अपराध

    Showing 461-470 of 2,232 items.
  • सर्लाहीमा एसईई प्रश्नपत्र आउट गर्ने युवक पक्राउ

    सर्लाही— सर्लाहीमा यस वर्षको एसईईको प्रश्नपत्र बाहिर लाने प्रयास गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कविलासी नगरपालिका–५ पचगछियाका २४ वर्षीय मनोज कुमार यादव रहेका छन्।सर्लाही जिल्ला प्रहरी कार्यालयका अनुसार, यादवलाई सोही पालिकाको वडा नम्बर २ पिपरियास्थित श्री बाल गोविन्द जनता माध्यमिक विद्यालय परीक्षा केन्द्र बाहिर बिहीबार (मिति हालै) पक्राउ गरिएको हो। परीक्षा सुरु भएको केही मिनेटमै (८ः०९) उनी परीक्षा केन्द्रबाहिर बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।उनको मोबाइलमा परीक्षा भइरहेको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्रका ६ पाना भेटिएको प्रहरीले जनाएको छ । पक्राउ

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 468 पटक पढिएको
  • लागु औषधसहित युवक पक्राउ

    काठमाडौं— जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ ।बुधबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले नुवाकोट जिल्ला, ककनी गाउँपालिका–५ हिले घर भई काठमाडौं, नागार्जुन नगरपालिका–३ सिता बाल विकास माध्यमिक विद्यालय नजिक डेरा गरी बस्ने २४ वर्षीय सुनिल चिम्से (सुनिल गोले)लाई लागु औषधसहित पक्राउ गरेको हो ।प्रहरीका अनुसार गत १८ गते साँझ करिब ६ बजे प्राप्त सूचनाको आधारमा युवकको कोठा खानतलासी गर्दा ट्रामाडोल ४,६८० क्याप्सुल, नाइट्राजेपाम १४५ ट्याबलेट, डाइजापाम ६० एम्पुल, फेनार्गन ५८ एम्पुल, नुर्फिन ५८ एम्पुल, विभिन्न कम्पनीका मोबाइल ३ थान र नगद १७,३००

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 533 पटक पढिएको
  • मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ

    काठमाडौं— मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न एक प्रतिवादीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँची शितगंगा नगरपालिका–५ निवासी ३० वर्षीय शिवबहादुर सारु रहेका छन्।मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनलाई साउदी अरबबाट फ्लाई दुबइमार्फत नेपाल फर्कने क्रममा अध्यागमन कार्यालयको समन्वयमा नियन्त्रणमा लिएको हो।प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, सारुले सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत पीडितसँग सम्पर्क गरी आर्थिक प्रलोभन देखाउँदै ग्राहक खोज्ने र विभिन्न होटल तथा कोठामा पठाई जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको खुलेको छ।उनीविरुद्ध मानव

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 473 पटक पढिएको
  • इनिशा विकको शव २७ दिनपछि बुझिँदै, आजै अन्त्येष्टि गर्ने तयारी

    सुर्खेत— सुर्खेतकी १६ वर्षीया इनिशा विकको शव २७ दिनपछि परिवारले बुझ्ने भएका छन्। वीरेन्द्रनगर नगरपालिका–१ निवासी इनिशा गत २३ फागुनमा मृत अवस्थामा फेला परेकी थिइन्।घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान सुरु गरेको थियो। सुरुवातमा घटना शंकास्पद देखिए पनि पछि बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइएको थियो।यस प्रकरणमा जिल्ला अदालत सुर्खेतले चार जना अभियुक्तलाई बाल सुधार गृह पठाउने आदेश दिएपछि मात्रै परिवार शव बुझ्न सहमत भएको हो। आजै उनको अन्त्येष्टि गर्ने तयारी गरिएको छ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 558 पटक पढिएको
  • म्याद बुझेर काठमाडौं फर्किए रास्वपा सभापति रवि लामिछाने

    विरगञ्ज— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पर्सा जिल्ला अदालतमा निर्धारित कानुनी प्रक्रिया पूरा गरी काठमाडौं फर्किएका छन्।बुधबार सिमरा हुँदै विरगञ्ज आएका लामिछानेले पर्सा जिल्ला अदालतमा उपस्थित भई म्याद बुझ्ने कार्य सम्पन्न गरेका हुन्। अदालतमा आवश्यक प्रक्रिया पूरा गरेपछि उनी सोही दिन अपराह्न सुरक्षा व्यवस्थाकाबीच काठमाडौं फर्किएका छन् ।अदालत परिसरमा उनको उपस्थितिलाई मध्यनजर गर्दै बिहानदेखि नै कडा सुरक्षा व्यवस्था मिलाइएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरी सम्भावित भिड व्यवस्थापन गरिएको थियो। लामिछाने अदालत पुग्दा उनका समर्थकहरू पनि आसपा

