अपराध

    Showing 311-320 of 2,232 items.
  • त्रिभुवन विमानस्थलमा मोरक्कोका नागरिक पक्राउ

    काठमाडौं— काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोरक्कोका एक नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४० वर्षीय युसेफ इसैदी रहेका छन्। उनी इन्डिगो एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट मुम्बई जान लागेका बेला विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रबाट पक्राउ परेका हुन्।प्रहरीका अनुसार उनीसँग मोरक्कोको राहदानीसँगै स्वीट्जरल्यान्डको अर्को राहदानी पनि फेला परेको थियो। दुई फरक देशका राहदानी भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको हो। थप अनुसन्धानका लागि उनलाई अध्यागमन विभाग पठाइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 527 पटक पढिएको
  • कांग्रेस डोल्पाका उपसभापति शाही धरौटीमा रिहा

    डोल्पा— नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही एक लाख धरौटीमा रिहा भएका छन् ।बैंकिङ कसुर मुद्दामा फरार भएका उपसभापति शाही सोमबार त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगर बजारबाट पक्राउ परेका थिए ।उनीविरुद्ध मुड्केचुला गाउँपालिका(१ का लंकबहादुर रोकायाले गत वर्षको मङ्सिरमा बैंकिङ कसुरमा उजुरी दर्ता गराएका थिए । सोही मुद्दामा उनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पछि उपसभापति शाहीलाई कैद तथा जरिवाना असुलउपरका लागि जिल्ला अदालतमा बुझाइएको थियो ।अदालतले शाहीलाई एक लाख धरौटीमा सोमबार साँझ ५ बजे रिहा गरेको अदालतका श्रेस्तेदार विदुरप्रसाद कोइरालाले जानकारी दिए ।उनीविरुद्ध नेपाल

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 456 पटक पढिएको
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पुनस: पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन

    रौतहट—   ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेका छन्। उनलाई सोमबार बेलुका वीरगन्जको आदर्शनगरस्थित दियोले होटेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।प्रहरी स्रोतका अनुसार प्रसाईँलाई ‘माथिको आदेश’ भन्दै नियन्त्रणमा लिइएको हो। उनी पक्राउ परेको पुष्टि भए पनि प्रहरीले हालसम्म कुन कसुर वा अभियोगमा पक्राउ गरिएको हो भन्नेबारे आधिकारिक रूपमा केही खुलाएको छैन ।महाअभियानको कार्यक्रमका लागि प्रसाईँ सोमबार दिउँसो सिमरा विमानस्थल हुँदै वीरगन्ज आइपुगेका थिए। जिल्ला प्रशासन कार्यालय पर्साले उनलाई वीरगन्जमा

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 415 पटक पढिएको
  • एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

    नेपालगञ्ज। प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५ मुद्दा दर्ता गरेको छ ।  जिल्ला प्रहरी कार्यालय, बाँकेले आज जिल्लाभरको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै गत वैशाख महिनामा मात्रै ती मुद्दा दर्ता भएको जनाएको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले प्रहरीमा दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका १० तथा ६१ वटा र सामान्य अपराधअन्तर्गतका १३४ वटा रहेको जानकारी दिनुभयो ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित नौ वटा घटनामा ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी, आर्थिक अपराधसम्बन्धी ३४ वटा घटना प्रहरीमा दर्ता भ

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 601 पटक पढिएको
  • तस्करी नियन्त्रणमा रौतहट प्रहरीको अभियानः एकै महिनामा ४६ लाख बढी राजस्व संकलन

    रौतहट— जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्लो एक महिनाको अवधिमा अपराध नियन्त्रण, भन्सार छली, तस्करी रोकथाम तथा फरार प्रतिवादी पक्राउ अभियानमा उत्साहजनक सफलता हासिल गरेको छ । प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियान अन्तर्गत बैशाख महिनामा मात्रै ४६ लाख २३ हजार ७३३ रुपैयाँ बराबरको राजस्व संकलन भएको छ ।नेपाल–भारत खुल्ला सीमानाको फाइदा उठाउँदै तस्करी हुने संवेदनशील नाकाहरूमा प्रहरीले सक्रियता बढाएपछि ठूलो परिमाणमा अवैध सामान र गाडीहरू नियन्त्रणमा लिन सफल भएको हो ।प्रहरीले जिल्लाका विभिन्न सीमा नाकाहरूबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएका लत्ताकपडा, खाद्यान्न, इलेक्ट्रोनिक्स स

