काठमाडौं— कास्कीमा नियन्त्रित लागू औषधसहित एकजना प्रहरीले पक्राउ परेको छ ।

प्रहरीले पोखरा महानगरपालिका–३ तेस्रापट्टीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३८ एम्पुल, बुप्रेनोफिन ४१ एम्पुल र फेनारगन ३७ एम्पुलसहित एकजना पक्राउ गरेको हो । महानगरपालिका–१६ बाटुलेचौर बस्ने पाल्पा तानसेन घर भएका ४५ वर्षीय संजय श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट नदीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।