काठमाडौं— नेपालमा सुन तस्करीका सिलसिला जारी नै छन्। कडाइ धेरै गरिए पनि विभिन्न बहानामा तस्करीका सिलसिला रोकिएका छैनन् । अहिले ३२ क्वीन्टल सुन तस्करीको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ । दावाजिन वाङको समूहले पानी तान्ने पम्प, स्मार्ट वाच लगायतका इलोक्ट्रोनिक सामान र ब्रेक सुमार्फत ३ हजार १९४ किलो ६६८ ग्राम सुन तस्करी भएको निष्कर्षसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।त्यसका आधारमा सरकारी वकिलको कार्यालयले दावाजिनसहित ६१ जनाविरुद्ध अवैध सुन पैठारी, संगठित अपराधसहित सात वटा कसुरमा मुद्दा दायर गरेको छ, जसमा ६० अर्ब ८२ करोड २२ लाख
काठमाडौं— जिल्ला प्रहरी परिसर काठमाडौंले भद्रकालीस्थित नयाँ कार्यालयबाट सेवा प्रदान गर्ने भएको छ।यसअघि काठमाडौं महानगरपालिका–१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले भद्रकालीमा आफ्नै नयाँ भवन निर्माण भएसँगै असार २३ गते आइतबारदेखि उक्त भवनबाट सेवा प्रदान गर्न लागिएको परिसरका प्रमुख वसन्त रजौरेले जानकारी दिए । जिल्ला प्रहरी परिसर काठमाडौंले वसन्तपुरस्थित हनुमानढोकामा रहेको आफ्नै भवनबाट सेवा प्रदान गर्दै आए पनि २०७२ वैशाख १२ गते गएको भूकम्पपछि टेकु सरेर सेवा प्रदान गर्दै आएको थियो।भद्रकालीस्थित कूल ८० करोड लगानीमा निर्माण गरिएको उक्त भवन आठ तल्
काठमाण्डौ । अबैध सुन कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर, ललितपुरले पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले असार २० गते महालक्ष्मीस्थानमा निर्माणाधीन घरमा छापा मार्दा शंकास्पद कारोबार गरेको देखिएकाले उनीहरूलाई पक्राउ गरिएको जनाएको छ। प्रहरीले सुन गाल्ने मशिन, डिजिटल र ५० लाख चार हजार रुपैयाँ समेत बरामद गरेको छ।पक्राउ पर्नेहरूमा तीन जना भारतीय नागरिक र दुई जना नेपाली छन्। छापा मारेको घरको तेस्रो तल्ला भारतको महाराष्ट्रका युवराज विभूतेले भाडामा लिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।पक्राउ पर्नेमा २८ वर्षीय विभूते सहित भारतीय नागरिक २० वर्षीय विक्रम यलवर र १८ वर्षीय अभिशेष
झापा— झापाको विभिन्न क्षेत्रमा चोरी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा अर्जुनधारा नगरपालिका ११ बस्ने दुर्गा देवी श्रेष्ठको घर र सोही ठाउँको उमा श्रेष्ठको घरमा मङ्गलबार चोरी गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । बिर्तामोड नगरपालिका ५ नयाँ नमुना टोल बस्ने गङ्गा काफ्ले पौडेलको घरमा जेठ २१ गते चोरी गर्ने गिरोहसमेत उनीहरू भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा झापा कमल गाउँपालिका ३ बस्ने वर्ष २२ को सुस्मन थापा, सोही ठाउँका वर्ष २७ को कृष्ण थापा, वर्ष ४३ को अर्जुन विश्वकर्मा, नितेश बराइली, मेचीनगर नगरपालिका १० बस्ने वर्ष ४० को सुरेशकुमार दास र झापा अर्जुनधार
रौतहट—ठुलो परिमाणमा प्रतिबन्धित लागु औषध नशालु इन्जेक्सनसहित दुई जना भारतीय नागरिकलाई रौतहटमा सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बखरी ग्राम पञ्चायत ४ राघोपुरका २० वर्षीय रोशन कुमार र सोही ठाउँ वडा ३ का १८ वर्षीय अमीत कुमार रहेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका डीएसपी गेहेन्द्र भण्डारीले बताएका छन्।गएराति ९ बजेको समयमा गौरबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको ना १ज ७१०९ नम्बरको म्याजिक गाडी चेक जाँच गर्दा दुवैजनाले सिट मुनी लुकाइराखेको प्रतिबन्धित नोरफिन इन्जेक्सन २९९ एमपुल, प्रोमेथाजिन इन्जेक्सन २९९ एमपुल र डाईजीपाम ३०० एमपुल गरी कुल ८९८ थान नश
बारा— रामराजामोहन विक्रम क्याम्पसका तत्कालीन प्रमुख हरिभूषण कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोल तथा खरखजानासहित थप एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।बारागढी गाउँपालिका–५ चरमन्तपथरा बस्ने ४२ वर्षीय हरिन्दर महरा चमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए। उनको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, अमेरिकामा बनेको अटोमेटिक पेस्तोल, उक्त पेस्तोलमालाग्ने एक राउण्ड गोली र म्याग्निज एक थान बरामद गरेको प्रहरीले जनाएको छ।कुशवाहाको आदर्श कोतवाल गाँउपालिका–३ बतरा र भटिनियाको बीचमा पर्ने मन्दिर अगाडि गत जेठ ३२ गते हत्या
काठमाडौं- हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्र्याइएको ६० किलोग्राम (केजी) सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ।गत वर्ष साउन २ गते हङकङबाट विमानमार्फत स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको ६० केजी सुन प्रकरणको दोस्रो चरणमा २० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।उनले भने, ‘६० केजी सुन प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ गरी छानबिन गरिएको छ, १५ जना अझै फरार छन्। यस विषयमा केही दिनभित्र पत्रक
काठमाडौं— भक्तपुरबाट एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरी हवलदारसहित ४ जना पक्राउ परेका छन् ।ददिकोटका डिल्लीराज राउतको २ करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवलदारसहित ४ जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।पक्राउ पर्ने प्रहरी हवलदार कृष्ण बहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगञ्ज’मा कार्यरत रहेका छन् ।पक्राउ परेकाहरूले असार ४ गते सो रकम लुटपाट गरेको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
इलाम— इलामको जौबारी तुम्लिङफाटक सीमाबाट अवैधरुपमा नेपाल भित्रिएका सामान बरामद भएको छ। सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलले चेकजाँचका क्रममा १४ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको हो । बरामद गरिएका सामग्रीहरूमा २७ हजार मूल्य बराबरको गमबुट, १२ हजार रुपैयाँ मूल्य बराबरको चामल, चार हजार मूल्यको पार्लेजी बिस्कुट, आठ हजार रुपैयाँ बराबरको बिँडी, युरिया मल, भाडा धुने सावुन तथा तीन लाख ३१ हजार रुपैयाँ बराबरको विभिन्न ब्राण्डका रक्सी तथा १० लाख रुपैयाँ बराबरको दुई गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक हेमबहादुर श्रेष्ठको नेतृत्वमा सीमा क्षेत्रको सुरक्षार्थ
काठमाडौं– गृहमन्त्रालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पदमा बढुवाका लागि सिफारिस गरेको छ ।गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सोमबार बिहान भएको बैठकले पोखरेललाई जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।पोखरेललाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप नियम (४) अनुसार सिफारिस गरिएको जनाइएको छ ।उनको दरबन्दी नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्साल रहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.