अपराध

    Showing 341-350 of 1,542 items.
  • वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या

    काठमाडौं— वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (एफपिआइएमएस)मा समस्या आएपछि श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई सास्ती भएको छ । मङ्गलबारदेखि उक्त प्रणालीमा समस्या आएपछि विभाग बाहिरबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई समस्या उत्पन्न भएको विभागका सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए ।उनले भने, “एफपिआइएमएसमा समस्या आएकाले बाहिरबाट आवेदन दिने सेवाग्राहीलाई थप सास्ती भएको छ । अति जरुरी श्रम स्वीकृतिका लागि विभागमा आएकालाई हाम्रो अर्को प्रणालीबाट सेवा दिइरहेका छौँ । विभाग बाहिरबाट आवेदन दिनेको हकमा समस्या भइरहेको हो ।”त्यसैगरी, वेबसाइटमा देखिएको समस्या मङ्गलबारदेखि समाधान भएको व

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 430 पटक पढिएको
  • यस्तो छ व्यवसायी देवीप्रसाद भट्टचन पक्राउ पर्नुको कारण

    काठमाडौं—  नेकपा एमालेका पूर्वसांसद तथा व्यवसायी देवीप्रसाद भट्टचन पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको जानकारी दिएको हो ।सिआईबीले भट्टचनलाई प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ । उनीविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको भन्दै एक वर्षअघि नै जाहेरी दिएकी थिइन् ।विगतमा प्रहरी कार्यालयहरूले जाहेरी लिन नमानेपछि लामाले सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दर्ता गराएकी थिइन् । २

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 414 पटक पढिएको
  • प्रहरीमाथि कुटपिट र तोडफोडमा संलग्न दुई जना पक्राउ

    काठमाडौं— गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण र कार्यालय तोडफोडमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीका अनुसार, पक्राउ पर्नेहरूमा सिन्धुली गोलञ्जोर गाउँपालिका–१ का २२ वर्षीय अलिष श्रेष्ठ र रसुवा उत्तरगया गाउँपालिका–४ का २७ वर्षीय सौरभ तामाङ रहेका छन्। उनीहरू हाल क्रमशः काठमाडौंको सुकेधारा र मनोमैजुमा बसोबास गर्दै आएका थिए।प्रहरीका अनुसार, उनीहरूले भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी जवान उत्तम थापामाथि कुटपिट गरेका थिए। त्यस क्रममा आन्दोलनकारी समूहले प्रहर

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 437 पटक पढिएको
  • भालुको पित्तसहित दुई जना पक्राउ

    काठमाडौं— संरक्षित वन्यजन्तुको अंगजस्तो देखिने भालुको पित्तसहित दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।सीआईबीका अनुसार, अवैध रूपमा भालुको पित्त ओसारपसार र बिक्री गर्न खोजेको विशेष सूचनाका आधारमा कार्तिक ९ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, रुप्सेटारबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।पक्राउ पर्नेहरूमा कालिकोट खाँडाचक्र नगरपालिका–६ का २५ वर्षीय रमेशबहादुर शाही र २८ वर्षीय कृष्णबहादुर शाही रहेका छन्।उनीहरूको साथबाट ५६८ ग्राम तौलका दुई थान भालुको पित्तजस्तो देखिने आखेटोपहार बरामद गरिएको सीआईबीले जनाएको छ।पक्राउ परेका दुवैजनालाई बरामद सामग्रीसहित डिभिजन वन कार्यालय,

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 473 पटक पढिएको
  • इनरुवामा मोटरसाइकल ठक्कर: महिला गम्भीर घाइते, आर्थिक सहयोगको याचना

    सुनसरी — सुनसरीको इनरुवा–७ निवासी बेचनीदेवी साह ग्यालेम्बर मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी छन्। दुर्घटना कार्तिक ४ गते साँझ करिब ६ बजेतिर घटेको हो।प्रत्यक्षदर्शीका अनुसार मनिस कुमार यादवले चलाएको ग्यालेम्बर मोटरसाइकलले बेचनीदेवीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर रूपमा घाइते भएकी साहलाई तत्काल उपचारका लागि नोबल अस्पताल लगिएको र अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।घाइतेकी साहका छोरा वीरेन्द्र कुमार साहका अनुसार उपचारका क्रममा लाखौं रुपैयाँ खर्च भइसकेको छ र थप उपचारका लागि आर्थिक अभाव देखिएको छ। उनले आमाको ज्यान बचाउनका लागि सहयोगकाे याचना समेत गरेका छन्।उनका भनाइअनुसार चालक पक्षबा

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 537 पटक पढिएको
  • जेनजी आन्दोलनका बेला नक्खु कारागारबाट भागेका युवक पक्राउ

    काठमाडौं— जेनजी आन्दोलनका बेला ललितपुरस्थित नक्खु कारागारबाट भागेका थप एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीका अनुसार भदौ २४ गते नक्खु कारागारबाट फरार कर्तव्य ज्यान मुद्दाका २० वर्षीय युनिक लामालाई सोमबार काठमाडौंको गुह्येश्वरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनलाई नक्खु कारागार ललितपुर पठाइएको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 409 पटक पढिएको
  • लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही गर्न महासङ्घको आग्रह

    काठमाडौँ, १० कात्तिकः नेपाल उद्योग वाणिज्य महासङ्घले ‘जेनजी’ आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग आग्रह गरेको छ । महासङ्घले ती घटनामा संलग्नहरुको जाहेरी नै नलिएको सदस्यहरुबाट गुनासो आइरहेकाले यसले समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही हुने उल्लेख गर्दै यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो । महासङ्घले यी घटनाले निजी क्षेत्रको मनोबल कमजोर पार्ने मात्र नभई आर्थिक क्रियाकलापमै नकारात्मक असर पु-याएको विज्ञप्तिमार्फत जनाएको छ

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 200 पटक पढिएको
  • स्वागत नेपालसँग प्रहरीले लियो ६ घण्टा बयान

    काठमाडौं— अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले करिब ६ घण्टा लामो बयान लिएको छ ।ब्यूरोले बोलाएपछि नेपाल आइतबार भोटाहिटीस्थित ब्यूरोको कार्यालयमा पुगेका थिए । आइतबार नेपालसँग करिब ६ घण्टा सोधपुछ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए ।‘उहाँ हिजो आउनु भएको थियो करिब साढे ५, ६ घण्टा जति कुराकानी भएर जानुभयो,’ अवस्थीले भने ।एसपी अवस्थीका अनुसार आज बिदा परेकाले मंगलबार थप सोधपुछ हुने बताए । नेपाल पनि मंगलबार उपस्थित हुने भन्दै ब्यूरोबाट बाहिरिएका थिए । उनीमाथि लागेको आरोपका बारेमा प्रहरीले उनीमाथि सोधपुछ गरेको हो ।नेपालमाथि साइबर अपराधको आरोप छ । साइबर

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 464 पटक पढिएको
  • सङ्खुवासभामा सेना, सशस्त्र र प्रहरीको संयुक्त सुरक्षा गस्ती

    सङ्खुवासभा— जेनजी आन्दोलनपछि उत्पन्न भएको सुरक्षा चुनौती र चाडपर्वको चहलपहललाई मध्यनजर गर्दै सङ्खुवासभामा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जिल्लाका मुख्य बजार क्षेत्रहरूमा एकसाथ पैदल तथा मोबाइल गस्ती थालेका हुन्।जिल्लाका खाँदबारी, तुम्लिङटार, चैनपुरलगायत बजार क्षेत्रमा विगत केही दिनयता संयुक्त टोलीको सक्रिय उपस्थिति देखिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार पछिल्ला राजनीतिक गतिविधि, आन्दोलन र भीडभाडका कारण सुरक्षामा थप चुनौती देखिएकाले सहकार्यमा संयुक्त गस्ती निगरानी बढाइएको हो।“जिल्लामा शान्त

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 450 पटक पढिएको
  • पाँचथरमा बुवाद्वारा छोरामाथि गोली प्रहार, घटनास्थलमै मृत्यु

    पाँचथर— पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बामा बुवाले आफ्नै छोराको गोली हानी हत्या गरेका छन्।भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले मादक पदार्थ सेवन गरेको अवस्थामा आइतबार दिउँसो करिब ३ः२० बजे आफ्नै १७ वर्षीय छोरा सफल सिंघकमाथि भरुवा बन्दुकबाट गोली प्रहार गरेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बखतसिंहले घर पछाडिको बारीमा करिब १०० मिटर टाढाबाट छोरालाई निशाना बनाएर गोली चलाएका थिए। दाहिने कुम, कञ्चट र छातीमा गोली लाग्दा सफलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए।घटनापछि प्रहरीले बखतसिंहलाई प्रयोग गरिएको भरुवा बन्दुकसहित

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 471 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा