विराटनगर— कोशी प्रदेशअन्तर्गत झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागू औषधसहित ११ जनालाई पक्राउ गरेको छ।कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार झापाको इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले चेकजाँचका क्रममा मेचीनगर नगरपालिका–१४ का आकाश चौधरीलाई १६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।यस्तै, प्रहरी चौकी टाघनडुब्बाले दमक नगरपालिका–१० का सुरज राय र विराटनगर–३ का बाबुराम दर्जीलाई १४ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले अर्जुनधारा नगरपालिका–७ का बिनोद मगर र भोजपुर
सर्लाही— सर्लाहीको बागमती नगरपालिका–८ गान्धीचोकबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अस्थायी प्रहरी पोस्ट सोल्टीबजार र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा मंगलबार बागमती नगरपालिका–८ निवासी ३० वर्षीय अरुण लामाको घरमा छापा मारेको थियो ।सोहि क्रममा अरुण लामा र धनुषाको धनुषाधाम नगरपालिका–७ निवासी ३० वर्षीय सनम लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट करिब १० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद गरिएको छ ।यसैगरी, प्रहरीले तीन थान एन्ड्रोइड मोबाइल, नेपाली रुपैयाँ
काठमाडौं— प्रहरीले बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित एक जना पक्राउ गरेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्दासहित सुनसरी गढी गाउँपालिका—१ घर भएका ५० वर्षीय कमल नारायण विश्वासलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बाटिक एयरको उडानद्वारा काठमाडौंबाट मलेसिया जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको लगेजबाट नेपाली ११ लाख रूपैयाँ, अमेरिकी डलर १४ हजार ८५०, जापानिज येन ४१ हजार, स्विस फ्रैङ्क १ हजार, मलेसियन रिङ
चितवन— अवैध क्रिप्टोकरेन्सी कारोबार तथा डिजिटल माध्यमबाट ठगी गरेको आरोपमा चितवन प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको हंशपुर नगरपालिका–४ स्थायी घर भई भरतपुर महानगरपालिका–१० चित्रसेन टोलमा बस्दै आएका २९ वर्षीय डा. पप्पुकुमार यादव रहेका छन्।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डा. यादवको कोठामा छापा मार्दा ३० हजार अमेरिकी डलर नगद र १७ थान मोबाइल फोन बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानबाट उनी अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध सञ्चय तथा कारोबारमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।प्रहरीले उनको मोबाइल तथा अन्य विद्युतीय उपकरणको परीक्षण गर्दा वाइनान्स र बाइविटलगा
काठमाडौं— आज नारायणहिटी राजदरबार हत्याकाण्डको २५ वर्ष पूरा भएको छ । नेपालको इतिहासमा यस घटनालाइ एउटा रहस्यमय घटना मानिन्छ, जसको सत्यतथ्य आजका दिन सम्मपनि बाहि आउन सकेको छैन् ।वि.सं. २०५८ साल जेठ १९ गते राति तत्कालीन राजा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतिलगायत ११ जनाको दरबारभित्रै हत्या भएको थियो ।तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित छानबिन समितिले युवराज दिपेन्द्रले गोली चलाएको निष्कर्ष सार्वजनिक गरे पनि हत्याकाण्डबारे विभिन्न प्रश्न र शंकाहरू आजसम्म पनि उठिरहेकै छन् ।
काठमाडौं— वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि पर्साको ठोरीबाट मेयर सिंहलाई पक्राउ गरेको हो ।पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा मंगलबार बिहान मेयर सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनीविरूद्ध जेठ १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो ।
काठमाडौं— प्रहरीले लागूऔषध सहित चार जना पक्राउ गरेको छ ।कैलालीको टीकापुर नगरपालिका-९ सुनफाँटाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-४ राजीपुर बस्ने २३ वर्षीय चन्द्र नेपाली र २४ वर्षीय सुरेश नेपाली रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मोरङको रंगेली नगरपालिका४ चोप्राहबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालि
काँक्रेविहार। सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ । बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक वनबाट तीन, बस्नेउरा सामुदायिक वनबाट तीन र त्रिवेणी गाउँपालिका–५ डाँडासल्ले सामुदायिक वनबाट दुई गरी प्रहरीले आठ थान भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयमा राखिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले बताउनुभयो ।बन्दुक वन्यजन्तु चोरीसिकारी गर्नका लागि लुकाएको हुनसक्ने सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो । एक हप्ताको अवधिमा यी भरुवा बन्दुक बरामद गरिएको हो ।
कर्णाली सुर्खेत प्रहरीले रु तीन करोड बराबरको सुनसहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका–६ राजाचोक नजिकस्थित ‘शिव ईम्पोरिय’ पसलबाट रु तीन करोड बराबरका सुनचाँदीका गहनासहित अग्रवाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनभुयो । उहाँका अनुसार अग्रवालबाट विभिन्न दरका नेपाली रुपैयाँ दुई लाख १९ हजार ५००, विभिन्न दरका भारतीय रुपैयाँ आठ लाख ११ हजार ९००, नगद रुपैयाँ गन्ती गर्न प्रयोग हुने मेसिन एक थान र विभिन्न किसिमका
वीरगञ्ज। वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको छ । पर्सा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको १० दिनपछि आज उहाँलाई पर्साको ठोरीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु कार्कीले लुकीछिपी बसेका नगरप्रमुख सिंहलाई ठोरीबाट पक्राउ गरिएको पुष्टि गर्नुभयो । “हामीले उहाँको खोजीका लागि विशेष टोली परिचालन गरेका थियौँ, यसैक्रममा ठोरीमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ गरिएको हो । नगरप्रमुख सिंहलाई सम्भवत् आजै अदालतमा पेस गर्नेछौँ”, उहाँले भन्नुभयो । नगरप्रमुख सिंहले अर्काकी छोरीलाई नक्कल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.