अपराध

    Showing 421-430 of 2,232 items.
  • लागू औषधसहित ४ जना पक्राउ

    काठमाडौं— लागू औषधसहित विभिन्न स्थानबाट ४ जना पक्राउ परेका छन् ।नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट लागूऔषध गाँजा करिब १८ किलो ६८८ ग्रामसहित सोही ठाउँ बस्ने ६० वर्षीया बेली बनियालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।ललितपुरको गोदावरी नगरपालिका-५ लेलेबाट लागूऔषध गाँजा करिब ३० किलोग्रामसहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ लेले घर भएका ४० वर्षीय किरण कुमार परियार, ३१ वर्षीय निर्मल घलान र ५९ वर्षीय राज कुमार सुन्दास रहेका छन

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 463 पटक पढिएको
  • स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

    काठमाडौं— सुनसरीको कोशी गाउँपालिका-८ भन्टावारिबाट स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ परेका छन् । प्रहरीले शुक्रबार बिहान  ६ लाख ४८ हजार ७१० नेपाली रुपैयाँ र १२ हजार ९५० भारतीय रुपैयाँ सहित २ पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा तिलाठी कोईलाडी गाउँपालिका९५ बस्ने ५८ वर्षीय राम लखन यादव र भारत सुपौल छिटही हनुमान नगर९१५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् । इलाका प्रहरी कार्यालय भन्टावारिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२१ प १४९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत २८, २०८२
    • 429 पटक पढिएको
  • दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।निर्वाचन भाँड्ने गतिविधि गरेको भन्दै शान्तिविरुद्धको कसुर मुद्दा दायर भएको हो ।प्रसाईंलाई गत ११ फागुनमा प्रहरीले पक्राउ गरी पछि हाजिरी जमानीमा छाडेको थियो । सोही कसुरमा जिल्ला प्रशासन कार्यालयमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो ।

    • प्रकाशित मितिः चैत २८, २०८२
    • 479 पटक पढिएको
  • मध्यपूर्वी देशमा द्वन्द्वः २८ जना घाइते, ११ नेपाली पक्राउ

    काठमाडौं— अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण खाडी मुलुकमा २८ जना नेपाली घाइते भएका छन् । तीमध्ये २७ जना सामान्य अवस्थामा रहेको परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।द्वन्द्वसम्बन्धी फोटो र भिडियो सामाजिक सञ्जालमा हालेपछि ११ नेपाली पक्राउ परेको पनि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी गराए । उनीहरूले डर र त्रास फैलाउने सामग्री हालेपछि पक्राउ परेका थिए ।उनले भने, ‘नेपालले अमेरिका र इरानबीच जारी द्वन्द्वलाई नजिकबाट नियाली रहेको छ । मध्यपूर्वी देशमा जारी द्वन्द्वका कारण खाडी मुलुकमा घाइते हुने नेपालीको संख्या २८ पुगेको

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 559 पटक पढिएको
  • जेन-जी आन्दोलनका क्रममा भागेका थुनुवा पक्राउ

    सर्लाही— जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक थुनुवालाई सर्लाहीबाट प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले मलंगवा नगरपालिका-९ गोरखकाली क्षेत्रबाट २५ वर्षीय सुनील बरहीलाई बिहीबार बिहान करिब ७ बजे नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार मलंगवा नगरपालिका-१२ निवासी बरही भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा कारागार कार्यालय सिन्धुलीको पर्खाल फुटाई फरार भएका थिए।उनी अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका फरार प्रतिवादी हुन्।सर्लाही प्रहरीका अनुसार २०७८ चैत २० गते साँझ मलंगवा-१२ का आठ वर्षीय बालक मिठु भन्ने आकाशकुमार

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 497 पटक पढिएको
  • अंश विवादको पृष्ठभूमिमा पोखरामा एकल महिलाको विभत्स हत्या,भाञ्जा पक्राउ

