काठमाडौं— मादक पदार्थ सेवन अर्थात् (अर्थात) मापसे गरेर सवारी साधन चलाउने एक दर्जन चालक पक्राउ परेका छन् । सोमबार बिहान काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको सरप्राइज चेकिङ्गमा उनीहरु समातिएका हुन् ।
दुई यात्रुवाहक बस, एउटा स्कुल बस, दुईटा मिनी ट्रक, एउटा सुमो, एउटा माइक्रो, एउटा टेम्पो, एउटा पर्यटन भ्यान र तीन वटा निजी कारका चालक पक्राउ परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयले आफू सवार सवारी साधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्कालै नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ वा प्रहरीको १०० नम्बरमा खबर गर्न अनुरोध गरेको छ ।






































