अपराध

    Showing 431-440 of 2,232 items.
  • पाट्न दरबार स्क्वायरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु

    काठमाडौं— बुधबार साँझ ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ । उनिहरुको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भई हाल ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङ रहेका छन् ।चैत २५ मा साँझ उनीहरूमाथि चक्कु प्रहार भएको थियो । दुईपक्षको बिचमा विवाद हुँदा चक्कु प्रहार भएको थियो । दुवै जनाको पेटमा गहिरो चोट लागेको थियो ।घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 439 पटक पढिएको
  • सर्लाहीका सरकारी कार्यालयहरूमा बिचौलियाहरू अझै सक्रिय

    सर्लाही— भूमि व्यवस्थापनसँग सम्बन्धित कार्यालयहरूमा अनधिकृत व्यक्तिको प्रवेश निषेध गर्न सरकारको स्पष्ट निर्देशन भए पनि जिल्लाका विभिन्न सरकारी निकायमा बिचौलियाको गतिविधि अझै रोकिएको छैन ।गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत, नापी लगायतका कार्यालयमा बिचौलिया निषेध गर्न निर्देशन जारी गरेको थियो । तर सर्लाहीका केही कार्यालयमा उक्त निर्देशन कार्यान्वयन प्रभावकारी रूपमा हुन नसकेको देखिएको छ ।गत आइतबार मात्रै जिल्ला सदरमुकाम मलंगवास्थित भूमि सुधार तथा मालपोत कार्यालय तथा यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट प्रहरीले ९ जना बिचौलियालाई पक्राउ गरेको छ । उनीहरू से

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 423 पटक पढिएको
  • लागू औषध ब्राउन सुगरसहित ३ जना पक्राउ

    विराटनगर । झापा र सुनसरी जिल्लाका दुई छुट्टै स्थानबाट लागू औषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।चैत २४ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पैदल यात्री कमल गाउँपालिका-६ का २४ बर्षीय नवराज भट्टराईलाई ६ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ बाट को. ३९ प ५९३७ नम्बरको स्कुटरमा सवार धरान-१७ का असिम राई र चिरञ्जिवी राईलाई ३ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरको छ ।पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 246 पटक पढिएको
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं— गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी, पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामो समयदेखि उनीहरूको सम्पत्तिको स्रोतबारे निगरानी गर्दै आएको थियो। सोही अनुसन्धानलाई अगाडि बढाउने क्रममा थप सोधपुछ तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइएको जनाइएको छ।यद्यपि, हाल देउवा दम्पती देश बाहिर रहेको जानकारीका कारण पक्राउ प्रक्रिया कार्यान्वयन हुन सकेको छैन। उनीहरू स्वदेश फर्किएपछि नियन्त्रणमा लिएर अनुसन्धानलाई तीव्र

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 476 पटक पढिएको
  • ब्राउन सुगरसहित २ जना पक्राउ

    काठमाडौं— भक्तपुरको सूर्यविनायकबाट ​ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका ६ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३० वर्षीय राजकुमार तामाङ र भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नलिञ्चोक घर भई हाल भक्तपुर पाण्डुबजार बस्ने ३७ वर्षीय प्रणय केसी छन् ।उनीहरूलाई भक्तपुरको सूर्यविनायक नगरपालिका ६ पाण्डुबजारमा रहेको चिया पसलबाट मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी ​प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगूले जानकारी दिए ।​डीएसपी जबेगूका अनुसार उनीहरूको साथबाट ६.७१ ग्राम ब्राउन सुगर बरामद भएको छ । थप अनुसन्धान भइरहेको प

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 490 पटक पढिएको
  • बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाडौं— हाँस्य कलाकार तथा मोडल सागर लम्साल (बले) लाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।अमेरिकामा बस्ने एक किशोरीले बलात्कार आरोप लगाएपछि पक्राउ परेका बलेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । ति किशोरीले सामाजिक सञ्जाल फेसबुक मार्फत बलेले करीब एकवर्ष अघि आफुमाथी जबरजस्ती करणी गरेको आरोप लगाएकी थिईन् ।शनिबार बूढानीलकण्ठबाट पक्राउ परेका उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका लागी ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 528 पटक पढिएको
  • लागू औषध खैरो हेरोइनसहित तीनजना पक्राउ

    काठमाडौं— प्रहरीले लागू औषध खैरो हेरोइनसहित तीनजना पक्राउ गरेको छ ।कैलालीको धनगढी उपमहानगरपालिका-९ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २७० मिलिग्रामसहित सोही उपमहानगरपालिका-८ बस्ने २० वर्षीया पुष्पा रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।कञ्चनपुरको भीमदत्त नगरपालिका-६ बनगाउँ बैजनाथ टोलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय राजेन्द्र ओड र २६ वर्षीय डाइमण्ड शमसेर टम

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 548 पटक पढिएको
  • भाउजूको प्रवेशपत्र लिएर एसइई परीक्षा दिएको आरोपमा देवर पक्राउ

    इनरुवा— जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी हरिनगर–६ का २० वर्षीया नुसरत खातुनलाई पक्राउ गरिएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केशव थेबेले खातुनले आफ्नै भाउजू सलमा अजहरको नाममा जारी गरिएको प्रवेशपत्र लिएर परीक्षा दिइरहेको पाइएपछि पक्राउ गरिएको हो । पहिलो दिनदेखि नै लगातार परीक्षा दिँदै आएको भए पनि आज नियन्त्रणमा लिएको उनले जानकारी दिए ।भोक्राहा–२ स्थित जामिया इस्लामिया मदरसामा कक

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 530 पटक पढिएको
  • भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

    एजेन्सि— भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको हत्या गरेको आरोपमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) को विज्ञप्ति अनुसार तमिलनाडु राज्यको मदुराईका जिल्ला न्यायाधीशले मङ्गलबार व्यापारी जयराज र उनका छोरा बेनिक्सको हिरासतमा हत्या भएको घटनामा अधिकारीहरूलाई दोषी गरेको थियो । जेल जीवन बिताइरहेका उनीहरुलाई प्रहरी अधिकारीहरूले क्रूर यातना दिएर हत्या गरेको जनाइएको छ । मिडिया रिपोर्टका अनुसार मोबाइल पसल चलाउने उनीहरूलाई कोभिड–१९ महामारीको समयमा लकडाउनका क्रममा अनुमति दिइएको समयभन्दा बढी समय आफ्नो पसल खुला राखेको आरोपमा पक्

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 556 पटक पढिएको
  • विद्युत प्राधिकरणका इन्जिनियर १ लाख ४० हजार घुससहित पक्राउ

    सप्तरी— नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास घुस रकमसहित पक्राउ परेका छन् ।उनलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार इन्जिनियर दासले चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर राखेर लाइन छाडिदिने भनेर सेवाग्राहीसँग घुस मागेको भन्दै उजुरी परेको थियो । त्यस आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले दासलाई घुस रकमसहित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ बाट सोमबार नियन्त्रणमा लिएको हो ।उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्त

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 543 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.