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 478 पटक पढिएको
  • बलात्कारको धम्की दिनेविरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी

    काठमाडौं— नेकपा (एमाले) समर्थक जेन—जी अमिशा पराजुली सामाजिक सञ्जालमा चरित्र हत्या गर्नेहरुविरुद्ध भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा अभिव्यक्ति दिएपछि पराजुलीमाथि अमानवीय तवरले गालीगलौज तथा बलात्कारको धम्की समेत आएपछि साइबर ब्यूरोमा उजुरी दिएकी हुन् ।उनले आफ्नो भिडियोको दुरुपयोग गर्ने, गालीगलौज गर्ने तथा बलात्कारको धम्की दिने सबैमाथि एकमुष्ट उजुरी दिएको बताइन् । सामाजिक सञ्जालबाट गालीगलौज तथा बलात्कारको धम्की आएको उनको भनाइ छ । आफूले केही गलत नगरेको र केही पनि गलत कुरा नबोलेको भएपनि आफूमाथि नकारात्मक प्रतिक्रिया दिइएको उन

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 536 पटक पढिएको
  • धनुषामा लागूऔषध सहित फार्मेसी सञ्चालक पक्राउ

    जनकपुर— धनुषा प्रहरीले भारी मात्रामा लागूऔषध सहित फार्मेसी सञ्चालकलाई पक्राउ गरेको छ । धनुषाको ढल्केबरमा एक औषधि पसलबाट ठूलो परिमाणमा लागूऔषध सहित औषधि पसलका सञ्चालकलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा ढल्केबरस्थित निको फार्मेसीका सञ्चालक धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरका ५० वर्षिय रामकुमार महतो रहेको इलाका प्रहरी कार्यालय ढल्केबर, धनुषाले जनाएको छ । महतोले सञ्चालन गर्दै आएको फार्मेसीबाट टापेन्टा ट्याब्लेट ४६० पत्ताा, स्पासरेस्ट ९५ पत्ता र डोवेल ६० पत्तासहित नगद १ लाख ३५ हजार रुपैयाँ बरामद गरिएको छ ।मिथिला नगरपालिका–१० रातोपुलस्थित लालगढबाट बर्दिवासतर्फ पैदल जाँदै गरेका तीन ज

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 530 पटक पढिएको
  • अर्थ मन्त्रालयमा दीपक भट्टलाई कारबाही गर्नेबारे छलफल

    काठमाडौं— विवादास्पद व्यापारी तथा बिचौलिया दीपक भट्टमाथि थप कारबाहीका विषयमा अर्थ मन्त्रालयमा बिहानैदेखि उच्चस्तरीय छलफल चलिरहेको छ।अर्थमन्त्री स्वर्णिम वाग्ले र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरबीच भएको छलफलले लामो समयदेखि ‘सत्ता–शक्ति’को संरक्षणमा सुरक्षित रहेको भट्टमाथि मुद्दा अघि बढाउने अन्तिम निर्णयमा पुग्ने अपेक्षा गरिएको छ।१२ वर्षअघि उनले प्रहरी मुख्यालयमा प्रहरीका लागि हतियार खरिद गर्ने ‘डिल’ मिलाएको गोप्य संवाद बाहिरिए पनि तत्काल कुनै कारबाही नभएको थियो।हाल उनलाई तत्काल देश छाड्न सक्ने सम्भावना देखिएकोले विभागले हतारमा उनलाई कालोसूचीमा राख्न अध्यागमन विभा

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 557 पटक पढिएको
  • दीपक खड्का र रेखा शर्माको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पौडेलको इजलासमा

    काठमाडौं— पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का र एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ ।पूर्वमन्त्री खड्काको हकमा श्रीमती बिनिता खड्का र रेखा शर्माको हकमा चिन्तामणि शर्माले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेका थिए ।पूर्वमन्त्री खड्का सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि आइतबार पक्राउ परेका थिए ।एमालेको लुम्बिनी प्रदेश सांसद शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिका विरूद्धको कसुर गरेको आरोप छ ।केही वर्ष पहिला उनको घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिकाले उद्धार गरेको

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 555 पटक पढिएको
  • प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनी ९ लाख रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

    काठमाडौं— प्रहरीले काठमाडौंबाट प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनी पैसा ठगी गर्ने २ जना पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं, बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्ग भित्र बस्ने ४५ वर्र्षीय हरि बहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) पक्राउ परेका हुन् ।भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परी हाल सुनधारा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका ३ जना प्रतिवादीहरूलाई छुटाइदिने भन्दै उनीहरूले ठगी गरेका हुन् ।उनीहरुले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै सेटिङ

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 488 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.