स्थित सालको बुटा नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।पक्राउ पर्नेमा कोहलपुर–५ का १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोका २६ वर्षीय ऋषिकेश मिश्रा रहेका छन्।इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले बा ८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा नगद रु ७ लाख ६६ हजारसहित फेला पारेको थियो। रकमको स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरल

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 491 पटक पढिएको
  • विराटनगरको भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव फेला

    विराटनगर—  विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भवनमा जलेको अवस्थामा एक शव फेला परेको छ। सोमबार दिउँसो सुपरमार्केटको दोस्रो तल्लामा पूर्णरूपमा जलेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीले जानकारी दिए ।कंकाल कसको हो भन्ने खुल्न नसकेको मोरङका एसपी नारायणप्रसाद चिमोरियाले बताए । हालैको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले विराटनगरको भाटभटेनीमा आगजनी गरेका थिए । प्रहरीको प्रारम्भिक अनुमानअनुसार, सोही आगजनीको बीचमा लुटपाटका लागि भित्र पसेका एक व्यक्तिको जलेर मृत्यु भएको हुन सक्छ । “शव पूर्ण रूपमा जलेको अवस्थामा भेटिएकोले पहिचान गर्न कठिन भइरहेको छ,” चिमोरियाले भने, “हामी घटनाको थप अनुसन्धान गर

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 482 पटक पढिएको
  • सिन्धुलीमा जेनजी आन्दोलनः १३ कार्यालय र ६ घरमा तोडफोड तथा आगजनी

    रामेछाप— भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिन्धुलीमा ठूलो तोडफोड र आगजनीका घटना भएका छन् । सो क्रममा १३ वटा सरकारी तथा गैरसरकारी कार्यालयमा क्षति पुग्नुका साथै ६ जना जनप्रतिनिधि र स्थानीय व्यक्तिहरूको घरमा समेत आगजनी, तोडफोड र लुटपाट भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।आन्दोलनकारीहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, कमलामाई नगरपालिका, मालपोत कार्यालय, जिल्ला समन्वय समिति, करदाता सेवा कार्यालय, नेपाल बार एसोसिएसन जिल्ला वार इकाई, कमलामाई नगरपालिका वडा नं ४, ५ र ६ का कार्यालयहरूमा तोडफोड र आगजनी गरेका छन् ।यसैगरी नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्र

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 560 पटक पढिएको
  • जेनजी आन्दोलनमा ज्यान गुमाएका २७ जनाको शव आफन्तलाई हस्तान्तरण

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका २७ जना प्रदर्शनकारीको शव पोष्टमार्टमपछि आफन्तले बुझेका छन्। त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम प्रक्रिया सम्पन्न गरी शव बुझाइएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जानकारी दिए।त्यस्तै, भदौ २४ मा आन्दोलनकारीको आक्रमणमा परी ज्यान गुमाएका तीन जना सुरक्षाकर्मीको शव पनि परिवारजनले बुझेका छन्।हाल अस्पतालमा १९ वटा शवको पोष्टमार्टम प्रक्रिया अझै बाँकी रहेको जनाइएको छ। यस्तै, ५ शवको पोष्टमार्टम सम्पन्न भए पनि आफन्तले अझै बुझेका छैनन्।नयाँ बानेश्वर क्षेत्रमा भएको झडप र आगजनीका घटनामा मृत्यु भएका ८ जना मृतकको अझै पहिचान खुलेको छैन।प्रद

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 459 पटक पढिएको
  • कञ्चनपुर कारागारबाट बाहिरिएका दुई सय ३९ कैदीबन्दी फिर्ता

    कञ्चनपुर— जेनजी आन्दोलनको क्रममा कञ्चनपुर कारागारबाट बाहिरिएका २३९ जना कैदीबन्दीहरु कारागारमा फर्किएका छन्। फिर्ता आएका कैदीबन्दीमध्ये २२७ जना पुरुष र १२ जना महिला रहेका कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीले जानकारी दिए । उक्त कारागारमा कुल ४७९ जना कैदीबन्दी थिए । जसमा लागूऔषध सम्बन्धी अभियोगमा मात्रै १६९ जना कैदी थुनामा रहेका थिए।त्यसैगरी कारागारमा रहेका २८ जना भारतीय कैदीबन्दीमध्ये हालसम्म १० जनालाई मात्रै प्रहरीले नियन्त्रणमा लिन सकेको छ। बाँकी १८ जना भारतीय कैदी अझै फरार छन्।प्रशासक जोशीका अनुसार, “कारागारबाट निस्केका केही कैदीहरू सम्पर्कमा छन्। उनीहरूले तीन दिनभि

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 258 पटक पढिएको
  • श्रीमतीलाई रुखमा बाँधेर दुई महिनाकी सुत्केरीमाथि बलात्कार, आरोपित पक्राउ

    मकवानपुर— मकवानपुरको राक्सिराङ गाउँपालिका–१, इन्द्रुङमा एक दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। सामाजिक रूपमा पछाडि पारिएको चेपाङ समुदायकी ती महिला अपाङ्गता (बोल्न असमर्थता) भएको अवस्थामा यौन हिंसाको शिकार बनेकी हुन्।२०८२ भदौ २६ गतेको राति एक व्यक्तिले ती महिलाका श्रीमानलाई रुखमा बाँधेर सुत्केरी श्रीमतीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ । राक्सिराङ प्रहरी चौकीका इञ्चार्ज नवीन सिंहका अनुसार घटनामा संलग्न रहेको अभियोगमा स्थानीय ४२ वर्षीय अन्तरे थिङलाई पक्राउ गरिएको छ। उनलाई आइतबार साँझ पक्राउ गरी थप अनुसन्धानका लागि मनहरी इलाका प्रहरी कार्यालयमा पठाइएको छ।अझै पन

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 458 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा