अपराध

    Showing 441-450 of 2,232 items.
  • काठमाडौंको पिङ्गलास्थानमा प्रहरीले चलायो गोली, दुई जना पक्राउ

    काठमाडौं— लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ ।करिब एक किलो बढी लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।उनले भने, 'विशेष सूचनाका आधारमा लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा हामीले गोली चलाउनुपर्‍यो, त्यस क्रममा विहार मधुवनी जिल्ला घर भएका अन्दाजी ३०–३५ का अनिलकुमार पासवान गोली लगेर घाइते भएका छन् ।'पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 509 पटक पढिएको
  • मकवानपुरमा प्रहरीको ‘अपरेसन ड्रप’: अबैध क्रियाकलापमा संलग्न ४० भन्दा बढी व्यक्ति पक्राउ

    हेटौँडा— मकवानपुर जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेसन ड्रप’ अन्तर्गत दुई दिनमै ४० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी श्यामबहादुर खत्री तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीको कमाण्डमा खटिएको प्रहरी टोलीले विभिन्न अवैध क्रियाकलापमा संलग्न तथा ठगी धन्दामा सक्रिय व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।एसपी खत्रीले मकवानपुर जिल्लामा बढ्दै गएका अवाञ्छित गतिविधि, ठगी तथा सामाजिक असुरक्षालाई नियन्त्रणमा लिन अभियानलाई कडाइका साथ अघि बढाइएको जानकारी दिए ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 532 पटक पढिएको
  • सरप्राइज चेकिङ्गमा मापसे गरेका एक दर्जन चालक समातिए

    काठमाडौं— मादक पदार्थ सेवन अर्थात् (अर्थात) मापसे गरेर सवारी साधन चलाउने एक दर्जन चालक पक्राउ परेका छन् । सोमबार बिहान काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको सरप्राइज चेकिङ्गमा उनीहरु समातिएका हुन् । दुई यात्रुवाहक बस, एउटा स्कुल बस, दुईटा मिनी ट्रक, एउटा सुमो, एउटा माइक्रो, एउटा टेम्पो, एउटा पर्यटन भ्यान र तीन वटा निजी कारका चालक पक्राउ परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयले आफू सवार सवारी साधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्कालै नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ वा प्रहरीको १०० नम्बरमा खबर गर्न

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 438 पटक पढिएको
  • कपिलवस्तुमा १५ दिनअघिको झडपमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु

    कपिलवस्तु— कपिलवस्तुको महाराजगञ्ज नगरपालिका- वरगदा घटनामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।महाराजगञ्ज नगरपालिका-भुटहनियाका २२ वर्षीय जितेन्द्र यादवको आज चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिए।चिकित्सकका अनुसार यादवको अवस्था सुधार हुँदै गएको भन्दै उनलाई वार्डमा सारिएको थियो। तर वार्डमै उपचारका क्रममा उनको मृत्यु भएको हो।गत चैत ७ गते वरगदा गाउँमा हिन्दु-मुस्लिम समुदायबीच भएको झडपपछि स्थिति तनावग्रस्त बनेको थियो। सोही क्रममा भीड नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीले फायरि

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 535 पटक पढिएको
  • नियन्त्रित लागू औषधसहित एकजना पक्राउ

    काठमाडौं— कास्कीमा नियन्त्रित लागू औषधसहित एकजना प्रहरीले पक्राउ परेको छ ।प्रहरीले पोखरा महानगरपालिका–३ तेस्रापट्टीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३८ एम्पुल, बुप्रेनोफिन ४१ एम्पुल र फेनारगन ३७ एम्पुलसहित एकजना पक्राउ गरेको हो । महानगरपालिका–१६ बाटुलेचौर बस्ने पाल्पा तानसेन घर भएका ४५ वर्षीय संजय श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।अस्थायी प्रहरी पोष्ट नदीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 507 पटक पढिएको
  • सर्लाहीको मालपोत कार्यालय र यातायात कार्यालयको ट्रायल सेन्टरबाट ९ जना बिचौलिया पक्राउ

    सर्लाही— सर्लाहीको सदरमुकाम मलंगवास्थित भूमि सुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट ९ जना बिचौलिया पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार साँझ करिब ४ः५० बजे मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर र मालपोत कार्यालय मलंगवा परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।पक्राउ पर्नेहरूमा मलंगवा–६ का २७ वर्षीय जय प्रकाश साह र मलंगवा–८ का २० वर्षीय रबी साह रहेका छन्। उनीहरू दुई जनालाई ट्रायल सेन्टरबाट नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका निमित्त प्रहरी प्रवक्ता बिन्देश्वर यादवले जानकारी दिए ।त्यस्तै, मालपोत कार्यालय परिसरबाट हरिपुर्वा–६ का ४० वर

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 604 पटक पढिएको
  • तीन ठूला मार्ट कारबाहीको दायरामा

    काठमाडौँ । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायरामा ल्याएको छ ।आज स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले ती चार वटा मार्टलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । विभागले मेट्रो मार्केट प्रालि इमाडोल, सेलवेज क्यास एण्ड क्यारी प्रालि महाराजगञ्ज, मेगा मार्ट प्रालि विशालनगर र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि चक्रपथलाई तीन दिन भित्र कागजातसहित उपस्थित हुन निर्देशन दिएको हो । त्यसैगरी मुना कृषि लिमिटेडलाई पनि उस्तै किसिमको निर्देश

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 375 पटक पढिएको
  • देश चलाउन २८ अर्ब ऋण लिए बालेन सरकारले

    काठमाडौं— सरकारले झण्डै २८ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा स्वीकार गरेको छ ।दुई परियोजनाका लागि मन्त्रिपरिषद् बैठकले यस्तो सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय लिएको हो ।अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर ऋण लिनेछ ।त्यस्तै, दीगो र समावेशी वित्त परियोजनाका लागि कुल ९५ मिलियन डलरको सहुलियतपूर्ण ऋण सुविधा समेत स्वीकार गर्ने सरकारको निर्णय छ ।हालको विनिमयदर अनुसार सबै ऋण सहयोगको कुल रकम २८ अर्ब नेपाली रुपैयाँ बराबर हुन्छ ।

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 537 पटक पढिएको
  • यातायात र नापीबाट ३२ जना पक्राउ

    काठमाडौं— बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार गठनसँगै यातायात कार्यालय, नापी कार्यालय लगायतका कार्यालयहरुमा प्रहरीले सक्रियता देखाएको छ । यसअघि त्यस्ता कार्यालयहरुमा आम सर्वसाधारणले दुख हैराउने पाउने गरेको गुनासो आउने गरे पनि गुनासो सुनुवाइ हुने गरेको थिएन । तर सरकार गठनको एक सातामा नै त्यस्ता कार्यालयहरुमा आम नागरिकले सहज रुपमा सेवासुविधा पाउन थालेका हुन् । ती कार्यालयहरुबाट प्रहरीले दैनिकजसो बिचौलियाहरुलाई पक्राउ गर्ने गरेको छ । आइतबार मात्रै प्रहरीले ललितपुरको लगनखेलस्थित नापी र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयबाट ३२ जना बिचौलियाहरुलाई पक्राउ गरेको छ । ती कार्यालयमा सेवा लिन आउने

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 472 पटक पढिएको
  • लागू औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

    काठमाडौं— लागू औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित वुद्ध ब्वाईज होस्टेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेटसहित सोही होस्टेलमा बस्ने झापा घर भएका २७ वर्षीय अभिषेक भारतीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस्तै, कैलाली, धनगढी उपमहानगरपालिका–१२ जुगेडा कटानबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय शिवराज विक समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 530 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.