काठमाडौं— एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको बिरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकामध्ये ६ जना रिहा भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शनिबार पक्राउ परेका ६ जनालाई छाडिएको हो ।
उक्त प्रदर्शनका क्रममा कुल ७ जना पक्राउ परेका थिए । तीमध्ये विमल धमला भने अझै हिरासतमा राखिएका छन् ।
धमला प्रदर्शनका क्रममा सवारी साधन तोडफोडमा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ । साथै, उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी दुई वटा मुद्दा पनि रहेको प्रहरीले जनाएको छ।
उनलाई म्याद थप गरी अनुसन्धान अघि बढाउने प्रक्रिया प्रहरीले अगाडि बढाएको छ।






