    पोखरा— एकल महिला सिर्जना पौडेल केसीको हत्या प्रकरणमा प्रहरीले उनका भाञ्जालाई पक्राउ गरेको छ । पारिवारिक कलह र अंशसम्बन्धी विवादका कारण हत्या भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।चैत २५ गते साँझ पृथ्वीचोकस्थित आफ्नो जुत्ता पसल बन्द गरेर घर फर्किने क्रममा शिवालय चोक हुँदै सभागृह चोकतर्फ जाँदै गरेकी सिर्जनामाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको थियो । टाउकोमा गम्भीर चोट लागेपछि उनी सडकमै ढलेकी थिइन् र घटनास्थलमै मृत्यु भएको थियो ।घटनापछि फरार भएका व्यक्तिको खोजीमा जुटेको प्रहरीले अनुसन्धानका क्रममा मृतककै भाञ्जा संलग्न रहेको पुष्टि गर्दै उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी यसअघि

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 565 पटक पढिएको
  • छुरा प्रहार घटनामा संलग्न दुई जना पक्राउ

    ललितपुर । ललितपुर महानगरपालिका–१२ मंगलबजारस्थित कृष्ण मन्दिर अगाडि भएको छुरा प्रहार घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले घटनामा संलग्न ललितपुर महानगरपालिका–९ भोलढोका बस्ने ३२ वर्षीय सञ्जिव नेपाली (सञ्जु) र नवलपरासी गैँडाकोट–१ घर भई हाल ललितपुर–८ बस्ने २२ वर्षीय गगन सुनारलाई पक्राउ गरेको जनाएको छ । घटनामा प्रयोग भएको छुरा सहित उनीहरूलाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।प्रारम्भिक अनुसन्धानअनुसार फोनमार्फत भएको सामान्य विवादले उग्र रूप लिँदा दुवै पक्षबीच मंगलबजारमा भेट हुने सहमति भएको थियो ।भेटघाटका क्रममा सञ्जिव नेपालीले साथमा ल्याएको धारिलो छुरा

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 222 पटक पढिएको
  • सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर

    काठमाडौं— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायरको गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करीको अभियोगमा महराविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले पूर्वसभामुख महरा र नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको थियो । चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा अख्तियारले महरा र सहसचिव पोखरेल तथा महराका छोरा राहुलसहितलाई प्रतिवादी बनाएर बिहीबार करिब ७ करोड रुपैयाँ बिगो कायम गरी विशेष अ

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 555 पटक पढिएको
  • मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला

    काठमाडौं— ट्राफिक प्रहरीले चोरी भएको मोटरसाइकल ग्यारेजको अगाडि पार्ट पुर्जा खोली लुकाइ राखेको अवस्थामा फेला परेको छ ।बाप्र०२–०३४प ९८३१ नम्बरको कालो रङको २२० सिसीको पल्सर मोटरसाइकल हराएको भनी पीडितले काठमाडौं उपत्यका प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएकोमा खोजी गर्दै जाँदा उक्त मोटरसाइकल पार्ट पुर्जा खोलेको अवस्थमा फेला पारिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाइ जानकारी दिए।उनले भने, “काठमाडौंको तारकेश्वर नगरपालिका–४ रातोपुलमा रहेको मोटरसाइकल ग्यारेज अगाडि पार्ट पुर्जा खोली सकेको अवस्थामा फेला परेको र खोलिएका पार्टपुर्जाहरु लुकाइछिपाइ

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 592 पटक पढिएको
  • लागू औषधसहित चार जना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका-९ भत्केकोपुलबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ हजार ७० एम्पुल, नोर्फिन १ हजार ११५ एम्पुल र फेनारगन १ हजार ८० एम्पुल सहित सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएका ४२ वर्षीय सन्तोष कुँवरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही महानगरपालिका-९ गैरीगाउँस्थित उनकै डेरा कोठा तलासी गर्दा नगद ३ लाख ११ हजार ५५०, विभिन्न देशका मुद्राहरू र सुन जस्तो देखिने धातुका विभिन्न गरगहनाहरू समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।तनहुँको आ

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 187 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.