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 498 पटक पढिएको
  • लागू औषध सहित ८ जना प्रहरीको नियन्त्रणमा

    विराटनगर—  झापा, सुनसरी र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट जेठ ०३ गते लागू औषध सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  झापाको इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-२ का २३ वर्षीय विशेष लिम्बुलाई ६२० मिलिग्राम ब्राउन सुगर, दमक-९ का १९ वर्षीय सनम लिम्बुलाई प्रतिबन्धित लागू औषध ७५ क्याप्सुल र ७५ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत प्रहरी कार्यालयहरुले इटहरी-२ हलगडाका २३ वर्षीय कृष्ण राईलाई ९२ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित, धरान-१५ का २५ वर्षीय सनम राईलाई ट्रामाडोल १४० क्याप्सुल र डिकोलिक १४० ट्याब्लेट सहित, रामधुनी

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 570 पटक पढिएको
  • बीमापोष्टका समाचार हटाउने अदालतको आदेशप्रति आर्थिक पत्रकार संघको आपत्ति

    काठमाडौं— नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले जिल्ला अदालत काठमाडौंले अनलाइन सञ्चार माध्यम बीमापोष्ट डटकमविरुद्ध जारी गरेको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नाफिजले सोमबार विज्ञप्ति जारी गर्दै बीमापोष्ट डटकममा २०८२ चैत २४ र २६ गते प्रकाशित दुई समाचार हटाउन अदालतले एकतर्फी रूपमा दिएको आदेश संविधान प्रदत्त प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको उल्लेख गरेको हो ।विज्ञप्तिअनुसार अदालतले सञ्चारमाध्यमलाई स्वच्छ सुनुवाइको मौका नदिई २०८३ वैशाख १४ गते एकतर्फी सुनुवाइ गर्दै समाचार तथा टिप्पणीहरू वेबसाइटको डोमेनबाट हटाउन अन्तरिम आदेश जारी गरेको थियो ।नाफिजले सञ्च

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 487 पटक पढिएको
  • हत्या गरेको अभियोगमा एक जना पक्राउ

    काठमाडौं— चन्द्रागिरीमा हत्या गरेको अभियोगमा एक जना पक्राउ परेको छ ।चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोट डेरा गरी बस्ने महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने महोत्तरी घर भएका ३८ वर्षीय समि अहमदलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।समिले घरायसी विवादको क्रममा धारिलो हतियार चक्कु प्रहार गर्दा जाकिर गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।गम्भीर घाइते भएका जाकिरको मेडपोइन्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 451 पटक पढिएको
  • पोखराको फिस्टेल डेरीद्वारा उत्पादित नोभा ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन

    काठमाडौं— खाद्य प्रबिधि तथा गुणनियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा रहेको फिस्टेल डेरी प्रा. लि. द्वारा उत्पादित नोभा ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अयोग्य फेला पारेपछि उक्त खाद्य पदार्थ तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना प्रयोगशालामा परीक्षण गर्दा यस्तो कैफियत भेटिएको हो । विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलन गरिएको उक्त आइसक्रिमको नमुना परीक्षण गर्दा त्यसमा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट र एन्टेरोब्याक्टेरियासी काउन्ट ब्याक्टेरियाको उपस्थिति पाइएको छ । मानव स्वास्थ्यका लागि हानिकारक मान

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 547 पटक पढिएको
  • गुणस्तरमाथि प्रश्न उठेपछि माउन्टेन ड्यु बिक्रीमा प्रतिबन्ध

    काठमाडौं— खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले माउन्टेन ड्युको एक ब्याचको बिक्री वितरण रोक्न निर्देशन दिएको छ। काठमाडौंको पेप्सीकोलास्थित वरुण बेभरेज (नेपाल) प्रालि द्वारा उत्पादन गरिएको ब्याच नम्बर १६८ मा समस्या देखिएको आशंकापछि विभागले यस्तो निर्णय गरेको हो।तारकेश्वर नगरपालिका निवासी एक उपभोक्ताले माउन्टेन ड्यु सेवन गरेपछि बान्ता भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि विभागको द्रुत प्रतिकार्य टोलीले उद्योगमा आकस्मिक निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा उपभोक्ताले सेवन गरेको २५० मिलिलिटर प्याक (उत्पादन मिति ०३/०४/२६०) मध्ये उद्योगको गोदाममा एउटा क्रेट मात्र फेला परेको र बाँकी बजार

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 597 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.